Categories
Uncategorized

“You don’t like Your work place ? watch 3 tips”

hello MY friends
How are you ? I hope you are having a great day.My name is Krishna Chandra Banjara . My home country is Nepal. But now i am here in Dubai as a worker.

In this place where i am making this video average temperature is 11-22 degree . If you are watching this video please comment your place average temperature. In this little cold day i want to share warm 3 carrier tips.

I stay before 2 year in Saudi arab and now here In Dubai. In this periods i meet so many guy say ” I don’t want to stay more in abroad as a worker” , “I don’t like this job. Not only job : i don’t like boss, I don’t want stay here in this company ” this tips are for those guy.

#1 Is that You : Who don’t like to your working place ? country or company ? Please take “HOME LOAN” . Then you will start like those all.

#2 Is that you : who don’t like your company boss ? company management team ? team leader ? line leader ? please take ANOTHER LOAN. Then you will start loving your company boss, management team, team leader or line leader.

#3 Is that you : who change so many country or company for getting good job , but not return back in home country ? or not staying long time in one company ? Or not like stay more hour in working place ? Then Get MARRIED then you will start love your working country ,Also you will love your company and also you will like to stay more time in working place.

click for :
More tips

Categories
Uncategorized

छाेराे बेचेर : नाेकर किन्ने ?

” हामी धनी राष्ट्र सँग मनग्ये खाद्यान्न छ । सहयाेगी समाग्री छ । त्याे हामीले गरिव राष्ट्रलाई सित्तैमा वा पैसा लिएर दिन सक्छौ । यसरी सिधै सहयाेग गर्न पाउँदा हामीलाई खुसि त महँसुस हुन्छ । तर यसले उनिहरूले नै उत्पादन गर्न सक्ने खाद्यान्न वा ती सहयोगी सामाग्री उत्पादन गर्ने उद्योग नष्ट गराउछ । त्यसैले सित्तैमा प्रत्यक्ष पैसा दिएर, खाद्य बस्तु वा सहयोगी सामाग्री दिएर गरीबी घटाउने हाम्रो साेचले अन्तत काम गर्दैन।” – अमेरिकी पुर्व राष्ट्रपति बिलक्लिन्टन

बिलक्लिन्टनले केही बर्ष पहिले गरेकाे भाषणकाे याे अंस यूटुवमा हेरेपछि म याे लेख तयार पार्दैछु । लेख तयार पारी रहँदा म अाफ्नाे देशमा छुईन । मेराे परिवारका सदस्यहरू सँग म छुइन । मेराे सानी छाेरीले मलाई फाेन तथा अनलाइन कलहरूमा मलाई देखे पनि उसले प्रत्यक्ष रूपमा अाफ्नाे बाबालाई नदेखेकाे बर्षाै बित्याे । यसरी उसलाई परदेशमा बसेर मिस गरिरहँदा म जस्तै कयाै यूवा अरवमा सँगै श्रम गर्दै हुनुहुन्छ । स्वदेशमा राेजगारी नपाएर कयाै यूवा अझै म र मेरा साथीहरू जस्तै परदेश जाने तयारीमा मेनपावर कम्पनीको लाईनमा लामबद्द हुनुहुन्छ ।

देशका कयौं यूवाले “हामीलाई राेजगारी देउ , हामीलाई पसिना बगाउने वातावरण स्वदशमै देउ : हाम्रो पसिनाबाटै देश समृद्ध बन्छ ।” भनेर मेनपावर कम्पनी बाहिरकाे लाइनबाट अथवा एयरपोर्ट बाट उडनै लाग्दा गहभरी अाँसु पुछ्दै भनेकाे राजनीतिक दल र तिनले सम्हालेकाे सरकारले महँसुस गर्न सकेका छैनन । बरू उल्टै : अमेरिकाले , चिनले, भारतले लगानी गरेर देश बनाइदिन्छ । तिनै देशहरूले गरेकाे सहयाेगले बनेकाे समृद्ध मुलुकमा सन्चले बसाैला भन्ने साेचले ढुक्क देखिन्छन् ।

नेपालीको हितैसी देश अमेरीकाले एमसिसि “मिलिनियम च्यालेन्ज कर्पाेरेसन” मार्फत गर्न लागेकाे अनुदान संसदबाट पास गर्नु पर्छ भनेर नेकपा, काङ्ग्रेस, राप्रपाका सिर्स नेताहरूले एक स्वर लगाएका छन। उनिहरूकाे एकस्वर नेपाली मिडियामा एका पृष्ठमा ठुला अक्षरले छापिएको बेलामा अर्काे पृष्ठमा त्यहि अनुदान पारित गर्नु हुन्न भनेर अालाेचनात्मक दृष्टिकोण राख्नेलाई प्रहरीले पक्राउ गरेकाे समाचार पनि छापिएको देखिन्छ । यसरी अााेचना गर्नेलाई पक्राउ गर्न जाने प्रहरी, तिनलाई अादेश दिने निकाय, त्यस्ता अादेश दिँदा अाफुले साेल्यूट गरिरहेकाहरू खुस हुन्छन भन्ने ठानेकाहरूलाई मेराे एउटै अाग्रह छ : कृपया जनताकाे दिमागमा बत्ती बल्न बाट नराेक्नुस । जब सम्म जनताकाे दिमागमा बत्ती बल्दैन तब सम्म समृद्धिकाे सम्भवना : कुनै पनि हालतमा सम्भव छैन । जनताले गरेकाे अालाेचना वा प्रसंसा देश हित सँग प्रत्यक्ष जाेडिएकाे छ । जनताकाे भावना र राजनीतिक दलकाे चाहना जब बिपरित हुन्छ तब देशकाे अधाेगती सुरू हुन्छ ।

उनिहरूले अालाेचना मात्रै गरेका छैनन । गम्भीर कुराहरूकाे उठाउन पनि गरेका छन । “तिनै नेताहरूले हाल सम्म देशकाे हितमा भनेर एकस्वरमा गरेकाे सन्धि सम्झाैताले के साँच्चै देशकाे हित गरिरहेकाे छ त ?, अाफ्नै देशकाे पानी उपयाेग गर्न नपाउने माहाँकाली सन्धि , नेपालकाे जत्राे जमिन गुमाउने सुगाैली सन्धि लगायतका सन्धि सम्झाैताले हामीलाई कति धेरै समृद्धि दियाे त ?, उनिहरूले साेधिरहेकाछन्। अनि के देशकाे हित बिपरित थुप्रै सन्धि सम्झाैता गरिसकेका नेताहरू बिरूद्द जनताले अावाज उठाउन नपाउने ? के त्याे अावाजमा देशकाे माया छैन ?

