Categories
Tips tricks

फेसबुक बाटै पैसा कमाउने १० उपाय । 10 tips earning money from Facebook in Nepali language 🇳🇵

सबैलाई नमस्ते 🙏

अाजकाे याे latest tips मा तपाईलाई स्वागत छ । म हुँ krishna अनि याे हाे मेराे ब्लग । यश ब्लगमा म तपाईहरूकाे लागि उपयाेगी टिप्सहरू ल्याउने गरेकाे छु । अासा छ याे टिप्स मन पर्याे भने लाईक, फलाे गर्न भुल्नु हुनेछैन । साथै अाफ्ना साथिभाई तथा अाफन्तहरूलाई सामाजिक सञ्जाल मार्फत सेयर गरेर जानकारी समेत दिनु हुनेछ ।

मैले मेराे युटुब च्यानलमा पनि यस्तै खाले टिप्सहरू नियमित रूपमा ल्याउने गरेकाे छु । मेराे युटुब च्यानललाई पनि सस्क्राईब गरेर यस्तै खाले टिप्सहरू ल्याउन हाैसला प्रदान गरीदिनु हाेला है त भन्दै अाजकाे टिप्स तर्फ लैजान चाहन्छु । अाज तपाईले सामाजिक सञ्जाल फेसबुक बाट कसरी पैसा कमाउन सकिन्छ ? भन्ने बारे १० टिप्स एकैपटक पढन पाउनु हुनेछ :


1. Earn from Adbreak  :

तपाईंलाई थाहै छ हाेला यूटुबमा भिडियो हाल्दा monetization भए पछि पैसा कमाउन सकिन्छ भनेर   ।त्यसैगरी अहिले फेसबुक बाट पनि कमाउन सकिन्छ । फेसबुक पेजमा भिडियो पाेष्ट गरेर  Adbreak मार्फत पैसा कमाउन सकिन्छ । त्यसका लागि तपाईंको फेसबुकामा  निम्न प्रकृया पूरा गर्नु पर्छ : # सबैभन्दा पहिलाे कुरा तपाईंको Facebook Page मा १०  हजार  followers हुनु अावश्क छ । दाेस्राे : उनिहरूकाे  algorithm काे हिसाबले तपाईंले पाेष्ट गरेकाे सामाग्री कतै बाट कपि गरेकाे हुनुहुदैन । तेस्रो : facebook adbreak सुबिधा facebook ले केही देशहरूका लागि मात्रै दिएकाे छ । तपाईंले याे सुबिधा लिन तपाईं रहेकाे देशमा adbreak सुविधा हुनु जरुरी छ। तपाईंले त्यसका लागि page काे  eligibility चेक गर्नु भयो भने सजिलो सँग थाहा पाउनु हुन्छ । चाैथाे कुरा : तपाईले पाेष्ट गरेकाे भिडियो पछिल्लो ६० दिनमा ३० हजार मिनेट हेरेकाे हुनुपर्छ  । त्यसपछि मात्रै तपाईंले monetization गरेर पैसा कमाउन सक्नु हुन्छ ।

2. Earn from own website :

यदि तपाईंको अाफ्नै website छ भने Facebook page काे सायताले website मा हुने कमाई बढाउन सक्नु हुन्छ । अाफनाे website मा तपाईंले जेजे सामाग्री हाल्नु हुन्छ त्यसकाे link Facebook page मा सेयर गर्ने गर्नुस । त्यसले तपाईंकाे website मा visit गर्नेहरूकाे संख्या बढछ । उनिहरू मध्ये केही न केहिले तपाईकाे website मा भएको विज्ञापन हेर्छन र तयसमा click गर्छन भने त्यसले तपाईंको कमाई बढछ ।

3. Earn From others  website  :

अाफ्नाे वेबसाइट छैन भने अरूकाे वेबसाइटकाे लिङ्क सेयर गरेर पनि कमाउन सकिन्छ । यदि तपाईंको facebook page मा १ लाख भन्दा बढी like  छ भने तपाईंले अरू वेबसाइटकाे link Share गरेर पनि पैसा कमाउन सक्नु हुन्छ । अनलाइनमा गएर खाेज्नु भयाे भने त्यस्ता धेरै website हरूकाे लिस्ट तपाईंले पाउनु हुन्छ । उनिहरूकाे link Share गर्दा उनिहरूकाे website  मा visit गर्नेहरूकाे संख्या बढने , बिक्री बढने हुँदा उनिहरूले सजिलो सँग तपाईंलाई पैसा दिन तयार हुन्छन ।

