१. लगानी काे सुरक्षा : पैसा कहाँ लगानी गर्ने ? भन्ने बिषयमा स्पस्ट हुन सबैभन्दा पहिलो कुरा लगानी गर्न चाहेकाे पैसालाई कसरी सुरक्षीत राख्ने ? भन्ने बारे साेच्नु जरूरी छ । हामीले लगानी गर्न चाहेकाे मुल धन डुब्नु हुन्न । त्यसैले अाफुले कतै पैसा लगानी गर्दै हुनुहुन्छ भने याे कुरा मनमा सधै राख्नुस कि अाफुले लगानी गर्न लागेकाे पैसा सुरक्षीत हाेस । नडुबाेस ।
२. पहिल्यै स्पस्ट हुनुहाेस : दाेस्राे तपाईले यस्ताे तरिकाले लगानी गर्नु जरुरी छ जहाँबाट उच्चतम मुनाफा मिलाेस । त्यसका लागि तपाईले लगानी गर्नु पुर्व पर्याप्त अध्ययन अनुसन्धान गर्नु अावश्यक छ । यदि पुरै अनुसन्धान बिना लगानी गर्नु भयाे भने त्याे तपाईंको लागि हावामा अन्धाधुन्ध धनुस चलाए बराबर हुनेछ । जहाँ निसाना पनि चुक्छ र तपाईंको धनुस वाण पनि सकिन्छ । फलत अाफ्नु लगानी सकिए पछि टाउकाेमा हात राखेर पछुताउनु बाहेक केही बिकल्प तपाईं सँग रहँदैन । लगानी गर्न चाहेकाे ठाउँमा पैसा हाल्नु पुर्व नै कहाँ लगानी गर्ने हाे ? कहिले सम्म गर्ने हाे ? पहिल्यै स्पस्ट हुनुहाेस ।
३. तपाईंको अाफ्नाे पैसा जहा लगानी गरेपनि तपाईकाे अबस्था यस्ताे हाेस कि त्याे लगानी बाट मुनाफा लिन तपाईले थप कस्ट गर्नु नपराेस । तपाईंको लागि धेरै भन्दा धेरै मुनाफा ल्याउन लगानी गरेकै पैसाले काम गरिरहाेस । यदि तपाईले अाफ्नाे लागि पैसा अाफै काम गर्ने र मुनाफा ल्याउने अबस्थामा लगानी गर्नु भयाे भने तपाईलाई धनी बन्न कसैले छेक्न सक्दैन । तपाईंको पैसाले थप पैसा अाकर्षित गर्ने छ र तपाई छिटै धनी बन्नु हुनेछ ।
४. पैसा यस्ताे ठाउँमा लगानी गर्नुस जहाँ कम चुनाैती हाेस । धेरै मुनाफा मिलाेस । धेरै जना भन्ने गर्छन : “जति कम चुनाैती उति कम मुनाफा ।”, “जति धेरै चुनाैती उति धेरै मुनाफा ।” त्यसाे भन्नेहरूलाई एक कानले सुनेर अर्काे कानले उडाई दिनुस । तपाईले यस्ताे लगानी गर्ने ठाउँ खाेज्नुस जहाँ कम चुनाैती धेरै मुनाफा प्राप्त हाेस ।
५. कहिले पनि अाफ्नु सबै पैसा एकै ठाउँमा लगानी नगर्नुस । कुनै पनि ठाउँमा थाेरै थाेरै गर्दै लगानी गर्नुस । ताकि अाफु सँग रहेकाे पैसा गुम्ने चुनाैती नहाेस । पैसा लगानी गर्ने नै हाे भने त्यसलाई विविधीकरण गर्नु जरुरी छ । यदि त्यसाे नगरी लगानी गर्नु भयाे भने कि त तपाईंको पैसा उच्च जाेखिममा परेर गुम्छ । अथवा उक्त लगानी बाट पाउनु पर्ने मुनाफा कम हुन सक्छ ।