नेपालकाे गरिवीलाई देखेर सहयाेग गर्न लागेकाेमा अमेरिकालाई धेरै-धेरै धन्यवाद । तपाईंको माया नेपाल र नेपाली प्रती सधै रहनेछ भन्ने अपेक्षा समेत छ । तपाईले हामीलाई सहयाेग गरिरहँदा त्याे सहयाेगले साँच्चै काम गर्ला त ? सबैभन्दा माथि तपाईहरूकै पुर्व राष्ट्रपति बिलक्लिन्टनकाे भनाइलाई एकपट मनन गरेर हेर्नुहाेस । त्यस्तो मनन अमेरिकाले मात्रै नभएर चिन, भारत लगायत अन्य दातृ राष्ट्रले समेत गर्नु पर्ने बेला भएको छ । भुकम्प, बाडी लगायत मानविय अापतकालीन अबस्था बाहेक अन्य समयमा गरिने सहयाेग गर्नु पूर्व एक पटक साेच्नु हाेला । किनभने नेपाल पैसा नभएकोले गरिब भएको हैन । दातृ निकायले दिन्छन, सहयाेगी देशहरू सँग सन्धि सम्झौता गरेर तुरुन्तै नेपाललाई सुजर्ल्याण्ड बनाईदिज्छाै भन्ने साेच भएका नेताहरूका कारण नेपाल गरिवकाे गरिव भएको हाे ।

बिलक्लिन्टनले भनेझैं हाम्रा नेतारू अाफ्नाे उत्पादन, अाफ्नाे उद्योग धन्दा पुरै बन्द गरेर देशलाई पुरै परनिर्भर बनाई सकेका छन । हिजाे राम्रो सँग चलेकाे भृकुटी कागज कारखाना खै ? गाेरखकाली टायर उद्याेग खै ?, बाँसबारी छाला जुत्ता कारखाना खै ? जुट मिल खै ट्रलिबस खै ? जनकपुर चुराेट कारखाना खै ? त्यहाँ काम गर्न चाहने यूवा खै ? कृषि प्रधान देशका नागरिककाे भान्सामा अाफ्नै खेतबारीकाे तरकारी , चमल खै ? हामीले नै बुनेकाे , सिलाएकाे कपडा खै ? त्यसैले हे दातृ देशहरू तपाईहरूले माया गर्ने तरिका नबदल्ने हाे भने नेपालीको गरिबी घटाउने तपाईंहरूकाे याेजना सफल हुन सक्दैन ।

यदि समय सुहाउँदो माया दिनु हुन्छ भने : तपाईहरूकाे प्राबिधिक बिश्वविद्यालयमा हाम्रा यूवाहरूलाई सित्तैमा पढन दिनुहाेस । किनभने अाफ्नै सिपले अाफु र अाफ्नाे देश सिङ्गार्ने हाम्रो रहर छ । तपाईंको कुनै पनि परियाेजना अथवा तपाईंको देशकाे कुनै पनि ठाउँमा जनशक्ति चाहिएकाे छ भने हाम्रा यूवाहरूलाई राेजगारी दिनुहाेस : किनभने हामी बेरोजगार छाै । यदि तपाईंको देशमा कुनै पनि कृषि उत्पादन चाहिएकाे छ भने : हाम्रो देशबाट खरिद गरिदिनुहाेस : किनभने हाम्रा बाँझा वारि र त्यस बारिका कृषक उचित मूल्य पाउने हाे भने जतिपनि उत्पादन गरेर पठाउन तमतयार छन् । तपाईहरूकाे बजारमा हाम्रा कृषि जन्य,अाैध्यागीक या साना व्यवसाय बाट उत्पादन भएका सामाग्री जति सक्दाे धेरै पुग्ने कुनै ठूलो परियाेजना ल्याईदिनुहाेस । अनि मात्रै नेपालीको गरिबी घटने छ । छाेहरू चाहिँ बेचेर नाेकरहरू किन्ने अनि उनिहरू मार्फत देश समृद्ध बनाउने हाम्रो नेताहरूकाे बुद्धिले नेपालीको गरिबी घटने सम्भावना छैन ।

-Krishna Chandra Banjara

Categories
Uncategorized

“बाबू १ भाेट देउ न प्लिज” भन्दै जितेपछि :

जुरुक्क उठे : “किन उठिस ? बस न यार बस ” भन्छ । थच्च बसे : “किन थच्च बसिस ? हिड न हाे हिड” भन्छ । हिड्याे : “के हिडेकाे नि ? एक छिन त बस । अनि सँगै जालास” पाे भन्छ ।

अाफु “माैन बसाै । दिमाग खराब नगराै ।” भन्ने नारामा अडिक हुँ भन्छु : “बाेल्नेकाे पिठाे बिक्छ, नबाेल्नेकाे चामल बिक्दैन ।” भन्ने नारा सुनाउदै “तँ लाटाे गजधम्म परेर बस । चुपाे लागेर बस ।” उसैले धेरै बाेलेर : धेरै चामल बेचेर : लखपति नै भएपछि भने जस्ताे गरि अर्ती-सर्ति दिन्छ ।

कहिले काँहि “ला-ला लुलु गराै ।” गीत गुनगुनाउ भन्छु । त्याे गुनगुनाहट बढेर “लालुपाते फुलेझै साँझमा…” सम्म पुगेकाे हुन्न : “उता कामकाे बित्ताे छ । यता “ला-ला लु-लु गरेर बस्नुस । अाफुले अाफैलाई नेपाल अाईडल घाेषणा गर्नुस । तपाई लाई त केकाे बित्ताे छर ? फलानाे हरि काम भ्याई वरी जागिर खान पुगीसक्याे । तपाई चि लुलु लाला गर्दै हावा खाएर बस्नुस ।” भन्छ ।

