Categories
Tips tricks

अाउनुस फाेटाेलाई पैसामा बदल्न सिकाै । Let’s learn : How to turn photo into money ? Tips in Nepali Language .

के तपाईंले अाफ्नाे माेवाईल तथा क्यामेरा बाट खिचेको थुप्रै फाेटाहरू त्यतिकै ल्यापटप, मेमाेरी कार्ड तथा पेनड्राईबमा थन्काएर राख्नु भएको छ ? यदि छ भने : ती फाेटाहरूलाई बेचेर किन धेरै भन्दा धेरै डलर अार्जन नगर्ने ? अाउनुस अाज  तपाईले खिचेका त्यस्ता फाेटाहरू बेच्ने १० ठाउँ , बेच्ने उपाय र उनिहरूले कति पैसा दिन्छन त ?  भन्ने बारेमा जानी राखाै ।


अासा छ : याे टिप्स पुरै हेरेर तपाईले अाफ्नाे जिबनमा एउटा अर्काे अाय अार्जन गर्ने स्राेत थप्नु हुनेछ । अनि यस्तै टिप्स नियमित पढन मेराे यस ब्लगलाई फलाे गर्नु हुनेछ । मेराे युटुब च्यानलमा पनि यस्तै उपयाेगी टिप्सहरू ल्याउने गरेकाे छु । युटुब च्यानललाई समेत सस्क्राईब गरेर यस्तै उपयाेगी टिप्सहरू नियमित ल्याउन हाैसला प्रदान गर्नु हुनेछ ।

1. फाेपा डट कम :

1. If you sell photo in fopa you will earn one thousand 2 hundred 5 rupee per one photo.

तपाईले खिचिराखेका त्यस्ता फाेटाहरू बेच्नका लागि foap एउटा स्वतन्त्र र सजिलो माध्यम हाे  । त्यसका लागि तपाईले foap काे एप्स डाउन्लाेड गरेर तथा website मा गएर बेच्न सक्नु हुन्छ । एकपटक foap मा गएर फाेटाे uploaded गरे पछि त्याे फाेटाे Foap Market मा उपलब्ध हुन्छ । जहाँ लाखाै खरिद कर्ताहरूले तपाईंको फाेटाे देख्छन र खरिद गर्छन । कति कमाई हुन्छ त एउटा फाेटाेकाे ? याे सामाग्री तयार पारिरहदा अाजकाे डलरकाे मूल्य १ डलर बराबर १ सय २० रूपैया रहेछ । त्यसैले एउटा फाेटाे बेच्दा १ हजार दुई सय ५ रूपैया कमाउनु हुन्छ । अर्थात एउटा फाेटाे १० डलरमा बिक्री हुन्छ । साेहि फाेटाेलाई १ पटक मात्रै हैन थुप्रै पटक बेच्न सक्नु हुन्छ । जति पटक बिक्छ त्यतिनै गुणा कमाइ हुन्छ । यद्यपि यहाँ बाट धेरै भन्दा धेरै डलर अार्जन गर्न ६ वटा जुक्ति लगाउन सक्नु हुन्छ । पहिलाे : धेरै भन्दा धेरै फाेटाे अपलाेड गर्नुस । २. फरक फरक फाेटाहरू पाेष्ट गर्नुस । गाउँ जाँदा, पिकनिक जाँदा, मर्निङ वार्क जाँदका फरक फरक स्वादका फाेटाे उपयाेग गर्नुस । ३. फाेटाेमा ट्यागहरू राख्न नभुल्नुस   । यहाँ १ सय वटा सम्म ट्याग राख्न मिल्छ । ५. हरेक दिन अाफुलाई उत्प्रेरक राख्न नभुल्नुस । त्यसका लागि हालसालै धेरै भन्दा धेरै बिकेका फाेटाहरू हेर्नस । उनिहरूले त्याे फाेटाे कसरी खिचेका हाेलान ? अनुसन्धान जारी राख्नुस । ६. Community सँग सामेल भएर उनिहरूकाे अनुभव सिक्नुस

2. गिट्टी इमेज :

2. getty also one of the best place to sell your photo. Here you can earn 36 thousand to 60 thousand rupee in high demand and quality photo. But normally you can earn 6 thousand to 12 thousand per photo.

