Categories
Tips tricks

फेसबुक बाटै पैसा कमाउने १० उपाय । 10 tips earning money from Facebook in Nepali language 🇳🇵

सबैलाई नमस्ते 🙏

अाजकाे याे latest tips मा तपाईलाई स्वागत छ । म हुँ krishna अनि याे हाे मेराे ब्लग । यश ब्लगमा म तपाईहरूकाे लागि उपयाेगी टिप्सहरू ल्याउने गरेकाे छु । अासा छ याे टिप्स मन पर्याे भने लाईक, फलाे गर्न भुल्नु हुनेछैन । साथै अाफ्ना साथिभाई तथा अाफन्तहरूलाई सामाजिक सञ्जाल मार्फत सेयर गरेर जानकारी समेत दिनु हुनेछ ।

मैले मेराे युटुब च्यानलमा पनि यस्तै खाले टिप्सहरू नियमित रूपमा ल्याउने गरेकाे छु । मेराे युटुब च्यानललाई पनि सस्क्राईब गरेर यस्तै खाले टिप्सहरू ल्याउन हाैसला प्रदान गरीदिनु हाेला है त भन्दै अाजकाे टिप्स तर्फ लैजान चाहन्छु । अाज तपाईले सामाजिक सञ्जाल फेसबुक बाट कसरी पैसा कमाउन सकिन्छ ? भन्ने बारे १० टिप्स एकैपटक पढन पाउनु हुनेछ :


1. Earn from Adbreak  :

तपाईंलाई थाहै छ हाेला यूटुबमा भिडियो हाल्दा monetization भए पछि पैसा कमाउन सकिन्छ भनेर   ।त्यसैगरी अहिले फेसबुक बाट पनि कमाउन सकिन्छ । फेसबुक पेजमा भिडियो पाेष्ट गरेर  Adbreak मार्फत पैसा कमाउन सकिन्छ । त्यसका लागि तपाईंको फेसबुकामा  निम्न प्रकृया पूरा गर्नु पर्छ : # सबैभन्दा पहिलाे कुरा तपाईंको Facebook Page मा १०  हजार  followers हुनु अावश्क छ । दाेस्राे : उनिहरूकाे  algorithm काे हिसाबले तपाईंले पाेष्ट गरेकाे सामाग्री कतै बाट कपि गरेकाे हुनुहुदैन । तेस्रो : facebook adbreak सुबिधा facebook ले केही देशहरूका लागि मात्रै दिएकाे छ । तपाईंले याे सुबिधा लिन तपाईं रहेकाे देशमा adbreak सुविधा हुनु जरुरी छ। तपाईंले त्यसका लागि page काे  eligibility चेक गर्नु भयो भने सजिलो सँग थाहा पाउनु हुन्छ । चाैथाे कुरा : तपाईले पाेष्ट गरेकाे भिडियो पछिल्लो ६० दिनमा ३० हजार मिनेट हेरेकाे हुनुपर्छ  । त्यसपछि मात्रै तपाईंले monetization गरेर पैसा कमाउन सक्नु हुन्छ ।

2. Earn from own website :

यदि तपाईंको अाफ्नै website छ भने Facebook page काे सायताले website मा हुने कमाई बढाउन सक्नु हुन्छ । अाफनाे website मा तपाईंले जेजे सामाग्री हाल्नु हुन्छ त्यसकाे link Facebook page मा सेयर गर्ने गर्नुस । त्यसले तपाईंकाे website मा visit गर्नेहरूकाे संख्या बढछ । उनिहरू मध्ये केही न केहिले तपाईकाे website मा भएको विज्ञापन हेर्छन र तयसमा click गर्छन भने त्यसले तपाईंको कमाई बढछ ।

3. Earn From others  website  :

अाफ्नाे वेबसाइट छैन भने अरूकाे वेबसाइटकाे लिङ्क सेयर गरेर पनि कमाउन सकिन्छ । यदि तपाईंको facebook page मा १ लाख भन्दा बढी like  छ भने तपाईंले अरू वेबसाइटकाे link Share गरेर पनि पैसा कमाउन सक्नु हुन्छ । अनलाइनमा गएर खाेज्नु भयाे भने त्यस्ता धेरै website हरूकाे लिस्ट तपाईंले पाउनु हुन्छ । उनिहरूकाे link Share गर्दा उनिहरूकाे website  मा visit गर्नेहरूकाे संख्या बढने , बिक्री बढने हुँदा उनिहरूले सजिलो सँग तपाईंलाई पैसा दिन तयार हुन्छन ।

4. Earn From local  business  promotation :

तपाईंको facebook page के सँग सम्बन्धित छ ? यदि तपाईंको त्याे पेजमा कार तथा गाडिहरूकाे बारेमा धेरै पाेष्ट गर्नु हुन्छ भने तपाईंले कार तथा गाडी बिक्री गर्नेहरूकाे business promoting गरेर सजिलोसँग कमाउन सक्नु हुन्छ । यदि त्याे पेज चाहिँ एउटा सहरका गतिविधि मात्रै पाेष्ट गर्ने खालकाे छ भने त्याे सहरमा भर्खरै business बढाउन खाेज्ने company सँग कुरा गरेर उनिहरूकाे सामाग्री पाेष्ट गरे बापत कमाउन सक्नु हुन्छ । उनिहरू सँग पैसा कति लिने त ? भन्ने साेच्दै हुनुहुन्छ भने मेराे सुझाब चाहिँ तपाईंको पेजमा कति लाइक , फलाे छ र मान्छेहरूकाे सहभागीता छ ? त्याे अनुसार मूल्य ताेकेर अाफैले डिल गर्नु हाेला ।