कहिले काहीँ टिकटकमा भिडियो हाल्नु पर्याे भनेर : लिपस्टिक-सिपिस्टिक लगाएर । अाेठसाेठ हल्लाई वरी भिडियो बनाएर : अपलाेड गर्न ठिक्क पारेकाे हुन्छु । उ टुप्लुक्क अाएर “के टिकटकाँ भिडियो हालेर बस्या नी ? उता यूटुबेले लाखाै कमाईसके ।” भन्छ। त्यही टिकटक भिडियो यूटुव तिर हाल्न थाल्छु । फेरि बारम्बार म्यासेज पठाएर साेध्छ “हाई ! अाजकल त टिकटकाँ झुल्किन छाड्नु भाे त ।”- उही तपाईं फ्यान … पाे भनेर पठाउछ।

“स्वदेशमै दुखसुख गर्छु । मिठाे मसिनाे खान्छु” भन्याे । फलानो हरि ले बिदेश गएर अाफ्नाे बुढिलाई : महँगो स्मार्ट घडी पठाए छ नि । तिलानाे बिर्खेले २० बिघा जग्गा जाेडेछ नी भनेर दिनमा ५ पटक, साँझमा ४ पटक, बिहानकाे चिया गफमा ३ पटक र रातकाे सपनामा समेत अाएर बारम्बार बिदेश जानेका मिठामिठा कथा सुनाउँछ । फलानुले याे किन्याे , तिलाउनेले त्याे जाेड्याे भनेर , किचकिच गरेर बिदेश जान बाध्य बनाउछ । अनि उहीँ ” एयरपोर्टमा तिम्रो बुढिले – मेराे बाबा मलाई एक्लै छाडेर बिदेश नजाउ । बरू नेपालमा सँगै सुखदुख गराैला बाबा…” भनेर अाँसु झार्दै बनाएकाे टिकटकले मनै खल्लाे भाे : शुभ यात्रा” पाे भनि पठाउछ ।

अस्ति कुन्नि कुनचैले तेस्रो विश्व यूद्दकाे श्रीगणेश गरिसक्याे । विश्व नै ध्वस्त पार्दिन्छु भनी सक्याे । “कस्ले श्रीगणेश गर्याे ? कसले ध्वस्त पार्दिन्छु भन्याे ?” याे थाहा पाएर पनि नपाए जस्तो उ कानमा तेल हालेर बसेकाे छ । चुनावमा नेताले उसैलाई : अाँगनमा एयरपोर्ट ल्याईदिन्छु । सदरमुकामै राजधानी ल्याउछु भनेर : बच्चालाई बाबू चकलेट दिन्छु, बिस्कुट दिन्छु भने जसरी फकाउनु फकाएर “बाबू १ भाेट देउ न प्लिज” भन्दै जितेपछि : अहिले उल्टै “हेप्ने ?” भनेर धम्की दिन थाली सक्याे । झुक्याउनु झुक्याई सक्याे । तै पनि उ गुपचुप छ । ठुलाबडाले भ्रष्टाचार गर्दा पनि उहाँ बरिस्ठले गरेकाे अाचार हाे । तँ भ्रष्टाचार भन्ने ? भनेर उल्टै हप्काउछ ।

याे मान्छेकाे जातले केके भन्छ-भन्छ ।

-krishna chandra banjara

Categories
Uncategorized

धन्य छ : हाम्रो ज्ञान । धन्य छ : हाम्रो अज्ञान

जुन चिज खुद मैले अनुभुती गरिन । त्याे मेराे लागि ज्ञान हैन । जसले इतिहास जान्याे । जसले गणीत जान्याे । जसले कथा कबिताकाे विधि बिधान जान्याे । त्याे उसकाे लागि ज्ञान हाेला । त्याे पढने मेराे लागि ज्ञान हैन ।

मैले दश बर्ष सम्म बिद्यालयमा जे-जे पढेँ त्याे ज्ञान थिएन । त्याे फाेस्रा सब्दहरूकाे रेकर्डिङ थियाे । तपाइलाई थाहै हाेला कि तपाईंले माेवाईलमा रेकर्डिङ अन गरेर कसैलाई गाली गर्नुस , प्यारका कुरा गर्नुस, प्र्याङ्क गर्नुस । जेजे गर्नुस रेकर्डिङ मेसीनलाई फरक पर्छ ? उसलाई केही फरक पर्दैन । हाम्राे दिमाग पनि रेकर्डिङ मेसिन जस्तै हाे : इतिहास पढनुस-इतिहास रेकर्डिङ हुन्छ, कथा-कविता पढनुस – कथा बविता रेकर्डिङ हुन्छ । गीत सुने गीत, जाेक्स सुने जाेक्स रेकर्डिङ हुन्छ । जे-जे अरूले उहिले अबाेध दिमागमा रेकर्डिङ गरिदिए । त्याे सफलता पुर्बक रेकर्ड भयाे । त्यसैले असफलता पुर्वक कयौं यूवा बेरोजगार निस्किए । देश छाडेर राताे बाक्सामा फर्किन बाध्य भए ।

भगवान कृष्णले उहिले जे अनुभुती गरे । त्याे पढेर मेराे ज्ञान बढदैन । केबल शब्दहरूकाे रेकर्डिङ बढछ । बुद्धले जाने, जिससले उहिले जे अनुभुती गरे, महमदले जे अनुभव, गरे त्याे अहिलेका बुद्ध , जिसस, महम्बद नामधारीले पढेर ज्ञान बढदैन । सुगाले अरूकाे भाषा जान्याे । किनभने उसले त्यसकाे दिमागले रेकर्डिङ गर्याे । तर त्यसकाे लागि त्याे ज्ञान थिएन । त्यसैले ती शब्दहरूकाे अर्थ जानेन ।

हामीले शब्दहरूकाे अर्थ जान्याै । त्यसैले उनिहरूले हाम्रो दिमागमा अनेकाै कुरा रेकर्डिङ गराउन सफल भए । यति धेरै सफल भए कि दिमागमा पुरै प्रेसर बढने गरि उनिहरूले रेकर्डिङ गर्न सके । प्रेसर कुकरमा हावा त काेचीकाेची भर्न त सकिन्छ । तर अति भयाे भने के हुन्छ ? त्याे हाम्रो दिमागमा रेकर्डिङ गराउन सिपालुहरूलाई स्पस्ट थाहा छ। त्यसैले त हामी मध्येकाे एक हिन्दु , हामी मध्येकै अर्काे मुसलमानलाई अाक्रमण गर्न सक्ने भएका छाै । हामी मध्ये कै एक मुसलमान , अर्काे हामी मध्येकै इसाइकाे चर्च ताेडन सफल भएका छाै । हामी सँगै हुर्केका उनिहरू हाम्रो मन्दिरहरू फाेर्न सफल भएका छन ।