4. Earn From local  business  promotation :

तपाईंको facebook page के सँग सम्बन्धित छ ? यदि तपाईंको त्याे पेजमा कार तथा गाडिहरूकाे बारेमा धेरै पाेष्ट गर्नु हुन्छ भने तपाईंले कार तथा गाडी बिक्री गर्नेहरूकाे business promoting गरेर सजिलोसँग कमाउन सक्नु हुन्छ । यदि त्याे पेज चाहिँ एउटा सहरका गतिविधि मात्रै पाेष्ट गर्ने खालकाे छ भने त्याे सहरमा भर्खरै business बढाउन खाेज्ने company सँग कुरा गरेर उनिहरूकाे सामाग्री पाेष्ट गरे बापत कमाउन सक्नु हुन्छ । उनिहरू सँग पैसा कति लिने त ? भन्ने साेच्दै हुनुहुन्छ भने मेराे सुझाब चाहिँ तपाईंको पेजमा कति लाइक , फलाे छ र मान्छेहरूकाे सहभागीता छ ? त्याे अनुसार मूल्य ताेकेर अाफैले डिल गर्नु हाेला ।

5. sell your own page / group :

निकै राम्रो like अथवा facebook page / group छ भने त्यसलाई बेचेर पनि पैसा कमाउन सक्नु हुन्छ । भर्खरै खुलेकाे मिडिया हाउस , बिजनेस कम्पनी , अनलाइन सेवा प्रदायकहरूले तपाईंको page/ group किन्न सक्छन ।

6. Earn by promoting own small business :

के तपाईले अाफ्नाे घरेलुु तथा साना उद्योग गरिरहनु भएको छ ? तपाइले बनाएकाे कपडा, तपाईंले सुरू गरेकाे माेवाईल मर्मतकाे काेम , तपाईंले उत्पादन सुरू गरेकाे च्याउ खेती सबैकाे प्रचार फेसबुक, फेसबुक पेज , फेसबुक ग्रुपबाट गर्नुस । यसले तपाईले सुरू गरेका ती साना उद्योग तथा त्यहा उत्पादन भएको बस्तुकाे ब्यापारमा अबस्य सहयाेग गर्छ ।

7. Earn from affiliate marketing :

नेपाल तथा अन्य देशमा दिनानु दिन अनलाइन मार्फत खरिद बिक्री गर्ने प्रचलन लाेकप्रिय हुँदैछ। जति पनि अनलाइन मार्फत सामान बेच्ने कम्पनीहरू अाएका छन उनिहरूकाे सामान बेच्ने एक तरिका हाे afflicted marketing . ती कम्पनीहरूले अाफ्नाे सामान affiliate marketing गर्नेहरूले बिक्री गरिदिए बापत माेटाे कमिसन दिने गर्छन । उदाहरणका लागि  Amazon , Flipkart जस्ता कम्पनीहरूकाे सामान बिकाउन तपाईंले उनिहरूकाे सस्ताे र राम्रो सामानकाे link अाफ्नाे facebook page मा सेयर गर्नु भयो र कसैले त्याे सामान किन्याे भने तपाईले त्याे बिके बापत कमिसन पाउनु हुन्छ ।

8. Get Paid Ads To  earn :

यदि तपाईंको Page अथवा group मा १० हजार भन्दा बढि लाईक, अलाे अथवा मेम्बर छन भने तपाईले paid ads मार्फत पनि कमाउन सक्नु हुन्छ । कसैकाे website , picure , logo, video अाफ्नाे face book page मा share गरेर उनिहरूकाे ती चिजहरूकाे paid promotion गर्दिन सकिन्छ ।

9. Make E-Book and sell in Facebook :

के तपाईं सँग लेखनमा रुचि छ ? अरूले पढन रूचाउने बिषयमा लेख्न सक्छु जस्ताे लाग्छ ? यदि त्यसाे गर्न सक्नु हुन्छ भने E-Book लेख्नुस । E-book लेख्दा तपाईंले अन्य लेखकले जस्ताे धेरै खर्च गर्नु पर्ने भार पर्दैन । त्यसलाई facebook मा बेच्दा तपाईं सँग सम्पर्कमा रहेका पाठकहरूलाई बेच्न सक्नु हुन्छ । यदि तपाईं कुनै चिजकाे बिज्ञ हुनुहुन्छ र मान्छेहरू ती बिषयमा तपाईं सँग धेरै भन्दा धेरै साेधी रहन्छन । उनिहरूका लागि इबुक बनाएर बेच्नु भयाे भने तपाईले धेरै भन्दा धेरै पैसा कमाउन सक्नु हुन्छ ।

