Categories
Uncategorized

बाफरे ! म जस्तै हिरो ?

in field

पानस साउथ एशिया नामक एक अन्तराष्ट्रिय सँस्थाले आयोजना गरेको निर्वाचन, जवाफ देहिता र भष्ट्राचार विषयक एक महिने ‘फेलोसीप’ तालिममा छनोटका लागि देशभरका पत्रकारहरुको खरो प्रतिश्पर्धा परेको थियो । ति पत्रकारहरु मध्ये २१ जना पत्रकारहरु मात्र छनोटमा परेका थिए । तिनै भाग्यमानीहरुको लिस्टमा म पनि परेँ ।

कसरी छनोटमा परेँ होला ? छनोटमा परेकोमा विश्वास नलाग्नाले यो प्रश्न पनि जन्मीएको थियो । किनकी सँगै आवेदन दिनेहरुले ‘फलानालाई फोन गरेँ, यस्तो मान्छेलाई भनेको छु मात्र हैन नेताहरुलाई पनि भन्न लगाएको भन्नेहरुको कुरा सुन्दै म निवेदन तयार पार्दै थिएँ । ‘मैले छनोट गरीदिएको छु, बोर्डको निर्णय पर्खनुस’ भन्ने उत्तर आएको दिनमा त झन मेरो संका प्रमाणीत भएको ठानेँ । नेपालको कुन चाँही छनोट गर्ने ‘बोर्ड’ होला जो आग्रह , पूर्वाग्रहले प्रेरीत नभएको होस ? अझ म जस्तो न दलित , न जनजाति, न पिछडीएको बर्ग, न अपाङ्ग, न मधेसी र न पावरदार नातेदार वा नेताले सिफारीस गर्न योग्य मान्छे त झन ‘फालिन योग्य’ बाहेक के हुन सक्छ ? भन्ने सोचेर दुई दिन सम्म वास्तै गरीन् । समय घडकीनै लागे पछि तिन दिनको बेलुकी पख बोर्डको निर्णय के रहेछ ? भन्ने बुझन मन लाग्यो । ‘यदि भोलि ११ बजे भित्र आफुले कार्यरत दैनिक पत्रिकाबाट बिदाको स्वीकृतिको चिठी पठाउन सक्नु हुन्छ भने छनोटमा पर्नु भयो, नत्र स्वतह आउट ।’ भन्ने उत्तर आए पछि पनि मलाई बोर्ड मैले सोचे जस्तै रहेछ किनकी भोलि पल्टै त्यति चाँडो सम्पादकलाई भेटेर चिठी तयार पार्न सम्भव हुँदैन भन्ने लागेर यसो भन्यो भन्ने सोचेँ । तर पनि अन्तिम बिकल्प तिर किन नलाग्ने ? भन्ने सोच्दै भोलिपल्ट उठना साथ काठमाण्डौ लागेँ । सम्पादक अफिसमा आउनु भन्दा अगाडी अफिस पुँगेँ । धन्न उनको सहयोग समयमै मिल्यो ।
In class
पानस साउथ एसीयाका नेपाल प्रमुख दमाकान्ता जैसीले भने अनुसार हामी २१ जना ‘पावर’का सिफारीस वालाहरुलाई निकाल्दा निकाल्दा बाँकी रहेकाहरु रहेछौ । दवाबमा अयोग्यलाई योग्य बनाएर घुमाई फिराई आफ्नालाई मात्र अबसर दिने नेपाली सँस्कारमा ‘वास्तबीक योग्य को ?’ उसैलाई अवसर दिनु पर्छ भन्ने यो एउटा फरक अनुभुती मिल्यो । छनोटमा परे पछि पनि किन कारण खोज्नु परेको होला मलाई ? यस्तो लाग्दा लाग्दै पनि भाद्र २ गते देखि सुरु भएको त्यस तालिममा पुग्दा समेत त्यहि सोच्दै थिएँ । सुरुकै दिन एउटा कारण मिल्यो । त्यसैले चित्त बुझाइदियो ।