अष्ट्रेलिया तिर लाखाै जनावर जंगलमा अागाे सल्केर जलिरहेका छन्। त्याे अागाेकाे राफ निभाउन सक्षम हतियार उत्पादन गर्नेहरू अमेरिका-इरान तिर अाक्रमणकाे तयारी गर्दैछन् । एका तिर विश्वमा तापक्रम बढेकाे चपेटा छ । अर्काे तिर सिमानामा कसले के गर्याे भन्ने चिन्ता छ । मिचिने र मिचाउनेकाे राेईलाे छ ।

धन्य छ : हाम्रो ज्ञान
धन्य छ : हाम्रो अज्ञान

भिडियो

-krishna chandra banjara

Categories
Uncategorized

“ToTok will back  in the next few days” :- ToTok co-founder

ToTok app develop company co-founder give exclusive interview in media and said ” ToTok App will back in google and apple store next few days.”

Here i am sharing some main point which he said in that interview.If you want to read his full interview link is in here:

Also you can view here his video messages. Which he give open massage to google and App company few days before.

“We hope in the next few days. This suspension is temporary, but it is affecting our global community and hurting our business” co-founder Jaic sad in interview when media person ask about when app come back in app store ?.

Also he give answer about negative reports in privacy system. “All our users, in the UAE and abroad, should not be scared by such fabrication. Second, as already stated in our previous note, user privacy and data security have always been our top priority” He said to media.
Please watch his open invitation to Apple and Google to visit ToTok office in person.

#totok

#FreeVideoCall

Categories
Uncategorized

After 5 Year Facebook Update Important Rule For Massanger User. New User Most Need To Know

Hello every one here i am sharing latest update which facebook company change after 5 year. If you use same rule for massanger that not work now. New user most need to know about it.

From 2015 June to until now users were able to access Messenger app using their phone number instead of a Facebook account.But now removed the ability to use Messenger without an account.With the new update, users will require to have a Facebook account to chat with friends using Messenger.

“If you’re new to Messenger, you’ll notice that you need a Facebook account to chat with friends and close connections,” If you already use Messenger without a Facebook account, no need to do anything.” facebook spokesperson said in media.
video details

Categories
Uncategorized

What items are band in UAE Airport ? Before pack your bag Read This.

Packing correctly can save your time and money at the airport. Here are the basic 8 rules to follow.

1. Are you planning to carry liquids, aerosols or gels in your hand baggage ? how much allow ?

– Those Items should be packed inside one clear, re-sealable plastic bag, within your hand baggage. Each item can’t be more than 100ml and the total can’t exceed one litre. Exemptions will be made for medication, baby milk/foods and special dietary requirements to be used during your trip

2. How much baggage or weight allowed in UAE airport ?

Generally two pieces of baggage are allowed for international travel, with the total weight not exceeding 32kg.

3. What about bag size ?

Baggage larger than 90cm long, 75cm high and 60cm wide, or that does not have a single flat surface, will need to be checked in at the oversized baggage counter. Please allow extra time to check-in oversize baggage.

4.Smart bags: Do or Don’t?

Whether you’re flying with Emirates or any other airline, bear in mind that if you are flying to the United States, smart luggage has been banned since January 2018. A number of other airlines have banned smart bags from the hold unless the lithium battery can be removed.

5. Can i allow to take power bank or some spare batteries from UAE airport ?

Power banks which have the primary purpose as a power source, such as power banks, are considered as spare batteries. These batteries must be individually protected to avoid short-circuit. Each passenger is limited to a maximum of 20 spare batteries.

6. What about E-cigarette ?

E-cigarettes, including e-cigars, e-pipes, Electric Portable Incense (perfume) burner or other personal vaporizers that contain batteries must be individually protected to prevent accidental activation. They cannot be placed in your checked in luggage. Can only be traveled with on a carry on.

7. Can i allow to take personal motorised vehicle from UAE airport ?

Vehicles For safety reasons, airports in the UAE will not accept personal motorised vehicles such as hover boards, Segways and self-balancing wheels on flights. UAE Airports, for example, prohibits the carriage of all such devices – with or without batteries – as checked–in or carry–on baggage.

8.What are some more general tips need to know before fly from UAE airport ?

Pack personal belongings in your hand luggage.Keep a laptop where it can be easily reached: you’ll need to place it in a separate security tray at the security scan.Always remove old baggage tags. They may cause the baggage system to reject the bag they’re attached to.

Click Here For More Video Details

#DubaiAirport

#bagPack

#UaeAirport

Categories
Uncategorized

एलइडी बल्ब : ९० दिनमा सरकारी मागभन्दा १६ हजारभन्दा बढी उत्पादन गर्न सकिन्छ

maxresdefault (1)

सरकारले विक्रम संवत् २०६२ मा श्रम तथा रोजगार नीति सार्वजनिक गरेको थियो । त्यो नीतिभित्र उसैले रोजगारमूलक लगानीलाई प्रोत्साहन गर्ने, वार्षिक रूपमा योजना तर्जुमा गर्दा रोजगार प्रदान गर्ने दृष्टिकोण लिइने उल्लेख गरिएको थियो ।

तर, सरकार रोजगार सिर्जना गर्नभन्दा देशमा भएको पुँजी कसरी विदेश पठाउने भन्नेतर्फ उन्मुख देखिन्छ । त्यसको प्रत्यक्ष उदाहरण हो ः दुई अर्बको लगानीमा भारतबाट खरिद गर्न लागिएको एलइडी बल्ब । यदि यो रुपैयाँ स्वदेशमै उत्पादन गर्नमा प्रयोग गरिएको थियो भने नेपालमै विश्वस्तरीय कारखाना सञ्चालन गर्न सकिनेमा शंका छैन ।

