योगी याम
विश्व साइकल यात्री
१) आफ्नै बारेमा भुन्नु पर्दा के भन्नु हुन्छ ?
- म एकजना यायाबर हँु ।
- म किताब कम संसार बढि पढछु ।
- आफ्नो लागी साधना अरुको लागी सेवा गर्छु ।
- म सबै भन्दा अज्ञानी छु ।
- म मनो योद्धा हुँ ।
२ आफुले पढेका मन पर्ने पुस्तक के-के हुन ?
- योगानन्द को -आत्म कथा
- रोन्डा वर्नको – द सेक्रेट
- पाउलो कोइलोको- अलकेमीस्ट
- विकासानन्दको- बिचार क्रान्ती
- शिबखेडाको- आपके जित
३ महिला हरुको मन पर्ने गुणहरु के-के होलान ?
- त्यागी हुन्छन ।
- सर्मपण गर्न सक्छन ।
- पुरुष भन्दा धेरै सन्तुष्ट हुन्छन ।
- अरुको सम्मान गर्न जान्दछन ।
- आफ्नै परीबेसमा बढी रमाउछन ।
४ कसलाई आदर्श ठान्नु हुन्छ ?
- योगी विकासानन्द
- योगानन्द
- मार्टीनलुथर किङ
- थोमसएल्वा एडिसन
- ज्याकक्यान फिल्ड
५ प्रेम र जिबन बारे भन्ने पर्ने कुराहरु के छन ?
- प्रेममा सुन्दर जिबन हो ।
- जिबन एक माहान अबसर हो ।
- प्रेमबाट नै परमात्माको द्धार खुल्छ ।
- अरुलाई भन्दा पहिले आफैलाई प्रेम गर्न सक्नु पर्छ ।
- प्रेम भएन भने बगरको माछा भइन्छ ।
योगी याम काभ्रेको पनौती-१०सुन्थानमा जन्मीएका हुन । हाल सम्म पैदल हिडेर नेपालका सबै जिल्ला घुमीसकेका उनि विश्व साइकल यात्राको क्रममा एसिया भ्रमण सकी आगामी महीना युरोप भ्रमणमा निस्कदै छन । उनि सँग उनको साथी राजेन्द्र सापकोटा पनि छन । उहाँको सहयोग तथा सम्र्पकको लागी ः yogiyam99@gmail.com,
माहाँभारतको जुका र चुरेकी सानीमा
उई…
भनेर कराउनु पनी व्यर्थ भयो । ुअँह ! कोही कतै बोलेन ।ुओहो ! बाघको पो आवाज आयो ।ु जङगलको भित्री भागतिर बाट । मनमनै भगवानलाई सम्झीएँ । भाइले थाहा पाउला भन्ने भो । त्यसैले अझै ठुलो स्वरमा ुहुई॥ु भनेर कराईदिएँ । मेरो स्वर चुरेको खोचै-खोच दुई ढिस्का तिर ठोकियो र त्यतै बिलायो ।
ुदाई टर्चको चार्ज सिद्धियो ।ु भाई मलिन स्वरमा भन्दै थियो । हामीलाई अगाडीको चोबिल्टोले फेरी सतायो । तर्न पटक-पटक प्रयास गर् यौ । केहि सिप चलेन । ुलक्ष्यमा दृढ भएर हिडेको मान्छेले बाटो आफै पनि बनाउँछ । ु यो आदर्श दिमागमा फुर् यो । हामी चोबिल्टोमा ढुड्गा खसाल्न थाल्यौ । रामले ुलङकाु पुग्न प्रयास गरे जस्तै ।