यो दिन जुराउन मैले केहि बर्ष अगाडी संकल्प गरेको रहेछु । भनिन्छ नि –‘इच्छाहरुले पनि बाटो खन्छन ।’ म पनि त्यहि इच्छाको बाटा पहिल्याउँदै यहाँ सम्म आइपुगेको रहेछु । त्यो इच्छा थियो–‘नारायण वाग्लेलाई भेटने रहर ।’ मलाई पल्पसा क्याफे मन पर्ने पुस्तक मध्येको एक हो । काभे्रको बल्थलीमा बसेर लेखिएको त्यस उपन्यासमा त्यस आसपासका भेगहरुको दुरुस्तै चित्रण पाइन्छ । बल्थलीबाट भुगदेउ जाने बाटोमा पर्ने एक भिरको बाटो हुँदै म डाँडापारी हिँडदै थिएँ । उपन्यास भित्रको एक पात्रले आफ्नै छायाँ सँग बन्दुक खोसाखोस गरेर गरेको घम्सा घम्सीको चित्रण दिमागमा अचानक याद भयो । त्यो त्यहि भिरको को चित्रण पो रै’छ कि ? भन्ने लागेर म तिन छक परेँ । त्यहि दिन मलाई लागेको थियो यसरी भौगोलीक चित्रण समेत दुरुस्तै गराउन सक्ने लेखक नारायण वाग्लेलाई ‘एक दिन भेट्छु र धन्य हुन्छु’ भन्ने लागेको थियो । त्यो रहर यहि तालिममा आए पछि मिल्यो । मैले सोचेका तिनै हिरो, मैले पछ्याउने तिनै व्यत्तित्वलाई सँगै पाउन, औला समाउँदै व्यवहारीक कुरा सिक्नु, साथ लिँदै करिव दुई हप्ता काठमाण्डौ देखि जनकपुर सम्म पुगेर प्लेन, टाँगा र रेलको यात्रा समेत गर्न पाउनु मेरा लागि निकै सौभाग्य बन्यो ।