कहिले पनि अाफ्नु सबै पैसा एकै ठाउँमा लगानी नगर्नुस । कुनै पनि ठाउँमा थाेरै थाेरै गर्दै लगानी गर्नुस । ताकि अाफु सँग रहेकाे पैसा गुम्ने चुनाैती नहाेस ।
६. पहिलो स्टेजमा तपाईले पैसालाई विविधीकरण गरेर लगानी गर्नु भयाे भने त्याे निकै राम्रो कुरा हाे । तर त्यतिले मात्रै पुग्दैन । लगानी गरिसकेपछि दाेस्राे स्टेजमा अाफुले लगानी गरेकाे जुन-जुन ठाउँ छ ती ठाउँहरूले तपाईंलाई राम्रो मुनाफा दिएकाे छ कि छैन ? भन्ने कुरामा अनुसन्धान थाल्नु जरुरी छ । याे क्रममा यदि कुनै ठाउँ बाट कम मुनाफा अाइरहेकाे छ भने त्याे ठाउँ बाट लगानी झिकेर त्याे ठाउँमा लगेर हाल्नु छ जहाँ बाट राम्रो मुनाफा अाइरहेकाे छ ।
७. पैसाकाे लगानी त्याे इनार खने जस्तै हाे । जहाँ कुनै पनि मिहेनत र थप काम बिना लगातार मुनाफा नामकाे पानी जम्मा हुन अाइ रहन्छ । त्यसैले कुनै पनि बस्तु खरिद गर्दा हाेस या त कुनै पनि ठाउँमा लगानी गर्दा हाेस मनमा याे कुराकाे ध्यानमा राख्नु जरुरी छ कि त्याे बस्तु तथा ठाउँ जहाँ तपाईंको पैसा परेकाे छ उसकाे महिना, बर्षमा लगातार त्यसकाे मुल्य बढाेस । मुनाफा बढाेस ।
८. पैसा लगानी गर्नकाे लागि सबै भन्दा उर्वर ठाउँ त्याे हाे । जहा लगानी गर्दा निकै राम्रो मुनाफा पनि मिलाेस तथा थप लगानी गर्ने थुप्रै ढाेकाहरू पनि खुलाेस । त्याे सुनाैलाे र उर्वर ठाउँ भनेकाे तपाई अाफै हाे । सीप सिक्न लगानी गर्नुस । अाफ्नाे क्षमता बढाउन लगानी गर्नुस । यसले सबैभन्दा सुन्दर ढंगबाट मुनाफा दिन्छ र थप लगानी गर्ने ढाेका समेत खाेल्छ ।
९. हामी मध्ये धेरै जनाकाे सपना हुन्छ : महँगो कारमा चढन सकाै, महँगो अाइफाेन , घडी , बाइक काे मज्जा लिन सकाै । तर सबैकाे त्याे सपना पूरा हुन सक्दैन । यद्यपि जाे पैसालाई सहि ठाउँ लगानी गर्न खप्पिस छ उसले त्यस्ता महँगो चिजहरूकाे उपयाेग तथा मज्जा पनि लिन सक्छ । उसले त्याे चिजकाे मज्जा जब लिन्छ तब कुनै पनि लगानी बाट अाएकाे मुनाफा ले ति चिजहरूकाे खरिद गर्छ । अाफ्नाे श्रम बाट अाएकाे पैसा बाट हैन । पैसाकाे लगानी गर्दा अाएकाे पैसाबाट ती चिजकाे खरिद गरेर मज्जा लिन्छ ।
१०. अन्तमा सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने तपाईले जति पनि पैसा जहाँ जहाँ लगानी गर्नु भएको छ त्यसकाे व्यवस्थापन अाफैले गर्नुस । अाफुले गरेकाे लगानीको ब्यवस्थापन अरूलाई गर्न दिदा उसले धाेका दिने सम्भावना हुन्छ अथवा अाफुले चाहे अनुरूपकाे नाफा अार्जन नहुन सक्छ ।