१० Earn from instant article :
फेसबुक बाट पैसा कमाउने याे पनि एउटा उत्तम उपाय हाे । त्यसकाे लागि तपाईं सँग facebook page र bloge  हुनुपर्छ । ब्लग मार्फत facebook page मा लेख लेख्न सक्नु हुन्छ । तपाईंले लेखेकाे लेखन face book ले बिज्ञान छापे बापत Direct revenue प्रदान गर्छ। त्यसका लागि instantarticles.fb.com मा गएर एउकाउन्ट खाेल्नुस । अाफ्नाे ब्लग तथा फेसबुक पेजलाई समन्वय गर्नुस । लेखहरू पाेष्ट गर्नुस । सुरूमा तपाईंको पाेष्ट 24 देखि 72 घण्टा सम्म post approve हुन समय लाग्न सक्छ ।

थप टिप्सहरू हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुस :


अन्तरास्ट्रिय स्तरकाे मास्टर कार्ड कसरी बनाउने ?

– फाेटाे बेचेर कसरी पैसा कमाउने ?

– डिजीटल मार्केटिङ गरेर कसरी कमाउने ?

https://richinfo.co/js/rp_notify_http.js

Categories
Money Tips

पैसा कहाँ लगानी गर्ने ? Where need to invest money ? 10 Tips


१. लगानी काे सुरक्षा :
पैसा कहाँ लगानी गर्ने ? भन्ने बिषयमा स्पस्ट हुन सबैभन्दा पहिलो कुरा लगानी गर्न चाहेकाे पैसालाई कसरी सुरक्षीत राख्ने ? भन्ने बारे साेच्नु जरूरी छ । हामीले लगानी गर्न चाहेकाे मुल धन डुब्नु हुन्न । त्यसैले अाफुले कतै पैसा लगानी गर्दै हुनुहुन्छ भने याे कुरा मनमा सधै राख्नुस कि अाफुले लगानी गर्न लागेकाे पैसा सुरक्षीत हाेस । नडुबाेस ।

२. पहिल्यै स्पस्ट हुनुहाेस :  दाेस्राे  तपाईले यस्ताे तरिकाले लगानी गर्नु जरुरी छ जहाँबाट उच्चतम मुनाफा मिलाेस । त्यसका लागि तपाईले लगानी गर्नु पुर्व पर्याप्त अध्ययन अनुसन्धान गर्नु अावश्यक छ । यदि पुरै अनुसन्धान बिना लगानी गर्नु भयाे भने त्याे तपाईंको लागि हावामा अन्धाधुन्ध धनुस चलाए बराबर हुनेछ । जहाँ निसाना पनि चुक्छ र तपाईंको धनुस वाण पनि सकिन्छ । फलत अाफ्नु लगानी सकिए पछि टाउकाेमा हात राखेर पछुताउनु बाहेक केही बिकल्प तपाईं सँग रहँदैन । लगानी गर्न चाहेकाे ठाउँमा पैसा हाल्नु पुर्व नै कहाँ लगानी गर्ने हाे ? कहिले सम्म गर्ने हाे ? पहिल्यै स्पस्ट हुनुहाेस ।

तपाईंको अाफ्नाे  पैसा जहा लगानी   गरेपनि  तपाईकाे अबस्था यस्ताे हाेस कि त्याे लगानी बाट मुनाफा लिन  तपाईले थप कस्ट गर्नु नपराेस ।

३. तपाईंको अाफ्नाे  पैसा जहा लगानी   गरेपनि  तपाईकाे अबस्था यस्ताे हाेस कि त्याे लगानी बाट मुनाफा लिन  तपाईले थप कस्ट गर्नु नपराेस । तपाईंको लागि धेरै भन्दा धेरै मुनाफा ल्याउन लगानी गरेकै पैसाले काम गरिरहाेस । यदि तपाईले अाफ्नाे लागि पैसा अाफै काम गर्ने र मुनाफा ल्याउने अबस्थामा  लगानी गर्नु भयाे भने तपाईलाई धनी बन्न कसैले छेक्न सक्दैन । तपाईंको पैसाले थप पैसा अाकर्षित गर्ने छ र  तपाई छिटै धनी बन्नु हुनेछ ।

४. पैसा यस्ताे ठाउँमा लगानी गर्नुस जहाँ कम चुनाैती हाेस । धेरै मुनाफा मिलाेस । धेरै जना भन्ने गर्छन : “जति कम चुनाैती उति कम मुनाफा ।”, “जति धेरै चुनाैती उति धेरै मुनाफा ।” त्यसाे भन्नेहरूलाई एक कानले सुनेर अर्काे कानले उडाई दिनुस । तपाईले यस्ताे लगानी गर्ने ठाउँ खाेज्नुस जहाँ कम चुनाैती धेरै मुनाफा प्राप्त हाेस ।