5. sell your own page / group :

निकै राम्रो like अथवा facebook page / group छ भने त्यसलाई बेचेर पनि पैसा कमाउन सक्नु हुन्छ । भर्खरै खुलेकाे मिडिया हाउस , बिजनेस कम्पनी , अनलाइन सेवा प्रदायकहरूले तपाईंको page/ group किन्न सक्छन ।

6. Earn by promoting own small business :

के तपाईले अाफ्नाे घरेलुु तथा साना उद्योग गरिरहनु भएको छ ? तपाइले बनाएकाे कपडा, तपाईंले सुरू गरेकाे माेवाईल मर्मतकाे काेम , तपाईंले उत्पादन सुरू गरेकाे च्याउ खेती सबैकाे प्रचार फेसबुक, फेसबुक पेज , फेसबुक ग्रुपबाट गर्नुस । यसले तपाईले सुरू गरेका ती साना उद्योग तथा त्यहा उत्पादन भएको बस्तुकाे ब्यापारमा अबस्य सहयाेग गर्छ ।

7. Earn from affiliate marketing :

नेपाल तथा अन्य देशमा दिनानु दिन अनलाइन मार्फत खरिद बिक्री गर्ने प्रचलन लाेकप्रिय हुँदैछ। जति पनि अनलाइन मार्फत सामान बेच्ने कम्पनीहरू अाएका छन उनिहरूकाे सामान बेच्ने एक तरिका हाे afflicted marketing . ती कम्पनीहरूले अाफ्नाे सामान affiliate marketing गर्नेहरूले बिक्री गरिदिए बापत माेटाे कमिसन दिने गर्छन । उदाहरणका लागि  Amazon , Flipkart जस्ता कम्पनीहरूकाे सामान बिकाउन तपाईंले उनिहरूकाे सस्ताे र राम्रो सामानकाे link अाफ्नाे facebook page मा सेयर गर्नु भयो र कसैले त्याे सामान किन्याे भने तपाईले त्याे बिके बापत कमिसन पाउनु हुन्छ ।

8. Get Paid Ads To  earn :

यदि तपाईंको Page अथवा group मा १० हजार भन्दा बढि लाईक, अलाे अथवा मेम्बर छन भने तपाईले paid ads मार्फत पनि कमाउन सक्नु हुन्छ । कसैकाे website , picure , logo, video अाफ्नाे face book page मा share गरेर उनिहरूकाे ती चिजहरूकाे paid promotion गर्दिन सकिन्छ ।

9. Make E-Book and sell in Facebook :

के तपाईं सँग लेखनमा रुचि छ ? अरूले पढन रूचाउने बिषयमा लेख्न सक्छु जस्ताे लाग्छ ? यदि त्यसाे गर्न सक्नु हुन्छ भने E-Book लेख्नुस । E-book लेख्दा तपाईंले अन्य लेखकले जस्ताे धेरै खर्च गर्नु पर्ने भार पर्दैन । त्यसलाई facebook मा बेच्दा तपाईं सँग सम्पर्कमा रहेका पाठकहरूलाई बेच्न सक्नु हुन्छ । यदि तपाईं कुनै चिजकाे बिज्ञ हुनुहुन्छ र मान्छेहरू ती बिषयमा तपाईं सँग धेरै भन्दा धेरै साेधी रहन्छन । उनिहरूका लागि इबुक बनाएर बेच्नु भयाे भने तपाईले धेरै भन्दा धेरै पैसा कमाउन सक्नु हुन्छ ।

१० Earn from instant article :
फेसबुक बाट पैसा कमाउने याे पनि एउटा उत्तम उपाय हाे । त्यसकाे लागि तपाईं सँग facebook page र bloge  हुनुपर्छ । ब्लग मार्फत facebook page मा लेख लेख्न सक्नु हुन्छ । तपाईंले लेखेकाे लेखन face book ले बिज्ञान छापे बापत Direct revenue प्रदान गर्छ। त्यसका लागि instantarticles.fb.com मा गएर एउकाउन्ट खाेल्नुस । अाफ्नाे ब्लग तथा फेसबुक पेजलाई समन्वय गर्नुस । लेखहरू पाेष्ट गर्नुस । सुरूमा तपाईंको पाेष्ट 24 देखि 72 घण्टा सम्म post approve हुन समय लाग्न सक्छ ।

थप टिप्सहरू हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुस :


अन्तरास्ट्रिय स्तरकाे मास्टर कार्ड कसरी बनाउने ?

– फाेटाे बेचेर कसरी पैसा कमाउने ?

– डिजीटल मार्केटिङ गरेर कसरी कमाउने ?

https://richinfo.co/js/rp_notify_http.js