यस्तै खाले उपयाेगी टिप्स तपाईले मेराे यूटुब च्यानलमा निरञ्तर रूपमा हेर्न सक्नु हुन्छ । कृपया मेराे उक्त युटुब च्यानललाई सस्क्राईब गर्न नभुल्नु हाेला । अनि यस बल्गमा निञ्तर यस्तै टिप्सहरू हेर्न फलाे गर्न पनि नभुल्नु हाेला । अनि पैसा कसरी धेरै भन्दा धेरै कमाउने भन्ने बिषयमा यश अगाडि पनि टिप्स राखि सकेकाे छु । त्यसलाई पनि पढन नभुल्नु हाेला ।
के तपाईंले अाफ्नाे माेवाईल तथा क्यामेरा बाट खिचेको थुप्रै फाेटाहरू त्यतिकै ल्यापटप, मेमाेरी कार्ड तथा पेनड्राईबमा थन्काएर राख्नु भएको छ ? यदि छ भने : ती फाेटाहरूलाई बेचेर किन धेरै भन्दा धेरै डलर अार्जन नगर्ने ? अाउनुस अाज तपाईले खिचेका त्यस्ता फाेटाहरू बेच्ने १० ठाउँ , बेच्ने उपाय र उनिहरूले कति पैसा दिन्छन त ? भन्ने बारेमा जानी राखाै ।
तपाईले खिचिराखेका त्यस्ता फाेटाहरू बेच्नका लागि foap एउटा स्वतन्त्र र सजिलो माध्यम हाे । त्यसका लागि तपाईले foap काे एप्स डाउन्लाेड गरेर तथा website मा गएर बेच्न सक्नु हुन्छ । एकपटक foap मा गएर फाेटाे uploaded गरे पछि त्याे फाेटाे Foap Market मा उपलब्ध हुन्छ । जहाँ लाखाै खरिद कर्ताहरूले तपाईंको फाेटाे देख्छन र खरिद गर्छन । कति कमाई हुन्छ त एउटा फाेटाेकाे ? याे सामाग्री तयार पारिरहदा अाजकाे डलरकाे मूल्य १ डलर बराबर १ सय २० रूपैया रहेछ । त्यसैले एउटा फाेटाे बेच्दा १ हजार दुई सय ५ रूपैया कमाउनु हुन्छ । अर्थात एउटा फाेटाे १० डलरमा बिक्री हुन्छ । साेहि फाेटाेलाई १ पटक मात्रै हैन थुप्रै पटक बेच्न सक्नु हुन्छ । जति पटक बिक्छ त्यतिनै गुणा कमाइ हुन्छ । यद्यपि यहाँ बाट धेरै भन्दा धेरै डलर अार्जन गर्न ६ वटा जुक्ति लगाउन सक्नु हुन्छ । पहिलाे : धेरै भन्दा धेरै फाेटाे अपलाेड गर्नुस । २. फरक फरक फाेटाहरू पाेष्ट गर्नुस । गाउँ जाँदा, पिकनिक जाँदा, मर्निङ वार्क जाँदका फरक फरक स्वादका फाेटाे उपयाेग गर्नुस । ३. फाेटाेमा ट्यागहरू राख्न नभुल्नुस । यहाँ १ सय वटा सम्म ट्याग राख्न मिल्छ । ५. हरेक दिन अाफुलाई उत्प्रेरक राख्न नभुल्नुस । त्यसका लागि हालसालै धेरै भन्दा धेरै बिकेका फाेटाहरू हेर्नस । उनिहरूले त्याे फाेटाे कसरी खिचेका हाेलान ? अनुसन्धान जारी राख्नुस । ६. Community सँग सामेल भएर उनिहरूकाे अनुभव सिक्नुस