५. कहिले पनि अाफ्नु सबै पैसा एकै ठाउँमा लगानी नगर्नुस । कुनै पनि ठाउँमा थाेरै थाेरै गर्दै लगानी गर्नुस । ताकि अाफु सँग रहेकाे पैसा गुम्ने चुनाैती नहाेस । पैसा लगानी गर्ने नै हाे भने त्यसलाई विविधीकरण गर्नु जरुरी छ । यदि त्यसाे नगरी लगानी गर्नु भयाे भने कि त तपाईंको पैसा उच्च जाेखिममा परेर गुम्छ  । अथवा उक्त लगानी बाट पाउनु पर्ने मुनाफा कम हुन सक्छ ।

कहिले पनि अाफ्नु सबै पैसा एकै ठाउँमा लगानी नगर्नुस । कुनै पनि ठाउँमा थाेरै थाेरै गर्दै लगानी गर्नुस । ताकि अाफु सँग रहेकाे पैसा गुम्ने चुनाैती नहाेस ।

६. पहिलो स्टेजमा तपाईले पैसालाई विविधीकरण गरेर लगानी गर्नु भयाे भने त्याे निकै राम्रो कुरा हाे । तर त्यतिले मात्रै पुग्दैन । लगानी गरिसकेपछि दाेस्राे स्टेजमा अाफुले लगानी गरेकाे जुन-जुन ठाउँ छ ती ठाउँहरूले तपाईंलाई राम्रो मुनाफा दिएकाे छ कि छैन ? भन्ने कुरामा अनुसन्धान थाल्नु जरुरी छ । याे क्रममा यदि कुनै ठाउँ बाट कम मुनाफा अाइरहेकाे छ भने त्याे ठाउँ बाट लगानी झिकेर त्याे ठाउँमा लगेर हाल्नु छ जहाँ बाट राम्रो मुनाफा अाइरहेकाे छ ।

पैसाकाे लगानी त्याे इनार खने जस्तै हाे । जहाँ कुनै पनि मिहेनत र थप काम बिना लगातार मुनाफा नामकाे पानी जम्मा हुन अाइ रहन्छ ।

७. पैसाकाे लगानी त्याे इनार खने जस्तै हाे । जहाँ कुनै पनि मिहेनत र थप काम बिना लगातार मुनाफा नामकाे पानी जम्मा हुन अाइ रहन्छ । त्यसैले कुनै पनि बस्तु खरिद गर्दा हाेस या त कुनै पनि ठाउँमा लगानी गर्दा हाेस मनमा याे कुराकाे ध्यानमा राख्नु जरुरी छ कि त्याे बस्तु तथा ठाउँ जहाँ तपाईंको पैसा परेकाे छ उसकाे महिना, बर्षमा लगातार त्यसकाे मुल्य बढाेस । मुनाफा बढाेस ।

८. पैसा लगानी गर्नकाे लागि सबै भन्दा उर्वर ठाउँ त्याे हाे । जहा लगानी गर्दा निकै राम्रो मुनाफा पनि मिलाेस तथा थप लगानी गर्ने थुप्रै ढाेकाहरू पनि खुलाेस । त्याे सुनाैलाे र उर्वर ठाउँ भनेकाे तपाई अाफै हाे । सीप सिक्न लगानी गर्नुस । अाफ्नाे क्षमता बढाउन लगानी गर्नुस । यसले सबैभन्दा सुन्दर ढंगबाट मुनाफा दिन्छ र थप लगानी गर्ने ढाेका समेत खाेल्छ  ।

९. हामी मध्ये धेरै जनाकाे सपना हुन्छ : महँगो कारमा चढन सकाै, महँगो अाइफाेन , घडी , बाइक काे मज्जा लिन सकाै । तर सबैकाे त्याे सपना पूरा हुन सक्दैन । यद्यपि जाे पैसालाई सहि ठाउँ लगानी गर्न खप्पिस छ उसले त्यस्ता महँगो चिजहरूकाे उपयाेग तथा मज्जा पनि लिन सक्छ  । उसले त्याे चिजकाे मज्जा जब लिन्छ तब कुनै पनि लगानी बाट अाएकाे मुनाफा ले ति चिजहरूकाे खरिद गर्छ । अाफ्नाे श्रम बाट अाएकाे पैसा बाट हैन । पैसाकाे लगानी गर्दा अाएकाे पैसाबाट ती चिजकाे खरिद गरेर मज्जा लिन्छ ।


१०. अन्तमा सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने तपाईले जति पनि पैसा जहाँ जहाँ लगानी गर्नु भएको छ त्यसकाे व्यवस्थापन अाफैले गर्नुस । अाफुले गरेकाे लगानीको ब्यवस्थापन अरूलाई गर्न दिदा उसले धाेका दिने सम्भावना हुन्छ अथवा अाफुले चाहे अनुरूपकाे नाफा अार्जन नहुन सक्छ ।

