” हामी धनी राष्ट्र सँग मनग्ये खाद्यान्न छ । सहयाेगी समाग्री छ । त्याे हामीले गरिव राष्ट्रलाई सित्तैमा वा पैसा लिएर दिन सक्छौ । यसरी सिधै सहयाेग गर्न पाउँदा हामीलाई खुसि त महँसुस हुन्छ । तर यसले उनिहरूले नै उत्पादन गर्न सक्ने खाद्यान्न वा ती सहयोगी सामाग्री उत्पादन गर्ने उद्योग नष्ट गराउछ । त्यसैले सित्तैमा प्रत्यक्ष पैसा दिएर, खाद्य बस्तु वा सहयोगी सामाग्री दिएर गरीबी घटाउने हाम्रो साेचले अन्तत काम गर्दैन।” – अमेरिकी पुर्व राष्ट्रपति बिलक्लिन्टन
बिलक्लिन्टनले केही बर्ष पहिले गरेकाे भाषणकाे याे अंस यूटुवमा हेरेपछि म याे लेख तयार पार्दैछु । लेख तयार पारी रहँदा म अाफ्नाे देशमा छुईन । मेराे परिवारका सदस्यहरू सँग म छुइन । मेराे सानी छाेरीले मलाई फाेन तथा अनलाइन कलहरूमा मलाई देखे पनि उसले प्रत्यक्ष रूपमा अाफ्नाे बाबालाई नदेखेकाे बर्षाै बित्याे । यसरी उसलाई परदेशमा बसेर मिस गरिरहँदा म जस्तै कयाै यूवा अरवमा सँगै श्रम गर्दै हुनुहुन्छ । स्वदेशमा राेजगारी नपाएर कयाै यूवा अझै म र मेरा साथीहरू जस्तै परदेश जाने तयारीमा मेनपावर कम्पनीको लाईनमा लामबद्द हुनुहुन्छ ।
देशका कयौं यूवाले “हामीलाई राेजगारी देउ , हामीलाई पसिना बगाउने वातावरण स्वदशमै देउ : हाम्रो पसिनाबाटै देश समृद्ध बन्छ ।” भनेर मेनपावर कम्पनी बाहिरकाे लाइनबाट अथवा एयरपोर्ट बाट उडनै लाग्दा गहभरी अाँसु पुछ्दै भनेकाे राजनीतिक दल र तिनले सम्हालेकाे सरकारले महँसुस गर्न सकेका छैनन । बरू उल्टै : अमेरिकाले , चिनले, भारतले लगानी गरेर देश बनाइदिन्छ । तिनै देशहरूले गरेकाे सहयाेगले बनेकाे समृद्ध मुलुकमा सन्चले बसाैला भन्ने साेचले ढुक्क देखिन्छन् ।
नेपालीको हितैसी देश अमेरीकाले एमसिसि “मिलिनियम च्यालेन्ज कर्पाेरेसन” मार्फत गर्न लागेकाे अनुदान संसदबाट पास गर्नु पर्छ भनेर नेकपा, काङ्ग्रेस, राप्रपाका सिर्स नेताहरूले एक स्वर लगाएका छन। उनिहरूकाे एकस्वर नेपाली मिडियामा एका पृष्ठमा ठुला अक्षरले छापिएको बेलामा अर्काे पृष्ठमा त्यहि अनुदान पारित गर्नु हुन्न भनेर अालाेचनात्मक दृष्टिकोण राख्नेलाई प्रहरीले पक्राउ गरेकाे समाचार पनि छापिएको देखिन्छ । यसरी अााेचना गर्नेलाई पक्राउ गर्न जाने प्रहरी, तिनलाई अादेश दिने निकाय, त्यस्ता अादेश दिँदा अाफुले साेल्यूट गरिरहेकाहरू खुस हुन्छन भन्ने ठानेकाहरूलाई मेराे एउटै अाग्रह छ : कृपया जनताकाे दिमागमा बत्ती बल्न बाट नराेक्नुस । जब सम्म जनताकाे दिमागमा बत्ती बल्दैन तब सम्म समृद्धिकाे सम्भवना : कुनै पनि हालतमा सम्भव छैन । जनताले गरेकाे अालाेचना वा प्रसंसा देश हित सँग प्रत्यक्ष जाेडिएकाे छ । जनताकाे भावना र राजनीतिक दलकाे चाहना जब बिपरित हुन्छ तब देशकाे अधाेगती सुरू हुन्छ ।
उनिहरूले अालाेचना मात्रै गरेका छैनन । गम्भीर कुराहरूकाे उठाउन पनि गरेका छन । “तिनै नेताहरूले हाल सम्म देशकाे हितमा भनेर एकस्वरमा गरेकाे सन्धि सम्झाैताले के साँच्चै देशकाे हित गरिरहेकाे छ त ?, अाफ्नै देशकाे पानी उपयाेग गर्न नपाउने माहाँकाली सन्धि , नेपालकाे जत्राे जमिन गुमाउने सुगाैली सन्धि लगायतका सन्धि सम्झाैताले हामीलाई कति धेरै समृद्धि दियाे त ?, उनिहरूले साेधिरहेकाछन्। अनि के देशकाे हित बिपरित थुप्रै सन्धि सम्झाैता गरिसकेका नेताहरू बिरूद्द जनताले अावाज उठाउन नपाउने ? के त्याे अावाजमा देशकाे माया छैन ?