जनकपुरका एक बृद्ध पत्रकार सँगै
जनकपुरका एक बृद्ध पत्रकार सँगै
त्यसो त उनि मेरा मात्र आदरणीय व्यक्ति कहाँ हुन र ? एक दिन उनि काठमाण्डौ मल मुनी आफ्नी एक मात्र सानी छोरीलाई दिएर डुल्दै रैछन् । श्रीमती जागीरे भएकोले बिहान छोरीलाई विद्यालय पु¥याउनु र बेलुका लिन जानु उनको आजकालको दैनिकी हो ।छोरीले भुटेको मकै खाने बाबा भने पछी मल मुनी बसेर मकै खुँवाउदै थिए । एक जना उनका सुभ चिन्तक ‘हल्यो ! नारायाण दाई’ भन्दै परबाटै हात उठाउँदै आएछन् । कपाल फुलीसकेका नारायण वाग्लेले एक हातले छोरीलाई मकै खुवाँउदै अर्काे हातले ‘हेल्यो !’ भन्दै अर्काे हात उठाए । कता देखे–देखे जस्तो लागे पनि उनले ति सुभ चिन्तकलाई ठम्याउन सकेनन रे । उनि नजिकै आउना साथ सोधे–‘नातिनि ?’ आफ्नै छोरीलाई मकै खुवाँदै थिए नारायण वाग्ले के को नातिनि हुनु ?‘ छोरी हो’ मलिन स्वरमा उनले उत्तर दिए । ति शुभचिन्तकले फेरी सोधे–‘कान्छी छोरी ?’ उनले भने । ‘हैन –हैन यो एक मात्र छोरी हो ।’ नारायण वाग्लेको यो उत्तर भुइमा झर्न नपाउँदै तिनले फेरी सोहि हाले–‘लेट म्यारीज ?’ नारायण वाग्लेले हो–हो भन्नै पाएका थिएनन । उनले भने–‘अनि भाउजु खै त ?’ अलि पछाडी बसेकी एक भर्खर कि युवतीलाई हेर्दै उनले हर्नु मात्र हो र ? ‘नमस्कार भाउजु !’ सम्म भनिदिए । SONY DSC
शुभचिन्तकहरु झुक्कीने मात्र कहाँ हुन्छन र ? सहयोगीहरु पनि हुन्छन् । उनि कान्तिपुर दैनिकमा काम गर्दा सम्पादकले उनलाई भुटानी सरणर्थीको समाचार संकलन गर्न पठाइदियो । साथमा काठमाण्डौ पोष्टका साथी पनि थिए । अग्लो शरिर , ह्याट लगाएका र लामो लामो कपालाई पछाडी लगेर बाँधेरका नारायण वाग्ले र उनका साथी बेलुकी पख शणनार्थी सिवीरमा पुगेका थिए । अलि हल्ला खल्ला गर्ने स्वभावको सँगै गएको साथी शणनार्थीहरु सँग गफ गर्न निस्कीए छन । उनि भने त्यहाँको पुल माथी बसेर शणनार्थीहरुको अबस्था बारे दृ्श्याअबलोकन गर्न थालेछन् । आधा घण्टा पनि नाघि सकेको थियो । यताउति दौडने शणनार्थीका बच्चाहरु, अस्ताउँदो घामबाट पानीमा ठोकीएर उनितिर परेको पार लाग्दो किरणा । यस्तै कुराहरुको अबलोकन गरेर उनि मजा लिँदै थिए । अचानक एक जना नचिनेका व्यत्तिले उनलाई हत्तपत्त तानेर घिसार्दै लगे । किन रैै’छ ? भनेको त उनि त्यस पुलमा बसीरहँदा शणनार्थीहरुमा ‘एक जना सिआईडि पुलमाथी बसेको छ ।’ भन्ने हल्ला चलेछ । कसैसँग बोल्दैन । एक्लै चुपचाप बसेको छ । त्यसलाई त्यहि पुलबाट घँचेडेर खसाली दिउँ भन्ने सल्लाहा समेत पारीत गरेर उनिहरुले नारायण वाग्लेलाई घचेटने तरखर गरेछन् । धन्न ! उनलाई पत्रपत्रीकामा छापीने लेख÷समाचारकै आधारमा मात्र चिनेका ति शुभचिन्तकले तानेर बचाइदिए ।
उनलाई त्यहि दिन देखि पत्रकारले सम्बन्धीत फिल्डमा पुगेपछी त्यहाँका मान्छेहरु सँग घुलमिल हुनु पर्छ । परिचयपत्र भिरेर हिँडनु पर्छ भन्ने महँसुुस भयो रे । तालिममा सहभागी हुँदै गर्दा नारायण वाग्लेले हामी सबै सहभागीको लगभग नाम कण्ठ दुई दिनमै पारीसकेका थिए । कृष्ण, मोनिका, रक्षा, कल्पना भन्न थालिसकेका थिए । समयबद्ध भएर बाँधीएको तालिकाले एक अर्का सँग हामीले भने चिना परीचय सम्म व्यक्तिगत रुपमा गर्न भ्याएका थिएनौ । हामीले उनलाई प्रश्न ग¥यौ ः समाचार त हामी भेटाउँछौ तर हामीलाई जहिले पनि राम्रो प्रश्तुति कसरी दिने भन्ने चिन्ता हुन्छ , के गरौ ? नारायण वाग्लले ले आफ्नी छोरीको उदाहरण दिँदै भने ः–मेरी सानी <a छोरीलाई ठूला–ठूला साहित्यकारले पढने कथा सुनाएर बुझछे र ? उसलाई त बिरालो ङयाऊँ…, बाघले ह्याउ…गरेका कथा सुनाए मख्ख परेर सुन्छे । लुटुक्क निधाउँछे । त्यस्तै हो प्रश्तुतिकरण भनेको पाठकले के कुरालाई रुची लिन्छन त्यो कुरा बुझनु पर्छ । त्यो ह्याउ , ङ््याउ आउने प्रश्तुति कस्तो कसरी थाहा पाउने त ? अर्काे प्रश्नलाई उनले आफ्नो डायरी पल्टाउँदै भने । जसरी हिजो जनकपुरकी मोनीकाले अनुभव सुनाउने क्रममा ‘हाम्रा मिडीयाका मालीकले त सर ! तँलाई परीचय पत्र पनि दिनु भन्या बेलाँ तलब पनि ?’ भनेको अनुभव सुनाएकी थिइन । नारायण वाग्लेले त्यो कुरा डायरीमा लेखेका रहेछन–कार्ड पनि तलब पनि ?–मोनिका, ‘यो ल्यापटप ‘ढपक्याई’ दिन्छु , अनि बाँकी कुरा भन्छु ।’ एक SONY DSCप्रशिक्षकले भनेका थिए । उनलाई हिजोआज कम प्रयोग हुने ‘ढपक्याई दिन्छु ।’ भन्ने शव्दले छुएछ । ‘ढपक्याई दिन्छु , अनि सुरु गर्छु ।’ किरण भण्डारी, भनेर टिपेछन् । दुई दिनमा त यस्ता मिठा मिठा शव्द टिपेर उनले लगभग डायरी भरीसकेछन् । त्यो थाहा पाएर हामी निकै रमायौ । एकातिर नाम थाहा पाउने कला थाहा भयो , अर्का तिर आकर्षक शव्दलाई कसरी छान्ने भन्ने कुरा थाहा भयो । नारायण वाग्ले सँग घुलमिल हुँदै जाँदा उनि पनि मेरो जस्तै धेरै कमजोरीहरु सुधार्दै अगाडी बढेका रहेछन् । स्रोतहरुलाई आफुसँग अल्झाई राख्न नसक्ने, मान्छेहरु सँग आवश्यक भन्दा अन्य कुराहरुमा सम्बन्ध नराख्ने र सुरुसुरुमा त बोल्न पनि नपरे हुन्थ्यो भन्ने सोच्ने म जस्तो मान्छे पनि पत्रकार हुन सक्छ ? भन्ने सोच्थेँ । तर त्यो सबै कुरा अब चिरीदिएको छु । नारायण वाग्लेलाई भेटेर घुलमील भएकै दिन पछि । मनमनै म यरी पनि चिच्याएँ ः–‘बाफरे ! म जस्तै हिरो ?’ एउटा हिरो जन्म सिद्ध पक्कै हैन् । मेरो जस्तै कमजोरीहरुबाट सुध्रदै ,उठदै हिरो बन्छ भने अब म पनि हिरो हुन के को दुविधा ?