अाफुले खिचिराखेका फाेटाहरू बेचेर डलर अार्जन गर्ने अर्काे गतिलाे माध्म हाे gettyimage । जहाँ apps बाट पनि फाेटाे बेच्न सकिन्छ । यसमा फाेटाे बेच्नकाे लागि तपाईंको उमेर १८ बर्ष पूरा भएको हुनु पर्छ । यसमा फाेटाे बेच्नेहरूले एउटै उत्कृष्ट फाेटाे बेचेर कमाएकाे डलरलाई नेपाली रूपैयामा रूपान्तरण गरेर हेर्दा  न्यूनतम ३६ हजार १ सय ६२ रूपैया देखि ६० हजार २ सय ७० रूपैयाँ अार्जन गरेकाे देखिन्छ । सामान्य फाेटाेकाे भने ६ हजार २७ रूपैयाँ देखि १२ हजार ५४ रूपैया सम्म कमाउने गरेकाे पाइन्छ ।

3. ट्वान्टी ट्वान्टी डटकम

3. Not only photo you can sell your video clips also in twenty20.

सामाजिक सञ्जाल Instagram चलाउने र त्याहाँ फाेटाे अपलाेड गरिरहनेहरूका लागि twenty20 अर्काे फाेटाे बेचेर कमाउने गतिलाे स्थान हाे । यहाँ तपाईंले ३ वटा तरिका बाट पैसा कमाउन सक्नु हुन्छ । अनुमति लिएका फाेटाेमा नेपाली रू. २ सय ४१ रूपैया कमाउन सक्नु हुन्छ भने scheduled shoots मा सय % कमिसन मिल्छ । साथै photo challenges बाट थुप्रै नगद पुरस्कार जित्न सक्नु हुन्छ । धेरै भन्दा धेरै पैसा कमाउन अाफैले खिचेका फाेटाहरू पाेष्ट गर्ने गर्नुस । फाेटाे पाेष्ट गर्दा keyword हरू ट्याग गर्न नभुल्नुस । यदि त्यसाे गरिएन भने तपाईंको फाेटाे धेरै भन्दा धेरै खरिद कर्ता सम्म पुग्दैन । कस्ताे खालकाे फाेटाे धेरै बिकेकाे छ ? र अाफुले त्यसै फाेटाे तयार पार्न के गर्नु पर्छ भनेर अनुसन्धान जारी राख्नुस । फाेटाे challenge हरूमा सहभागी हुनुहाेस । ताकि कस्ताे फाेटाेकाे डिमाण्ड छ भन्ने थाहा हाेस ।

४. स्टक डट एडाेब डटकम :

अाफुले खिचिराखेकाे फाेटाे बेच्नकाे लागि stock adob अर्काे एउटा लाेकप्रिय माध्यम हाे । जहाँ फाेटाे बेच्नका लागि निम्न प्रकृयाहरू पूरा गर्नु पर्ने हुन्छ । सबैभन्दा पहिला अाफुले खिचेकाे फाेटाेलाई अाकर्षक बनाउन photoshop मा गएर edit गर्नुस । त्यसलाई jpeg फर्म्याट मा save गर्नुस । तपाईंले बेच्न खाेजेकाे फाेटाेकाे न्यूनतम resolution 4mp हुनु अाबश्यक छ भने बढिमा 100mp भए पुग्छ । फाेटाेकाे साइज 45 mp हुनु जरूरी छ । त्यसपछि Adobe Stock काे adobe stock contributor मा गएर  उक्त फाेटाे अथवा डिजायन अपलाेड गर्नुस । उक्त फाेटाेमा Title , keyword राख्नुस । पहिलाे चाेटि फाेटाे अपलाेड गर्दा approval हुनु जरूरी छ। त्यसका लागि केही समय कुर्नु पर्ने हुन्छ । जब approve हुन्छ । तब notification अाउछ । त्यसपछि तपाईंको फाेटाेले royalties कमाउन तपायर हुन्छ । हरेक पटक बिक्री हुना साथ एउटा फाेटाेबाट बिक्री मुल्य काे ३३ देखि ३५ % सम्म राेयल्टी मिल्छ । बिक्री तथा डाउन्लाेडका अाधारमा बाेनस पनि पाउनु हुन्छ । फाेटाे अनलाइन बाट फाेटाे बेच्नेहरूका लागि याे वेबसाइट सबैभन्दा धेरै बिश्वासीलाे मध्येकाे एक हाे । जहाँ ढुक्कले फाेटाे बेचेर कमाउन सकिन्छ ।