त्यो सकिँदैन भने चिनियाँ बजारमा सस्तो दरमा पाइने एलइडी बल्बका पार्ट्सहरूलाई ल्याएर जडान गर्ने र त्यसका लागि बेरोजगार युवाको साथ लिने सोच बनाइएको थियो भने पनि स्वदेशी पुँजी स्वदेशमा नै रहन्थ्यो ।

सरकारलाई तुरुन्तै एलइडी बल्ब चाहिएको छ, बल्ब बनाउने पार्ट जोडेर बनाउन निकै समय लाग्छ भन्ने लागेको हो भने कारखाना नै खडा गरेर समेत उत्पादन सुरु भएको ९० दिनमा सरकारी मागभन्दा १६ हजारभन्दा बढी उत्पादन गरेर दिन सकिन्थ्यो । भारतको ठूलो प्लान्टमा प्रयोग भएको ‘जेडभिजन एलइडी बल्ब म्यानुफ्याक्चरिङ’ मेसिनले एक घण्टामा १ हजार बल्ब उत्पादन गर्छ ।

त्यसलाई हामीले पनि खरिद गरेर यदि निरन्तर उत्पादन गर्ने हो भने एक दिनमा २४ हजार र ९० दिनमा सरकारी मागभन्दा १६ हजार बढी बल्ब उत्पादन गरेर दिन सकिन्छ । योभन्दा पनि बढी कार्य क्षमता भएको चिनियाँ ‘ट्रिमवे’ नामको मेसिन (जसको मोडल नम्बर ‘टिपी ३०० भी’) को बजार मूल्य १९ लाख ६० हजार नेपाली रुपैयाँदेखि २१ लाख ६० हजार पर्छ ।

यसलाई अडर गरेको दुई हप्ताभित्र सप्लाई गर्न सकिने त्यसको सप्लायर अलिबाबा डटकमले लेखेको छ । एलइडी बल्ब उत्पादन र पाटर््सहरू जडान गर्न सहयोग गर्ने यस्ता धेरै प्रकारका मेसिन विभिन्न कम्पनीले उत्पादन गर्ने गर्छन् ।

खरिद मूल्य हेर्दा सामान्यतः २० लाखको लगानीदेखि अधिकतम ५ करोडसम्मको लगानीमा नेपालमै विश्वस्तरको एलइडी बल्ब उत्पादन गर्न सकिने देखिन्छ । त्यसका लागि उत्पादन र प्रयोगमा सरकारी सहयोग तथा साथ भने अत्यन्तै जरुरी पर्छ ।

यसका लागि आवश्यक दक्ष जनशक्तिको नेपालमा अभाव छैन । नेपाल सरकारकै मातहतमा रहेको सीप तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले नै सञ्चालन गर्ने छोटो अवधिको विद्युत् जडानसम्बन्धी तालिम लिएका धेरै युवाले आफ्नो सीपको उपयोग गर्न पाएका छैनन् । हाल म रहेको साउदी अरबमा यस्ता धेरै युवा भेटिन्छन् जो यही सीप सिकेर देशमा काम नपाएपछि परदेशमा ज्यामी बन्न बाध्य छन् ।

सिटिइभिटीसँग सम्बन्धन लिएका कलेजहरूबाट इलेक्ट्रोनिक्स विषयमा डिप्लोमा गरेका युवाहरूको समेत कमी छैन । उनीहरू सामान्य तालिमको सहयोगमा एलइडी बल्ब उत्पादन गर्ने कारखानामा काम गर्न सक्षम छन् ।

‘सरकारले त्यति ठूलो रकम भारत पठाएर किन्न लागेको बल्ब नेपालमै उत्पादन गर्न सकिन्छ’ भनेर सामाजिक सञ्जालमा गरिएको पोस्टमा कतिपयले कुलमानविरोधी धारणाले हेरेको पाइयो । यो कुलमानको योजना पनि पूरा हुने र बेरोजगारहरूको स्वदेशमै रोजगार बन्ने चाहना दुवैलाई पूरा होस् भन्ने चाहनासहितको धारणाका रूपमा हेर्न म अनुरोध गर्छु ।

हामीले आफंै सामानको उत्पादन गर्नुपर्छ भन्ने सोच नै बनाएनौं । नेपाली उत्पादन र प्रयोगमा निरुत्साहित गर्ने, विदेशी उत्पादनलाई प्रयोग गराउन प्रेरित गर्नेहरूलाई समेत ठेगान लगाउनु आवश्यक छ ।

सरकारी पुँजी विदेशी वस्तु खरिदमा प्रयोग गर्नेलाई समेत भन्नु छ ः त्यो हामी उत्पादन गर्न सक्छौं, उत्पादन गरेर दिन्छांै । नत्र हाम्रा आमयुवा परदेशमा कमाउन जाने र बाकसमा फर्कने दिनहरू बन्द हुँदैनन् ।
कृष्ण चन्द्र बन्जारा  {कारोबार दैनिक मा प्रकाशित लेख }

Categories
लेख Uncategorized

कहिले तोडिने बेरोजगारीको चक्र ?

कारोबर दैनिकमा प्रकाशीत

नेपालमा बेरोजगारीको चक्र कहिलेदेखि चल्न थाल्यो होला ? त्यही चक्रको दलदलमा फसेर कहिलेदेखि नेपाली युवाहरूको रगतको टाटो परदेशमा लतपतिन थाल्यो होला ? त्यसको उत्तर खोज्न धेरै गाह्रो छैन् ।

चीनतिर भोटमा जाँदा मदनलाई बाटोमा छाडेर आएको लक्ष्मीप्रसाद देवकोटाको कथा हामीमाझ जिउँदो छ । फकल्यान्डको टापुमा लडाइँ लड्दाको कथा सुनाउने हजुरबाहरू पनि जिउँदै छन् । ती हजुरबाहरूलाई सोध्ने हो भने उनीहरूले ‘हाम्रा बा कमाउन बर्मा गएका थिए, पाकिस्तान गएका थिए’ सम्म भन्न सक्छन् । हजुरबुवा अथवा जिजुबुवाको पालादेखि सुरु भएको वैदेशिक रोजगारीको चक्र यसरी बढ्दै छ कि त्यो कहिले रोकिएला ? भनेर कसैले सोध्यो भने त्यसको उत्तर सक्ने भेटिन मुस्किल छ ।