साँझको सात बजेको छ । हामी चुरेको जङ्गल भित्र खोल्सीनै खोल्सीको बाटोमा छौ । दुई पटी ुधरहराुको हाराहारीमा यही खोल्सीले थुप्रै समय लगाएर बनेको ढिस्को छ । यो खोचमा छिरेको चार घण्टा भइसक्यो । हामी यसलाई छिचोलेर ुतराईु पुग्न चाहन्छौ । अर्थात यो पार भएपछी गैटार भन्ने ठाँउ पुगिन्छ रे । ुकति समय लाग्छ ु गैटार पुग्न ु ुदुई घन्टा मात्रै ।ु चार बजे तिर भेटिएका बटुवाहरु यही उत्तर दिन्थे । बाटो भुलेर हो या हिडन नसकेर हामी ुरणभुल्लु भउका छौ ।
बल्ल-बल्ल घरडा पानी आउने भएछ । बिस्तारै पार गरेर अघि बढ्यौ । केही तल त झन अघिको चोबिल्टोको ुदाजु निस्कीयो । मुकाबिला नगरी सुख्खै थिएन । ुझोला पारी पुर् याएर आँउछु ल ु भाईलाई भोर छिरे । पानी पिडुल्लाघुडा तिघ्रा कम्बर पेट हुँदै उमोलाग्न खोज्यो । अघि बढन सकिएन । बल्ल-तल्ल भाई भए तिरने निस्कीएँ ।
ुदाई फक्यौ । रात परी सक्यो ।ु भाइले भन्यो । कहाँ फर्कने ु अघि भेटीएको घट्टमा ु त्यसलाई छाडेको दुई घण्टा भइसक्यो ।ु अरी परी कुनै बाटो पत्ता लागेन । ुहोस । जाँऊ ।ु उसले फेरी भन्यो । फर्कीयौ ।
हामीले जुनको थोरै सहयोग पाएका छौ । यस्तो ढुङगा गीटीको बगर जीन्दगीमा हिडेका थिएनौ । हिड्नै जानेका रहेन छौ भन्ने लाग्दै छ । लरतरो हिडाईको चाल पाएर हुनु पर्छ । तराईबाट हामीतिर ठेलिदै हावा चुरे तिर लागेको छ । चुरे भित्र मात्र दुई ओटा घर र घट्ट भेट्यौ । पछिल्लो घट्टमा फर्केर पुग्न अझै एक घण्टा लाग्ला । त्यो घट्टमा मान्छे थिए कि थिएनन हामी दुई यो भयङकर जङगलमा रात कटाउला त यि प्रश्न नजिकको खोला सँगै ुछङ॥छङु गरीरहेका छन ।
भाई आँटीलो छ । ुम दाई सरह हिडेर छाड्छु ।ु घरबाट निस्कने बेलामा सबैलाई भनेुयो । बिहान ४ नबज्दै घरबाट निस्कीएका थियौ । एउटा ुटचु बालेर । अन्धकारले हात हल्लाएर हिड्न कहाँ छेक्छ र भाई हात हल्लाएरै हिडिरेको थियो । बाटो छेउमा रहेको क्यात्तुके काँडालाई यो मन परेन छ । काँडौ भाईको हातको नङ बिचबाट निकाल्न नमिल्ने गरी छिर् यो । निकाल्नै नमिल्ने गरी । ुयो काडाले सारै पिडा दिन्छ ।ु त्यो थाहा पाएर पनि उ रुहेन । यात्रमा र लक्ष्यमा होमीएको मान्छेले ुअलि-अलिु पिडा सहनु पनि पर्छ ।ु ठुला बडाको यो कुरा उसले सुनेको थियो की
काभ्रेको भुगदेउ नपुग्दै पानी पर्न थाल्यो । हामी घरबाट निस्कने बेलामा बुद्धु भएछौ । पानी पर्छकी भन्ने अनुमान त लगाउनु पर्छ नी न छाता न प्लास्टीक । भिजेको मुसो जस्तै ुलुम्रुङगु भएर भुगदेउ गाँउको एक पसलमा पुग्यौ । त्यहाँ एउटा मात्र प्लास्टीक रहेछ । हामी दुईलाई के गरौ के भयो । ुदाई हँसीयाले चिरेर आधा पारै ।ु उसले गज्जबको उपाय बतायो । लामो पटी बाट चियौ र माहाँभारतको लेकतिर उमो लाग्यौ ।