यस्तै खाले उपयाेगी टिप्स तपाईले मेराे यूटुब च्यानलमा निरञ्तर रूपमा हेर्न सक्नु हुन्छ । कृपया मेराे उक्त युटुब च्यानललाई सस्क्राईब गर्न नभुल्नु हाेला । अनि यस बल्गमा निञ्तर यस्तै टिप्सहरू हेर्न फलाे गर्न पनि नभुल्नु हाेला । अनि पैसा कसरी धेरै भन्दा धेरै कमाउने भन्ने बिषयमा यश अगाडि पनि टिप्स राखि सकेकाे छु । त्यसलाई पनि पढन नभुल्नु हाेला ।


तपाईले जति पनि पैसा जहाँ जहाँ लगानी गर्नु भएको छ त्यसकाे व्यवस्थापन अाफैले गर्नुस । अाफुले गरेकाे लगानीको ब्यवस्थापन अरूलाई गर्न दिदा उसले धाेका दिने सम्भावना हुन्छ अथवा अाफुले चाहे अनुरूपकाे नाफा अार्जन नहुन सक्छ ।

#पैसा #लगानी #money #tips #Nepal

Categories
Tips tricks

अाउनुस फाेटाेलाई पैसामा बदल्न सिकाै । Let’s learn : How to turn photo into money ? Tips in Nepali Language .

के तपाईंले अाफ्नाे माेवाईल तथा क्यामेरा बाट खिचेको थुप्रै फाेटाहरू त्यतिकै ल्यापटप, मेमाेरी कार्ड तथा पेनड्राईबमा थन्काएर राख्नु भएको छ ? यदि छ भने : ती फाेटाहरूलाई बेचेर किन धेरै भन्दा धेरै डलर अार्जन नगर्ने ? अाउनुस अाज  तपाईले खिचेका त्यस्ता फाेटाहरू बेच्ने १० ठाउँ , बेच्ने उपाय र उनिहरूले कति पैसा दिन्छन त ?  भन्ने बारेमा जानी राखाै ।


अासा छ : याे टिप्स पुरै हेरेर तपाईले अाफ्नाे जिबनमा एउटा अर्काे अाय अार्जन गर्ने स्राेत थप्नु हुनेछ । अनि यस्तै टिप्स नियमित पढन मेराे यस ब्लगलाई फलाे गर्नु हुनेछ । मेराे युटुब च्यानलमा पनि यस्तै उपयाेगी टिप्सहरू ल्याउने गरेकाे छु । युटुब च्यानललाई समेत सस्क्राईब गरेर यस्तै उपयाेगी टिप्सहरू नियमित ल्याउन हाैसला प्रदान गर्नु हुनेछ ।

1. फाेपा डट कम :

1. If you sell photo in fopa you will earn one thousand 2 hundred 5 rupee per one photo.

तपाईले खिचिराखेका त्यस्ता फाेटाहरू बेच्नका लागि foap एउटा स्वतन्त्र र सजिलो माध्यम हाे  । त्यसका लागि तपाईले foap काे एप्स डाउन्लाेड गरेर तथा website मा गएर बेच्न सक्नु हुन्छ । एकपटक foap मा गएर फाेटाे uploaded गरे पछि त्याे फाेटाे Foap Market मा उपलब्ध हुन्छ । जहाँ लाखाै खरिद कर्ताहरूले तपाईंको फाेटाे देख्छन र खरिद गर्छन । कति कमाई हुन्छ त एउटा फाेटाेकाे ? याे सामाग्री तयार पारिरहदा अाजकाे डलरकाे मूल्य १ डलर बराबर १ सय २० रूपैया रहेछ । त्यसैले एउटा फाेटाे बेच्दा १ हजार दुई सय ५ रूपैया कमाउनु हुन्छ । अर्थात एउटा फाेटाे १० डलरमा बिक्री हुन्छ । साेहि फाेटाेलाई १ पटक मात्रै हैन थुप्रै पटक बेच्न सक्नु हुन्छ । जति पटक बिक्छ त्यतिनै गुणा कमाइ हुन्छ । यद्यपि यहाँ बाट धेरै भन्दा धेरै डलर अार्जन गर्न ६ वटा जुक्ति लगाउन सक्नु हुन्छ । पहिलाे : धेरै भन्दा धेरै फाेटाे अपलाेड गर्नुस । २. फरक फरक फाेटाहरू पाेष्ट गर्नुस । गाउँ जाँदा, पिकनिक जाँदा, मर्निङ वार्क जाँदका फरक फरक स्वादका फाेटाे उपयाेग गर्नुस । ३. फाेटाेमा ट्यागहरू राख्न नभुल्नुस   । यहाँ १ सय वटा सम्म ट्याग राख्न मिल्छ । ५. हरेक दिन अाफुलाई उत्प्रेरक राख्न नभुल्नुस । त्यसका लागि हालसालै धेरै भन्दा धेरै बिकेका फाेटाहरू हेर्नस । उनिहरूले त्याे फाेटाे कसरी खिचेका हाेलान ? अनुसन्धान जारी राख्नुस । ६. Community सँग सामेल भएर उनिहरूकाे अनुभव सिक्नुस

2. गिट्टी इमेज :

2. getty also one of the best place to sell your photo. Here you can earn 36 thousand to 60 thousand rupee in high demand and quality photo. But normally you can earn 6 thousand to 12 thousand per photo.