सन् १८१५ डिसेम्बर २ मा सुगौली सन्धि भएपछि बेलायत सरकारले पहिलो पटक ४ हजार ६ सय १५ जनालाई आफ्नो सैनिकका रूपमा भर्ती दियो । अन्य देशमा लाहुरे संस्कारका रूपमा कमाउन जाने प्रचलन यही बेलादेखि सुरु भएको मान्न सकिन्छ । यसैको अन्तरालमा ४ हजारबाट सुरु भएको वैदेशिक रोजगारीमा जानेहरूको मात्र संख्या ४० लाखभन्दा बढी भएको छ । यसबीच हजारौं युवाको रगत परदेशमा बगिसकेको छ । मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेको छ । हामीले १२ वर्षअगाडि इराकमा एक दर्जन युवाको हत्या भएको घटना बिर्सेका थिएनौं । केही दिनअघि अफगानिस्तानमा उस्तै घटना घट्यो । यस्ता घटनाहरू कहिले रोकिएलान् ? जबसम्म चल्दै आएको बेरोजगारी चक्र तोडिने योजना देशमा बन्दैन तबसम्म यस्तो जोखिम पनि कायमै रहिरहनेछ ।

  • कम आयस्रोत हुनेलाई आरक्षण

एकातिर बेरोजगारको संख्या बढिरहेका बेला सरकारी स्तरबाट आरक्षणको व्यवस्था नेपालमा अवलम्बन गरिएको छ । नेताहरूले त्यो भनेको समावेशीकरण पनि हो भन्ने हिसाबले परिभाषित गरेका छन् । यसरी अपव्याख्या हुँदा यो व्यवस्थाले सरकारी जागिर खान एउटै पदमा तीनतिरबाट एउटै मान्छेले आवेदन दिइरहेको लज्जास्पद दृश्य देखिएको १० वर्ष हुनै लागेको छ । २०६४ सालमा निजामती सेवा ऐनमा गरिएकोे आरक्षण व्यवस्थाले नेपालमा पटक–पटक गृहमन्त्री भएका विजयकुमार गच्छादारको छोराले थारु भएका कारण सरकारी कोटा र आरक्षण पाउने तर उनकै घरमा दूध बेच्न जाने यादवको छोराले भने खुला पदमा सबैसँग भिड्नुपर्ने उदाहरण बनाएको छ ।

मीनबहादुर गुरुङको छोराले कोटा र आरक्षण थापिरहँदा उसकै भाटभटेनी सुपर मार्केटमा सरसफाइ गर्ने पाण्डेको छोराले अवसर नपाउने अवस्थाको सिर्जना गरेको छ । यो व्यवस्थाले के साँच्चै पछाडि परेका जातजातिलाई प्रतिनिधित्व बढाउन सफल भयो त ? यस विषयमा केही समयअगाडि त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र तथा सामाजशास्त्र विभागले गरेको विस्तृत अध्ययनले सबै जातजातिलाई प्रतिनिधित्व गराउन नसकेको निचोड निकालेको छ । नेपालमा तुलनात्मक रूपमा ठूलो जनसंख्या रहेका मगर, थारु, तामाङ, मुसलमान, राई, गुरुङ, लिम्बू, विश्वकर्माजस्ता जातिहरूमध्ये कतिपय जातिको प्रतिनिधित्व अवस्था अझै शून्यकै अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ । निजामती सेवा ऐनमा निश्चित प्रतिशतद्वारा पदपूर्ति गर्ने व्यवस्था हरेक १० वर्षमा पुनरावलोकन गर्नुपर्ने उल्लेख छ । उल्लिखित व्यवस्थाअनुसार पुनरावलोकन गर्ने हो भने पहिलो संशोधनका लागि यो अन्तिम वर्ष हो । आगामी वर्ष यसलाई संशोधन मात्र होइन, परिष्कृत गर्नुपर्नेसमेत आवश्यकता छ । जातजाति, लिंगका आधारमा कसैलाई विभेद गरिनुु जसरी अपराध हो, त्यसरी नै एउटै जात र लिंगलाई मात्र आरक्षण र सुविधा दिइरहनु पनि विभेद सिर्जना गर्नु नै हो ।

राज्यको नजरमा सबै जात, सबै लिंग एउटै हुनु आवश्यक छ । आरक्षण व्यवस्थालाई निरन्तरता दिने हो भनेचाहिँ प्रतिस्पर्धीमध्ये सबैभन्दा कम आयस्रोत भएको व्यक्तिलाई आरक्षण दिनु आवश्यक छ । परिवारका एक जना पनि सदस्य सरकारी जागिरमा नरहेको, आय आर्जनको उपयुक्त माध्यम अपनाउन नसकेको व्यक्तिलाई आरक्षण दिने हो भने न्यून स्तरको गरिबका छोराछोरी देशमै अडिनेछन् । मध्यम र उच्च आयस्रोत भएकासँगको उनीहरूको खाडल बिस्तारै पुरिदै जानेछ र समानताको विकाससमेत गराउनेछ ।

  • विश्वस्तरको जनशक्ति उत्पादन

राज्यले देशभरि सामुदायिक विद्यालयहरूमा निकै ठूलो लगानी गरेको छ । तालिम भत्ता, किताबहरूका लागि आफ्नै पैसा हालेको छ । शिक्षकमाथि त पूर्ण लगानी गरेको छ नै, एसएलसी दिन तयार भएको एउटा विद्यार्थीमाथि समेत राज्यको लगानी करिब रु. १३ हजार ५ सय ९ पर्ने गरेको नेपाल अभिभावक संघको अध्ययनमा उल्लेख छ । यति हुँदाहँुदै पनि ग्रेडिङ सिस्टमको रिजल्ट आउनुभन्दा अगाडिकोे अवस्थालाई भन्नुपर्दा सामुदायिक विद्यालयमा पास हुने र निजीमा पास हुनेको अन्तर २७ प्रतिशत र ७३ प्रतिशतको थियो । यो वर्षदेखि सबै जना ग्रेडिङ सिस्टमअनुसार पास हुने भएका छन् । एसएलसी पास गरेर अझै बढी पढेको एउटा युवा र सोही विद्यालयबाट कक्षा पाँचमै विद्यालय छाडेको अर्काे युवा परदेशमा एकै ठाउँमा लेबर बन्नुपरेको देख्दा सबै पास हुने सिस्टम ठीकै हो भन्ने लाग्छ । जब एसएलसी पास हुने र फेल हुनेको राज्यमा मूल्य एकै छ भने उसले सबै पास गर्ने सिस्टम ल्याउनु नौलो पनि होइन ।