अाफुले खिचिराखेका फाेटाहरू बेचेर डलर अार्जन गर्ने अर्काे गतिलाे माध्म हाे gettyimage । जहाँ apps बाट पनि फाेटाे बेच्न सकिन्छ । यसमा फाेटाे बेच्नकाे लागि तपाईंको उमेर १८ बर्ष पूरा भएको हुनु पर्छ । यसमा फाेटाे बेच्नेहरूले एउटै उत्कृष्ट फाेटाे बेचेर कमाएकाे डलरलाई नेपाली रूपैयामा रूपान्तरण गरेर हेर्दा न्यूनतम ३६ हजार १ सय ६२ रूपैया देखि ६० हजार २ सय ७० रूपैयाँ अार्जन गरेकाे देखिन्छ । सामान्य फाेटाेकाे भने ६ हजार २७ रूपैयाँ देखि १२ हजार ५४ रूपैया सम्म कमाउने गरेकाे पाइन्छ ।
सामाजिक सञ्जाल Instagram चलाउने र त्याहाँ फाेटाे अपलाेड गरिरहनेहरूका लागि twenty20 अर्काे फाेटाे बेचेर कमाउने गतिलाे स्थान हाे । यहाँ तपाईंले ३ वटा तरिका बाट पैसा कमाउन सक्नु हुन्छ । अनुमति लिएका फाेटाेमा नेपाली रू. २ सय ४१ रूपैया कमाउन सक्नु हुन्छ भने scheduled shoots मा सय % कमिसन मिल्छ । साथै photo challenges बाट थुप्रै नगद पुरस्कार जित्न सक्नु हुन्छ । धेरै भन्दा धेरै पैसा कमाउन अाफैले खिचेका फाेटाहरू पाेष्ट गर्ने गर्नुस । फाेटाे पाेष्ट गर्दा keyword हरू ट्याग गर्न नभुल्नुस । यदि त्यसाे गरिएन भने तपाईंको फाेटाे धेरै भन्दा धेरै खरिद कर्ता सम्म पुग्दैन । कस्ताे खालकाे फाेटाे धेरै बिकेकाे छ ? र अाफुले त्यसै फाेटाे तयार पार्न के गर्नु पर्छ भनेर अनुसन्धान जारी राख्नुस । फाेटाे challenge हरूमा सहभागी हुनुहाेस । ताकि कस्ताे फाेटाेकाे डिमाण्ड छ भन्ने थाहा हाेस ।
अाफुले खिचिराखेकाे फाेटाे बेच्नकाे लागि stock adob अर्काे एउटा लाेकप्रिय माध्यम हाे । जहाँ फाेटाे बेच्नका लागि निम्न प्रकृयाहरू पूरा गर्नु पर्ने हुन्छ । सबैभन्दा पहिला अाफुले खिचेकाे फाेटाेलाई अाकर्षक बनाउन photoshop मा गएर edit गर्नुस । त्यसलाई jpeg फर्म्याट मा save गर्नुस । तपाईंले बेच्न खाेजेकाे फाेटाेकाे न्यूनतम resolution 4mp हुनु अाबश्यक छ भने बढिमा 100mp भए पुग्छ । फाेटाेकाे साइज 45 mp हुनु जरूरी छ । त्यसपछि Adobe Stock काे adobe stock contributor मा गएर उक्त फाेटाे अथवा डिजायन अपलाेड गर्नुस । उक्त फाेटाेमा Title , keyword राख्नुस । पहिलाे चाेटि फाेटाे अपलाेड गर्दा approval हुनु जरूरी छ। त्यसका लागि केही समय कुर्नु पर्ने हुन्छ । जब approve हुन्छ । तब notification अाउछ । त्यसपछि तपाईंको फाेटाेले royalties कमाउन तपायर हुन्छ । हरेक पटक बिक्री हुना साथ एउटा फाेटाेबाट बिक्री मुल्य काे ३३ देखि ३५ % सम्म राेयल्टी मिल्छ । बिक्री तथा डाउन्लाेडका अाधारमा बाेनस पनि पाउनु हुन्छ । फाेटाे अनलाइन बाट फाेटाे बेच्नेहरूका लागि याे वेबसाइट सबैभन्दा धेरै बिश्वासीलाे मध्येकाे एक हाे । जहाँ ढुक्कले फाेटाे बेचेर कमाउन सकिन्छ ।