अाफुले खिचिराखेका फाेटाहरू बेचेर डलर अार्जन गर्ने अर्काे गतिलाे माध्म हाे gettyimage । जहाँ apps बाट पनि फाेटाे बेच्न सकिन्छ । यसमा फाेटाे बेच्नकाे लागि तपाईंको उमेर १८ बर्ष पूरा भएको हुनु पर्छ । यसमा फाेटाे बेच्नेहरूले एउटै उत्कृष्ट फाेटाे बेचेर कमाएकाे डलरलाई नेपाली रूपैयामा रूपान्तरण गरेर हेर्दा  न्यूनतम ३६ हजार १ सय ६२ रूपैया देखि ६० हजार २ सय ७० रूपैयाँ अार्जन गरेकाे देखिन्छ । सामान्य फाेटाेकाे भने ६ हजार २७ रूपैयाँ देखि १२ हजार ५४ रूपैया सम्म कमाउने गरेकाे पाइन्छ ।

3. ट्वान्टी ट्वान्टी डटकम

3. Not only photo you can sell your video clips also in twenty20.

सामाजिक सञ्जाल Instagram चलाउने र त्याहाँ फाेटाे अपलाेड गरिरहनेहरूका लागि twenty20 अर्काे फाेटाे बेचेर कमाउने गतिलाे स्थान हाे । यहाँ तपाईंले ३ वटा तरिका बाट पैसा कमाउन सक्नु हुन्छ । अनुमति लिएका फाेटाेमा नेपाली रू. २ सय ४१ रूपैया कमाउन सक्नु हुन्छ भने scheduled shoots मा सय % कमिसन मिल्छ । साथै photo challenges बाट थुप्रै नगद पुरस्कार जित्न सक्नु हुन्छ । धेरै भन्दा धेरै पैसा कमाउन अाफैले खिचेका फाेटाहरू पाेष्ट गर्ने गर्नुस । फाेटाे पाेष्ट गर्दा keyword हरू ट्याग गर्न नभुल्नुस । यदि त्यसाे गरिएन भने तपाईंको फाेटाे धेरै भन्दा धेरै खरिद कर्ता सम्म पुग्दैन । कस्ताे खालकाे फाेटाे धेरै बिकेकाे छ ? र अाफुले त्यसै फाेटाे तयार पार्न के गर्नु पर्छ भनेर अनुसन्धान जारी राख्नुस । फाेटाे challenge हरूमा सहभागी हुनुहाेस । ताकि कस्ताे फाेटाेकाे डिमाण्ड छ भन्ने थाहा हाेस ।

४. स्टक डट एडाेब डटकम :

अाफुले खिचिराखेकाे फाेटाे बेच्नकाे लागि stock adob अर्काे एउटा लाेकप्रिय माध्यम हाे । जहाँ फाेटाे बेच्नका लागि निम्न प्रकृयाहरू पूरा गर्नु पर्ने हुन्छ । सबैभन्दा पहिला अाफुले खिचेकाे फाेटाेलाई अाकर्षक बनाउन photoshop मा गएर edit गर्नुस । त्यसलाई jpeg फर्म्याट मा save गर्नुस । तपाईंले बेच्न खाेजेकाे फाेटाेकाे न्यूनतम resolution 4mp हुनु अाबश्यक छ भने बढिमा 100mp भए पुग्छ । फाेटाेकाे साइज 45 mp हुनु जरूरी छ । त्यसपछि Adobe Stock काे adobe stock contributor मा गएर  उक्त फाेटाे अथवा डिजायन अपलाेड गर्नुस । उक्त फाेटाेमा Title , keyword राख्नुस । पहिलाे चाेटि फाेटाे अपलाेड गर्दा approval हुनु जरूरी छ। त्यसका लागि केही समय कुर्नु पर्ने हुन्छ । जब approve हुन्छ । तब notification अाउछ । त्यसपछि तपाईंको फाेटाेले royalties कमाउन तपायर हुन्छ । हरेक पटक बिक्री हुना साथ एउटा फाेटाेबाट बिक्री मुल्य काे ३३ देखि ३५ % सम्म राेयल्टी मिल्छ । बिक्री तथा डाउन्लाेडका अाधारमा बाेनस पनि पाउनु हुन्छ । फाेटाे अनलाइन बाट फाेटाे बेच्नेहरूका लागि याे वेबसाइट सबैभन्दा धेरै बिश्वासीलाे मध्येकाे एक हाे । जहाँ ढुक्कले फाेटाे बेचेर कमाउन सकिन्छ ।