५.अाल्मे डट कम

“तपाईंको फाेटाे किन्ने अन्य एजेन्सी भन्दा हामी बढी पैसा दिन तयार छाै ।” almy.com ले अाफ्नाे वेबसाइटमा भनेकाे छ,” यदि तपाईंको फाेटाे Exclusive छ भने तपाइलाई बिक्री भएको मुल्यकाे ५०% सम्म राेयल्टि दिनेछाै । साथै हामी अन्य भन्दा सजिलोसँग सँग तपाईंको फाेटाे बेच्न पनि सघाउने छाै ।” वेबसाइटमा उल्लेख छ । वेबसाइटमा गएर अाफ्नाे account बनाएर फाेटाे बेच्न सकिन्छ । सबैभन्दा पहिला वेबसाइट खाेल्नुस । त्यसकाे सबै भन्दा तल रहेकाे become contributer मा क्लिक गर्नुस । त्यसपछि तपाईले यश वेबसाइट बारे धेरै राम्रा जानकारी पाउनु हुनेछ । त्यसपछि तपाईंले get start मा क्लिक गरेर पैसा कमाउन सक्नु हुन्छ ।

६. सबमिट सटरस्टक डटकम :

यदि तपाईं उच्च quality काे फाेटाे खिच्न खप्पिस हुनुहुन्छ भने shutterstock काे मद्दतले सजिलोसँग पैसा कमाउन सक्नु हुन्छ । यहाँ फाेटाे बेच्न काे लागि सबैभन्दा पहिले account बनाउनु जरुरी छ । त्यसपछि अाफुले खिचेका फाेटाहरू अपलाेड गर्न सक्नु हुन्छ । फाेटाे approve हुन केहि समय लाग्छ । त्यसपछि जतिजति  तपाईले अपलाेड गरेकाे फाेटाे अरूले डाउन्लाेड गरेमा अथवा किनेमा तपाईंको कमाई बढछ । सुरूमा तपाईले एउटा फाेटा  बिकेबापत रू. २ सय २६ दशमलब ६१ रूपैया दिन्छ भने त्याे फाेटाेकाे डिमाण्ड बढेर रू. ६ सय २ दशमलब सम्मकाे काराेबार गरेपछि उक्त फाेटाेकाे मूल्य बढेर २ सय ९८ दशमलब ९३ पुग्छ । यसैगरी तपाईले बजारकाे डिमाण्ड बुझेर फाेटाे हाल्न थाल्नु भयाे भने मज्जाले कमाई गर्न सक्नु हुन्छ ।

७. फाइन अार्ट अमेरिका :

fine art america मा तपाईंले फाेटाे मात्रै हैन । हातले काेरेका चित्र देखि कम्प्युटर एवं माेवाईलमा बनाएका डिजायनहरू समेत बेच्न सक्नु हुन्छ । फाेन काे कभर डिजायन , टिसर्ट डिजायन देखि सिरानीकाे खाेलकाे राम्रो डिजाइन  समेत बेच्न सकिने यश बेवसाईटकाे धेरै राम्रो पक्षहरू छन । यहाँ अाफैले  फाेटाे, चित्र तथा डिजायनकाे मूल्य ताेकेर पाेष्ट गर्न सकिन्छ । यहाँ तपाईले बेचेका ती चिजहरूकाे कमाइ हरेक महिनाकाे १५ तारिकमा हालिदिने ब्यवस्था छ । कुनै पनि चित्र तथा फाेटाे म १ सय डलरमा बेच्छु भन्ने लाग्छ भने साेहि डलरमा यहाँ बेच्न मिल्ने भएकाेले तपाइकाे कमाइ तपाईले ताेक्ने मुल्यमा भर पर्छ ।

. डिर्म स्टिम डट कम :

के तपाईं creative artist हुनुहुन्छ ? यदि हुनु हुन्छ भने dream stime .com मा सामेल भएर किन डलर अार्जन नगर्ने ? यहाँ तपाईले अाफ्नाे फाेटाे तथा डिजायनकाे बिक्री मुल्यकाे ६० प्रतिशत सम्म revenue कमाउन सक्नु हुन्छ ।  तपाईंले यसकाे एप्स बाट पनि सजिलै र जुनसुकै बेलामा फाेटाे अपलाेट तथा बिक्री गर्न सक्नु हुन्छ। यहाँ बिक्री भएका exclusive फाेटाेले थप १० प्रतिशत बाेनस समेत अार्जन गर्न सक्छ । यहाँ फाेटाे बेचेर न्यूनतम १०० डलर कमाई भएपछि पैसा निकाल्न मिल्छ ।