“तपाईंको फाेटाे किन्ने अन्य एजेन्सी भन्दा हामी बढी पैसा दिन तयार छाै ।” almy.com ले अाफ्नाे वेबसाइटमा भनेकाे छ,” यदि तपाईंको फाेटाे Exclusive छ भने तपाइलाई बिक्री भएको मुल्यकाे ५०% सम्म राेयल्टि दिनेछाै । साथै हामी अन्य भन्दा सजिलोसँग सँग तपाईंको फाेटाे बेच्न पनि सघाउने छाै ।” वेबसाइटमा उल्लेख छ । वेबसाइटमा गएर अाफ्नाे account बनाएर फाेटाे बेच्न सकिन्छ । सबैभन्दा पहिला वेबसाइट खाेल्नुस । त्यसकाे सबै भन्दा तल रहेकाे become contributer मा क्लिक गर्नुस । त्यसपछि तपाईले यश वेबसाइट बारे धेरै राम्रा जानकारी पाउनु हुनेछ । त्यसपछि तपाईंले get start मा क्लिक गरेर पैसा कमाउन सक्नु हुन्छ ।
यदि तपाईं उच्च quality काे फाेटाे खिच्न खप्पिस हुनुहुन्छ भने shutterstock काे मद्दतले सजिलोसँग पैसा कमाउन सक्नु हुन्छ । यहाँ फाेटाे बेच्न काे लागि सबैभन्दा पहिले account बनाउनु जरुरी छ । त्यसपछि अाफुले खिचेका फाेटाहरू अपलाेड गर्न सक्नु हुन्छ । फाेटाे approve हुन केहि समय लाग्छ । त्यसपछि जतिजति तपाईले अपलाेड गरेकाे फाेटाे अरूले डाउन्लाेड गरेमा अथवा किनेमा तपाईंको कमाई बढछ । सुरूमा तपाईले एउटा फाेटा बिकेबापत रू. २ सय २६ दशमलब ६१ रूपैया दिन्छ भने त्याे फाेटाेकाे डिमाण्ड बढेर रू. ६ सय २ दशमलब सम्मकाे काराेबार गरेपछि उक्त फाेटाेकाे मूल्य बढेर २ सय ९८ दशमलब ९३ पुग्छ । यसैगरी तपाईले बजारकाे डिमाण्ड बुझेर फाेटाे हाल्न थाल्नु भयाे भने मज्जाले कमाई गर्न सक्नु हुन्छ ।
fine art america मा तपाईंले फाेटाे मात्रै हैन । हातले काेरेका चित्र देखि कम्प्युटर एवं माेवाईलमा बनाएका डिजायनहरू समेत बेच्न सक्नु हुन्छ । फाेन काे कभर डिजायन , टिसर्ट डिजायन देखि सिरानीकाे खाेलकाे राम्रो डिजाइन समेत बेच्न सकिने यश बेवसाईटकाे धेरै राम्रो पक्षहरू छन । यहाँ अाफैले फाेटाे, चित्र तथा डिजायनकाे मूल्य ताेकेर पाेष्ट गर्न सकिन्छ । यहाँ तपाईले बेचेका ती चिजहरूकाे कमाइ हरेक महिनाकाे १५ तारिकमा हालिदिने ब्यवस्था छ । कुनै पनि चित्र तथा फाेटाे म १ सय डलरमा बेच्छु भन्ने लाग्छ भने साेहि डलरमा यहाँ बेच्न मिल्ने भएकाेले तपाइकाे कमाइ तपाईले ताेक्ने मुल्यमा भर पर्छ ।