५.अाल्मे डट कम

“तपाईंको फाेटाे किन्ने अन्य एजेन्सी भन्दा हामी बढी पैसा दिन तयार छाै ।” almy.com ले अाफ्नाे वेबसाइटमा भनेकाे छ,” यदि तपाईंको फाेटाे Exclusive छ भने तपाइलाई बिक्री भएको मुल्यकाे ५०% सम्म राेयल्टि दिनेछाै । साथै हामी अन्य भन्दा सजिलोसँग सँग तपाईंको फाेटाे बेच्न पनि सघाउने छाै ।” वेबसाइटमा उल्लेख छ । वेबसाइटमा गएर अाफ्नाे account बनाएर फाेटाे बेच्न सकिन्छ । सबैभन्दा पहिला वेबसाइट खाेल्नुस । त्यसकाे सबै भन्दा तल रहेकाे become contributer मा क्लिक गर्नुस । त्यसपछि तपाईले यश वेबसाइट बारे धेरै राम्रा जानकारी पाउनु हुनेछ । त्यसपछि तपाईंले get start मा क्लिक गरेर पैसा कमाउन सक्नु हुन्छ ।

६. सबमिट सटरस्टक डटकम :

यदि तपाईं उच्च quality काे फाेटाे खिच्न खप्पिस हुनुहुन्छ भने shutterstock काे मद्दतले सजिलोसँग पैसा कमाउन सक्नु हुन्छ । यहाँ फाेटाे बेच्न काे लागि सबैभन्दा पहिले account बनाउनु जरुरी छ । त्यसपछि अाफुले खिचेका फाेटाहरू अपलाेड गर्न सक्नु हुन्छ । फाेटाे approve हुन केहि समय लाग्छ । त्यसपछि जतिजति  तपाईले अपलाेड गरेकाे फाेटाे अरूले डाउन्लाेड गरेमा अथवा किनेमा तपाईंको कमाई बढछ । सुरूमा तपाईले एउटा फाेटा  बिकेबापत रू. २ सय २६ दशमलब ६१ रूपैया दिन्छ भने त्याे फाेटाेकाे डिमाण्ड बढेर रू. ६ सय २ दशमलब सम्मकाे काराेबार गरेपछि उक्त फाेटाेकाे मूल्य बढेर २ सय ९८ दशमलब ९३ पुग्छ । यसैगरी तपाईले बजारकाे डिमाण्ड बुझेर फाेटाे हाल्न थाल्नु भयाे भने मज्जाले कमाई गर्न सक्नु हुन्छ ।

७. फाइन अार्ट अमेरिका :

fine art america मा तपाईंले फाेटाे मात्रै हैन । हातले काेरेका चित्र देखि कम्प्युटर एवं माेवाईलमा बनाएका डिजायनहरू समेत बेच्न सक्नु हुन्छ । फाेन काे कभर डिजायन , टिसर्ट डिजायन देखि सिरानीकाे खाेलकाे राम्रो डिजाइन  समेत बेच्न सकिने यश बेवसाईटकाे धेरै राम्रो पक्षहरू छन । यहाँ अाफैले  फाेटाे, चित्र तथा डिजायनकाे मूल्य ताेकेर पाेष्ट गर्न सकिन्छ । यहाँ तपाईले बेचेका ती चिजहरूकाे कमाइ हरेक महिनाकाे १५ तारिकमा हालिदिने ब्यवस्था छ । कुनै पनि चित्र तथा फाेटाे म १ सय डलरमा बेच्छु भन्ने लाग्छ भने साेहि डलरमा यहाँ बेच्न मिल्ने भएकाेले तपाइकाे कमाइ तपाईले ताेक्ने मुल्यमा भर पर्छ ।

. डिर्म स्टिम डट कम :

के तपाईं creative artist हुनुहुन्छ ? यदि हुनु हुन्छ भने dream stime .com मा सामेल भएर किन डलर अार्जन नगर्ने ? यहाँ तपाईले अाफ्नाे फाेटाे तथा डिजायनकाे बिक्री मुल्यकाे ६० प्रतिशत सम्म revenue कमाउन सक्नु हुन्छ ।  तपाईंले यसकाे एप्स बाट पनि सजिलै र जुनसुकै बेलामा फाेटाे अपलाेट तथा बिक्री गर्न सक्नु हुन्छ। यहाँ बिक्री भएका exclusive फाेटाेले थप १० प्रतिशत बाेनस समेत अार्जन गर्न सक्छ । यहाँ फाेटाे बेचेर न्यूनतम १०० डलर कमाई भएपछि पैसा निकाल्न मिल्छ ।