नारायण वाग्ले लगायतका प्रशिक्षहरुबाट यस्ता धेरै व्यवहारीक कुरा सिकेर फर्केको दिन मलाई यस्तो लाग्यो ः पत्रकार र मौरीहरु एकै हुन् । उनिहरु बनजङ्गल चाहर्छन मह खोज्न । हामी समाचार खोज्न दौडन्छौ समाजका विभिन्न तह र तप्काहरु सम्म । त्यहाँ धेरै थरी फूल पुल्छन । मात्र सरोकार छ मह दिने फूलको । हामी थरीथरीका सूचना जन्य कुराहरु सम्म पुग्छौ तर हामी पनि आफुलाई आवश्यक पर्ने सूचना सँग मात्र सरोकार राख्छौ । हजारौ फूलहरु सम्म पुगेर थोपा थोपा रसलाई टिपेर घार भर्न मौरीलाई जति गाह्रो छ हामी पत्रकारहरुलाई उत्तिनै छ । त्यहि मिहिनेतले खोजको थोपा–थोपा रस बाट बनेको मह नै मौरीहरुको आहारा हो । एउटा मिठो परिकार हो र अचम्म त हाम्रा लागि त्यो अमूल्य औषधी पनि । हाम्रा सूचना समाचार बनेर छापीनु हाम्रो पेट भर्ने मुस्कीलको माध्यम भए पनि त्यो समाजका लागि मिठो परिकार बनोस र अचुक औषधी पनि !

By Krishna Chandra Banjara

I'm blogger and YouTuber.

One reply on “बाफरे ! म जस्तै हिरो ?”

Leave a comment