कुनै बेला नेपालभन्दा निकै पछाडि रहेको दक्षिण कोरियाले हामीबाट श्रमिक लान थालेको छ । थाइल्यान्ड, श्रीलंकालगायतका देश हामीभन्दा निकै अगाडि बढिसकेका छन् । यसको खास कारण भनेको उनीहरूले अवलम्बन गरेको उपयुक्त शिक्षा पद्धति नै हो । शिक्षामाथि परेको राज्यको लागानी, अभिभावकको लगानी, दातृ निकायको लगानीलाई बालुवामा पानी खन्याएजस्तो नबनाउने हो भने व्यावसयिक शिक्षाका प्रतिष्ठानहरू विस्तार गर्ने र देशभरका सबै सरकारी विद्यालयलाई रूपान्तरण गर्नु आवश्यक छ, जहाँ विश्वस्तरका जनशक्तिहरूको उत्पादन होस् । नेपाली युवाहरूले खाडीजस्ता सस्तो श्रम बजारमा होइन; अमेरिका, बेलायतजस्ता उच्च खाले श्रमबजारमा आफूलाई प्रतिस्पर्धी बनाउन सकून् । लेबर मात्रै बन्न कोही पनि परदेश जानु नपरोस् ।

सरकारले उपयुक्त युवा नीति अपनाएर उनीहरूलाई प्राथमिकता दिन ढिला भइसकेको छ । उसले कस्ता युवा परदेश पठाउने र कम्तीमा कस्तालाई चाहिँ स्वदेशमै रोक्ने भन्ने निर्णय छिटै गर्नुपर्छ । त्यसो गर्न सक्दैन भने पुरुष परदेश जाँदा महिलाले स्वदेशमै कमाउन सक्ने बाटो मात्रै बनाइदियो भने पनि एक प्रकारले युवा पलायन रोकिन्थ्यो । पुरुषको संख्याको तुलनामा महिलाहरू ६ प्रतिशत मात्र परदेश गइरहेका छन् । यो बिस्तारै बढ्दै छ । कमाउँछु र सुखी हुन्छु भन्ने आशाले परदेश गएर आएका महिलाहरू झन् उच्च डिप्रेसनको सिकार भइरहेको हेल्भिटास नेपालले भर्खरै प्रकाशित गरेको अध्ययनले जनाएको छ । स्वदेशमै त महिलाहरू हिंसाको सिकार हुन्थे भने परदेशमा उनीहरू कसरी सुरक्षित हुन सक्छन् ? कम्तीमा महिलाहरू स्वदेशमै रोजगार हुने वातावरण बन्नु आवश्यक छ । एक जनाले कमाउने र परिवारका अन्य सदस्य सोही कमाइको आधारमा टिक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।

Categories
लेख Uncategorized

कसले मन पराउँछ र ? ‘बुर्चा’ वाला !

Conceptual image of human brain in colorful splashes

‘दिमागलाई बेलाबेलामा ‘बुर्चा’ नबनाए त भुतुकै मरीन्छ । ज्यानै नगए पनि निरासाले किलकिल पार्छ ।’ केन्याको साथीले अंग्रेजी भाषामा एक दिन यसो  भन्यो। क्या रछ त ‘बुर्चा’ भनेको ? मैले पनि अंग्रेजीमै उसलाई सोधेँ ।

केन्या भषाका करिव ५/६ शव्द सिकाई सकेको उसले नेपाली भने हामी बाट एक दर्जन भन्दा बढी शव्द सिकी सकेको छ । ‘भोक लाग्यो । चिया पियो । औला च्यापीयो । खाना खायो ।’ त खररै भन्न सक्ने भएको छ । तर उसकै  ‘बुर्चा’ शव्दको  अंग्रेजीमा ठ्याक्कै मिल्ने उत्तर नभेटेर भने उ आफै घोत्लीएको घोत्लीयै भयो  । निन्द्राबाट झस्के जस्तो ‘झसक्क’ झस्कीएर त्यसलाई उदाहरण बाट प्रश्ट पार्न खोज्यो ।

‘सेमसेम लाईक’  पेप्सीलाई एक्कासी हल्लाउँदा बिर्काे तोडीएर निस्कीएको गुँजुजु आवाज, स्थीर रहेको समुन्द्रमा एक्कासी आँधी आउँदा आँउने बेग, ऋणले थला परेको मान्छेले सोचे भन्दा अत्याधीक पैसा बाटोमा भेटाउँदा देखिने उत्साह ! त्यस्तै  त्यस्तै । कालो ज्यान भएको उसले आफनो सेतो दाँत चम्काएर यति चम्कीले कुरा ग¥यो कि त्यो भनेको उत्साहीत, प्रमोदीत या हौसला पूर्ण हो भनेर आफनै अर्थ लगाएँ ।