नेपालकाे गरिवीलाई देखेर सहयाेग गर्न लागेकाेमा अमेरिकालाई धेरै-धेरै धन्यवाद । तपाईंको माया नेपाल र नेपाली प्रती सधै रहनेछ भन्ने अपेक्षा समेत छ । तपाईले हामीलाई सहयाेग गरिरहँदा त्याे सहयाेगले साँच्चै काम गर्ला त ? सबैभन्दा माथि तपाईहरूकै पुर्व राष्ट्रपति बिलक्लिन्टनकाे भनाइलाई एकपट मनन गरेर हेर्नुहाेस । त्यस्तो मनन अमेरिकाले मात्रै नभएर चिन, भारत लगायत अन्य दातृ राष्ट्रले समेत गर्नु पर्ने बेला भएको छ । भुकम्प, बाडी लगायत मानविय अापतकालीन अबस्था बाहेक अन्य समयमा गरिने सहयाेग गर्नु पूर्व एक पटक साेच्नु हाेला । किनभने नेपाल पैसा नभएकोले गरिब भएको हैन । दातृ निकायले दिन्छन, सहयाेगी देशहरू सँग सन्धि सम्झौता गरेर तुरुन्तै नेपाललाई सुजर्ल्याण्ड बनाईदिज्छाै भन्ने साेच भएका नेताहरूका कारण नेपाल गरिवकाे गरिव भएको हाे ।
बिलक्लिन्टनले भनेझैं हाम्रा नेतारू अाफ्नाे उत्पादन, अाफ्नाे उद्योग धन्दा पुरै बन्द गरेर देशलाई पुरै परनिर्भर बनाई सकेका छन । हिजाे राम्रो सँग चलेकाे भृकुटी कागज कारखाना खै ? गाेरखकाली टायर उद्याेग खै ?, बाँसबारी छाला जुत्ता कारखाना खै ? जुट मिल खै ट्रलिबस खै ? जनकपुर चुराेट कारखाना खै ? त्यहाँ काम गर्न चाहने यूवा खै ? कृषि प्रधान देशका नागरिककाे भान्सामा अाफ्नै खेतबारीकाे तरकारी , चमल खै ? हामीले नै बुनेकाे , सिलाएकाे कपडा खै ? त्यसैले हे दातृ देशहरू तपाईहरूले माया गर्ने तरिका नबदल्ने हाे भने नेपालीको गरिबी घटाउने तपाईंहरूकाे याेजना सफल हुन सक्दैन ।
यदि समय सुहाउँदो माया दिनु हुन्छ भने : तपाईहरूकाे प्राबिधिक बिश्वविद्यालयमा हाम्रा यूवाहरूलाई सित्तैमा पढन दिनुहाेस । किनभने अाफ्नै सिपले अाफु र अाफ्नाे देश सिङ्गार्ने हाम्रो रहर छ । तपाईंको कुनै पनि परियाेजना अथवा तपाईंको देशकाे कुनै पनि ठाउँमा जनशक्ति चाहिएकाे छ भने हाम्रा यूवाहरूलाई राेजगारी दिनुहाेस : किनभने हामी बेरोजगार छाै । यदि तपाईंको देशमा कुनै पनि कृषि उत्पादन चाहिएकाे छ भने : हाम्रो देशबाट खरिद गरिदिनुहाेस : किनभने हाम्रा बाँझा वारि र त्यस बारिका कृषक उचित मूल्य पाउने हाे भने जतिपनि उत्पादन गरेर पठाउन तमतयार छन् । तपाईहरूकाे बजारमा हाम्रा कृषि जन्य,अाैध्यागीक या साना व्यवसाय बाट उत्पादन भएका सामाग्री जति सक्दाे धेरै पुग्ने कुनै ठूलो परियाेजना ल्याईदिनुहाेस । अनि मात्रै नेपालीको गरिबी घटने छ । छाेहरू चाहिँ बेचेर नाेकरहरू किन्ने अनि उनिहरू मार्फत देश समृद्ध बनाउने हाम्रो नेताहरूकाे बुद्धिले नेपालीको गरिबी घटने सम्भावना छैन ।
-Krishna Chandra Banjara