९. डिपाेजीट फाेटाे डटकम

deposit photos . Come मा फाेटाे बेच्नकाे लागि फाेटाे jpg फर्म्याट मा सेभ गरेकाे हुनु पर्छ । फाेटाेकाे क्वालिटी न्यूनतम ३ दशमलब ४ एम पि हुनु अाबश्क छ । यसकाे वेबसाइट तथा माेवाईल एप्स दुबैबाट फाेटाे अपलाेट गरेर बेच्न सकिन्छ। यहाँ फाेटाे अपलाेट सुरू गर्न निकै सजिलो छ । पहिला एकाउन्ट रजिस्ट्रार गर्नुस । केही परिक्षणकाल पूरा गर्नुस । याे परिक्षणमा पास हुन अाफुले खिचेका राम्रा फाेटाहरू अपलाेड गर्नुस । दाेस्राे पटक देखि बिना परीक्षा तपाईले फाेटाे पाेष्ट गर्न सक्नु हुन्छ । यहाँ फाेटाे पाेष्ट गर्नेकाे उमेर १८ बर्ष पुरा भएको हुनु पर्छ  । यहाँ तपाईंले पाेष्ट गरेका फाेटाहरू जति धेरै डाउन्लाेड हुन्छ  । त्यहि अनुरूप तपाईंको लेभल र साेहि लेभल अनुरूप कमाई हुन्छ । तपाईंको कुनै पनि फाेटाे 499 पटक डाउन्लाेड भएमा तपाईं पहिलो लेभल पार हुन्छ । 4 हजार 9 सय 99 पटक भएमा दाेस्राे, २४ हजार ९ सय ९९ पटक भएमा तेस्रो , १ लाख 49 हजार सम्म भए चाैथाे र १ लाख ५० हजार भन्दा माथि भएमा पाँचाै तह पार हुन्छ । पहिलाे दाेस्राे तथा तेस्राे लेभल सम्म क्रमश बिक्रिकाे ३४ ,३६,३८ प्रतिसत सम्म कमाई लिन सकिन्छ । त्यस भन्दा बढि लेभलमा त्याे भन्दा बढि प्रतिशत कमाई हुन्छ । न्यूनतम ५० डलर कमाई भए पछि पैसा लिन मिल्छ ।

१०. फाेटाे सेल्टर डटकम :

photo shelter पनि एउटा उत्तम वेबसाइट हाे । साथै यसकाे एप्सबाट समेत तपाईंले फाेटाे अपलाेड तथा बिक्री गर्न सक्नु हुन्छ । अाफुले बिक्रीका लागि राखेकाे फाेटाे फेसबुक, टुइटर जस्तत सामाजिक सञ्जालमा सेयर गरेर प्रबर्दन समेत गर्न  मिल्छ । तपाईले राखेकाे फाेटाे बिके नबिकेकाे पनि तपाईले सजिलोसँग हेर्न मिल्छ । फाेटाे खिच्न रूचाउने हरूका लागि याे एउटा सजिलो eCommerce platform हाे । जहाँ फाेटाेकाे बिक्री , उत्पादन तथा यदि तपाईंको वेबसाइट छ भने त्यस मार्फत समेत service दिने माध्यम पनि हाे ।

अाफुले खिचेका फाेटाहरू किन्ने माथिका वेबसाइटहरू बारे पढेपछि पक्कै पनि तपाईकाे मनमा एउटा जिज्ञासा अायाे हाेला । फाेटाे त बेच्ने तर ती वेबसाइट बाट पैसा कसरी लिन त ? तपाईंको याे जिज्ञासाकाे समाधान यसै ब्लग मार्फत गरिसकेकाे छु । कृपया यहाँ क्लिक गरेर अन्तर्राष्ट्रिय स्तरका वेबसाइट काे कमाई अाफुले लिन के गर्नु पर्छ भन्ने सिक्नु हाेला । साथै मेराे YouTube channel मा पनि याे टिप्ससलाई हेर्नू हाेला । साथै यस्तै उपयोगी टिप्स नियमित हेर्न चाहनु हुन्छ भने युटुब च्यानललाई सस्क्राईब तथा यहि ब्लगलाई फलाे गर्न पनि नभुल्नु हाेला ।


#earning #photo #Nepal #फाेटाे #पैसा #अनलाइन #कमाई