 प्राय केन्याहरु काम गर्दा गीत गाइरहेका, एक अर्का सँग रमाईला प्रसंगहरुमा चर्का चर्की गरीरहेका भेटिन्छन् । एक दिन ‘बुर्चा’ शब्द सुनाउने साथीले हामी सँग पूर्णीमाको जुनमा देखिने कालो छाँयामा केको चित्र देखिन्छ ? भन्ने विषयमा चर्का चर्की ग¥यो । विषय बस्तु त्यति गज्जब नभए पनि हाम्रो दिमाग चम्काउने खालको थियो । कसैले गर्भवती महिलाको दृश्य देखिने कुरा गरे । कसैले एउटा दौडनै आँटेको मान्छे देखिन्छ भने । म आफैले चाहिँ एउटा बुढो मान्छेको अनुहार देखिन्छ कि ? भन्ने उत्तर दिएँ ।
उसले ‘बुर्चा’ शब्द मात्र हैन । त्यो सँगै अर्काे प्रश्न पनि गरेको थियो । ‘किन प्राय नेपालीहरु ‘बुर्चा’ बिहिन देखिन्छन ?’ यो प्रश्न पछि चाहिँ त्यो शव्दको अर्थ ‘ताजकी’ हो कि भन्ने अनुमान लगाएँ । केन्याहरु, घानाका साथीहरु, फिलिपेनीहरु कम्पनीका ठूला मान्छे सँग किन हाम्रो तलब कम ? किन हामीलाई सुविधाको कमी ? भन्ने प्रश्न गरेर ¥याख¥याखती पारीरहेका देखिन्छन् । यहि कारण कतिपयले थप सुविधा, तलब पनि पाएका छन । कतिपयले भने कम्पनीले दिने सजाय ‘रिजायन’ पनि हाता पारेका छन् । नेपालीहरु भने ‘..साग र सिस्नु खाएको बेस आनन्दी मनले’ गुनगुनाउँदै ‘कन्ट्रयाक’ पुरा गर्ने सोचमा देखिन्छन् । घरबिदामा जाँदा उतै बाट नआउने मनस्थीतीमा प्राय हुन्छन् । अन्य देशमा पुनस्च उहि दुःख जिलो गर्न जाने उद्देश्यले समय बिताइरहेको भेटिन्छन् ।

प्रश्नपछिको उसको अन्तिम कुरो  थियो : ‘कोहि कोहि त जन्मदै ‘बुर्चा’ वाला जन्मीन्छन् । जस्तो कि एक लाखमा एक जना । जसले दिमागलाई यस्तो बनाउनु आवश्यक नै छैन् । बुढेसकाल  सम्म उनिहरुको चालढाल तरो ताजा रहन्छन् । अर्काे कुरो नि, त्यस्तो मान्छेले कस्तो मान्छेलाई मन पराउँछ थाहा छ ?’ तिनले आफु जस्तै मान्छे मन पराउँछन् । उनिहरुले मात्र हैन हामीले पनि हामी जस्तै मन पराउँछौ । आफु जस्तै स्वभाव, आफु जस्तै चाल ढाल, आफु जस्तै आर्थिक हैसीयत र आफु जस्तै दिमाग भएको मान्छे हामीलाई प्रिय लाग्छ । एक लाखमा एक जना ‘बुर्चा’ वाला जन्मीयो भने के त्यसलाई अरुले मन पराउला ? कसले मन पराउँछ र ?

अहिले नेपालमा नयाँ प्रधानमन्त्री फेरीने कुरा छ  । किन फेर्नु परेको होला ? प्रचण्डले भनेका छन् । चालु प्रधानमन्त्रीले ‘चुडकीला’ सुनाउने मात्र काम गरे । त्यसो भए प्रचण्डलाई, सेरबहादुरलाई किन सत्ता दिन नखोजेको त ‘चुडकीला’ वालाले ? किन रामचन्द्रलाई प्रश्ताव लगेका होलान ? यस प्रश्नलाई राजनैतिक दाउपेचका हस्तीले आफनै अर्थ लगाउलान् ।तर स्वभावलाई हेर्ने हो भने प्रधानमन्त्रीले पनि आफु जस्तै ‘बुर्चा’ वाला खोजेका हुन । उनि किन ‘बुर्चा’ वाला त ? हिजो मात्रै अनलाईनमा एउटा फोटो आएको छ । जहाँ सेरबहादुर सँग प्रधानमन्त्रीले हात मिलाउका छन् । प्रचण्ड अलि पछाडी हाँसीरहेका छन् । क्याप्सनमा लेखिएको छ ः–‘प्रधान्मन्त्रीले भने पखनुस न एक दुई वटा फोटो खिचौँ !’

राजनैतिक रुपमा यत्रो दुस्मनी चलीरहेको बेलामा कुन चाहिँ सोझो दिमाग वालालाई दुस्मन सँग फोटो खिचाउने रहर जाग्ला ? त्यसो भए अहिलेको मुख्य दोषी ‘चुडकीला’ नै हो त  ? त्यो पक्कै हैन । दोष आम अ‘बुर्चा’हरु हुन । जो भाषण सुन्दा सुन्दै मस्त निदाउन चाहन्छन् । नबुझिने तोते भाषणहरुमा रमाउन चाहन्छन् । भाषण गर्दा चुडकीलाहरु सुटुक्क कागजमा हेरेर भन्नेहरुका कुरा सुन्न चाहन्छन् ।  निन्द्रामै सपना देखेर मस्त घुर्न चाहन्छन् । नेपाली समाजले पहिल्यै स्वाद चाखेका मान्छेहरु सेरबहादुरलाई प्रधानमन्त्री बनाउन चाहन्छन् ।

एक पटक चटनी भइ सकेका प्रचण्डलाई पुन सत्ता दिन चाहन्छन् । प्रधान्मन्त्रीले रामचन्द्रलाई खोज्नुमा उनको दिमागी सोचाईले रामचन्दमा ‘बुर्चा’ पन छ कि भन्ने थियो होला  । पार्टीमा र अघिल्लो पटक प्रधान्मन्त्री बन्न खोज्दा पटक पटक हारेका उनि सँग त्यो उर्जा जागेको छ कि भन्ने थियो होला । प्राय हारेर उठेकाहरु सँग त्यो मैले पाएँ पनि जे पनि गरेर देखाउँछु भन्ने इख रहन्छ । तर उनले अस्वीकार गरे । नयाँ संविधान बने पछि पनि पहिलेकै सहमतीको खेल खेल्ने खेलाडीले हामीलाई दिक्क पारीरहेका छन् । प्रधानमन्त्रीले अलिकती भए पनि हामीलाई निन्द्राबाट उठाएका थिए । झकझकाएका थिए । पुनस्च : हामीलाई निन्द्रमै लग्ने कार्य हुन लागेको छ । प्रधामन्त्री पनि त्यसको निकास चाहन्छन् । उनले चाहेको निकासमा पक्कै ‘बुर्चा’ पन लुकेको छ । गुदगुदी छिपेको छ । सहमतीको बिन्दु त्यहि हो भन्ने पनि उनलाई लागेको होला ।
हामी पनि एक ‘बुर्चा’ वाला मान्छेलाई देश हाँक्न दिऔ ।

तै पनि एकाध भेटीने ‘बुर्चा’वाला लाई कसले मन पराउँ छ र ?