के तपाईं creative artist हुनुहुन्छ ? यदि हुनु हुन्छ भने dream stime .com मा सामेल भएर किन डलर अार्जन नगर्ने ? यहाँ तपाईले अाफ्नाे फाेटाे तथा डिजायनकाे बिक्री मुल्यकाे ६० प्रतिशत सम्म revenue कमाउन सक्नु हुन्छ । तपाईंले यसकाे एप्स बाट पनि सजिलै र जुनसुकै बेलामा फाेटाे अपलाेट तथा बिक्री गर्न सक्नु हुन्छ। यहाँ बिक्री भएका exclusive फाेटाेले थप १० प्रतिशत बाेनस समेत अार्जन गर्न सक्छ । यहाँ फाेटाे बेचेर न्यूनतम १०० डलर कमाई भएपछि पैसा निकाल्न मिल्छ ।
deposit photos . Come मा फाेटाे बेच्नकाे लागि फाेटाे jpg फर्म्याट मा सेभ गरेकाे हुनु पर्छ । फाेटाेकाे क्वालिटी न्यूनतम ३ दशमलब ४ एम पि हुनु अाबश्क छ । यसकाे वेबसाइट तथा माेवाईल एप्स दुबैबाट फाेटाे अपलाेट गरेर बेच्न सकिन्छ। यहाँ फाेटाे अपलाेट सुरू गर्न निकै सजिलो छ । पहिला एकाउन्ट रजिस्ट्रार गर्नुस । केही परिक्षणकाल पूरा गर्नुस । याे परिक्षणमा पास हुन अाफुले खिचेका राम्रा फाेटाहरू अपलाेड गर्नुस । दाेस्राे पटक देखि बिना परीक्षा तपाईले फाेटाे पाेष्ट गर्न सक्नु हुन्छ । यहाँ फाेटाे पाेष्ट गर्नेकाे उमेर १८ बर्ष पुरा भएको हुनु पर्छ । यहाँ तपाईंले पाेष्ट गरेका फाेटाहरू जति धेरै डाउन्लाेड हुन्छ । त्यहि अनुरूप तपाईंको लेभल र साेहि लेभल अनुरूप कमाई हुन्छ । तपाईंको कुनै पनि फाेटाे 499 पटक डाउन्लाेड भएमा तपाईं पहिलो लेभल पार हुन्छ । 4 हजार 9 सय 99 पटक भएमा दाेस्राे, २४ हजार ९ सय ९९ पटक भएमा तेस्रो , १ लाख 49 हजार सम्म भए चाैथाे र १ लाख ५० हजार भन्दा माथि भएमा पाँचाै तह पार हुन्छ । पहिलाे दाेस्राे तथा तेस्राे लेभल सम्म क्रमश बिक्रिकाे ३४ ,३६,३८ प्रतिसत सम्म कमाई लिन सकिन्छ । त्यस भन्दा बढि लेभलमा त्याे भन्दा बढि प्रतिशत कमाई हुन्छ । न्यूनतम ५० डलर कमाई भए पछि पैसा लिन मिल्छ ।
photo shelter पनि एउटा उत्तम वेबसाइट हाे । साथै यसकाे एप्सबाट समेत तपाईंले फाेटाे अपलाेड तथा बिक्री गर्न सक्नु हुन्छ । अाफुले बिक्रीका लागि राखेकाे फाेटाे फेसबुक, टुइटर जस्तत सामाजिक सञ्जालमा सेयर गरेर प्रबर्दन समेत गर्न मिल्छ । तपाईले राखेकाे फाेटाे बिके नबिकेकाे पनि तपाईले सजिलोसँग हेर्न मिल्छ । फाेटाे खिच्न रूचाउने हरूका लागि याे एउटा सजिलो eCommerce platform हाे । जहाँ फाेटाेकाे बिक्री , उत्पादन तथा यदि तपाईंको वेबसाइट छ भने त्यस मार्फत समेत service दिने माध्यम पनि हाे ।