९. डिपाेजीट फाेटाे डटकम

deposit photos . Come मा फाेटाे बेच्नकाे लागि फाेटाे jpg फर्म्याट मा सेभ गरेकाे हुनु पर्छ । फाेटाेकाे क्वालिटी न्यूनतम ३ दशमलब ४ एम पि हुनु अाबश्क छ । यसकाे वेबसाइट तथा माेवाईल एप्स दुबैबाट फाेटाे अपलाेट गरेर बेच्न सकिन्छ। यहाँ फाेटाे अपलाेट सुरू गर्न निकै सजिलो छ । पहिला एकाउन्ट रजिस्ट्रार गर्नुस । केही परिक्षणकाल पूरा गर्नुस । याे परिक्षणमा पास हुन अाफुले खिचेका राम्रा फाेटाहरू अपलाेड गर्नुस । दाेस्राे पटक देखि बिना परीक्षा तपाईले फाेटाे पाेष्ट गर्न सक्नु हुन्छ । यहाँ फाेटाे पाेष्ट गर्नेकाे उमेर १८ बर्ष पुरा भएको हुनु पर्छ  । यहाँ तपाईंले पाेष्ट गरेका फाेटाहरू जति धेरै डाउन्लाेड हुन्छ  । त्यहि अनुरूप तपाईंको लेभल र साेहि लेभल अनुरूप कमाई हुन्छ । तपाईंको कुनै पनि फाेटाे 499 पटक डाउन्लाेड भएमा तपाईं पहिलो लेभल पार हुन्छ । 4 हजार 9 सय 99 पटक भएमा दाेस्राे, २४ हजार ९ सय ९९ पटक भएमा तेस्रो , १ लाख 49 हजार सम्म भए चाैथाे र १ लाख ५० हजार भन्दा माथि भएमा पाँचाै तह पार हुन्छ । पहिलाे दाेस्राे तथा तेस्राे लेभल सम्म क्रमश बिक्रिकाे ३४ ,३६,३८ प्रतिसत सम्म कमाई लिन सकिन्छ । त्यस भन्दा बढि लेभलमा त्याे भन्दा बढि प्रतिशत कमाई हुन्छ । न्यूनतम ५० डलर कमाई भए पछि पैसा लिन मिल्छ ।

१०. फाेटाे सेल्टर डटकम :

photo shelter पनि एउटा उत्तम वेबसाइट हाे । साथै यसकाे एप्सबाट समेत तपाईंले फाेटाे अपलाेड तथा बिक्री गर्न सक्नु हुन्छ । अाफुले बिक्रीका लागि राखेकाे फाेटाे फेसबुक, टुइटर जस्तत सामाजिक सञ्जालमा सेयर गरेर प्रबर्दन समेत गर्न  मिल्छ । तपाईले राखेकाे फाेटाे बिके नबिकेकाे पनि तपाईले सजिलोसँग हेर्न मिल्छ । फाेटाे खिच्न रूचाउने हरूका लागि याे एउटा सजिलो eCommerce platform हाे । जहाँ फाेटाेकाे बिक्री , उत्पादन तथा यदि तपाईंको वेबसाइट छ भने त्यस मार्फत समेत service दिने माध्यम पनि हाे ।

अाफुले खिचेका फाेटाहरू किन्ने माथिका वेबसाइटहरू बारे पढेपछि पक्कै पनि तपाईकाे मनमा एउटा जिज्ञासा अायाे हाेला । फाेटाे त बेच्ने तर ती वेबसाइट बाट पैसा कसरी लिन त ? तपाईंको याे जिज्ञासाकाे समाधान यसै ब्लग मार्फत गरिसकेकाे छु । कृपया यहाँ क्लिक गरेर अन्तर्राष्ट्रिय स्तरका वेबसाइट काे कमाई अाफुले लिन के गर्नु पर्छ भन्ने सिक्नु हाेला । साथै मेराे YouTube channel मा पनि याे टिप्ससलाई हेर्नू हाेला । साथै यस्तै उपयोगी टिप्स नियमित हेर्न चाहनु हुन्छ भने युटुब च्यानललाई सस्क्राईब तथा यहि ब्लगलाई फलाे गर्न पनि नभुल्नु हाेला ।


#earning #photo #Nepal #फाेटाे #पैसा #अनलाइन #कमाई