प्लास्टीक ओढेको छ भन्नु मात्र हो । हामी पुरै भिजेका छौ । चिसो हावा चलेको छ । लगभग हामी कामेका छौ । भालु ओडार छिचोलेर लेकको चुचुरी पुग्नु अगाडी सम्म बुवाले तिन-चार पटक फोन गरी सक्नु भयो । ुहिउ पर्ला छिटो-छिटो जाओ लगेको खाना खायौ ु यस्तै-यस्तै भन्दै थिए ।
हामी पुरै यात्रामा झुमिएका छौ । गाँउदै बाटोमा रहका पातहरुबाट तप्कदै गरेका पानीका थोपा सँग जिस्कदै चिच्याउदै कराउदै मध्यलेकमा छिर् यौ । हिँउ पर्ला जस्तो छ । चुचुरीमा पुगेपछी खाजा खान मन लाग्यो । हाम्रो ओरीपरी रहेका पातहरुमा बग्रेल्ती खरी जुकाहरु रहेछन । ति जुका र रुख पातको रङ एउटै हुने रहेछ । त्यसैले हामीले चिनेनौ । उनीहरु हामी त्यहाँ रहेको थाहा पाए पछी एकै चोटी सकृय भएछन । शिकार आएको थाहा पाए पछि सकृय भएका शिकारीहरु जस्तै । भाईको त ढाडमा टाउकोमा चुस्न थालिसकेछन । निकाल्ने नसकिने । यति चिप्लो कि मुख छुट्यायो चाक भने टाँसीसक्थ्यो । ुखरी जुका सँग भिडन बल मात्रभएर हुदैनबुद्धि पनि चाहीन्छ ।ु बाटोमा भारी बोकेर खोपासी पुग्ने आँटले हिडेका एक बटुवाले अर्ति दिए ।ु जुका सँग मुकाबिला गर्न मद्दत गर्छ ।
राज बिरेन्द्रको पाल सम्म यस लेकमा राज सँस्थाले पशुपालन गथ्र्यो कयौ माहाँभारत आसपासका मान्छेहरुले रोजगारी पाएका थिए त्यस बोलका गोठालाहरु अहिले सहर बजारमा करोडपती छन लेकको खुवा खाने रहरले गाइगोठहरुलाई पछ्उदै जाँदा एउटा गोठभेटीयो । त्यहाँ एक गोठाले दाई भेटीए । उनले यस्तै कुरा सुनाए । ुअहिले यो बिशाल सम्पती प्रयोग बिहिन छ । जडीबुटी तस्करी गर्नेहरुलाई शिकारीहरुलई रुख फाँडेर बस्ती बसाउनेहरुलाई ुखुल्लाु छ । उनी भन्दै थिए । हामी लम्बीयो ।
जुरे लेक पार गरेपछी पनी हामीलाई पानीले छोडेको छैन । सौरे भन्ने ठाँउमा एउटा साथी भेटस्यो । गणेशमान जिम्बा । उ यती खुसी देखीयो कि झण्डै अंगालो हालेको । उ र म सहरमा कुनै बेला एउटै घरमा बस्थ्यौ । उसलाई सहर मन परेन । गाँउमै केहि गर्छु हिरो बन्छु भन्थ्यो । ु उसको छोरोले ुहिरो बन्छु बा ।ु भन्ने बेला भइसकेछ । ुबसौ-बसौु भन्दै थियो । हामी ुअझै उज्यालो छ ।ु भन्दै हिड्यौ ।
ुए अँध्यारो बाटो किन छोपीस ु आँखा नदेख्ने भएपछी भँई अन्धकारललाई गाली गर्दै थियो । ु हाम्रो अध्यारेलाई कसले गाली गरेको ु पछाडीबाट कोहि बोल्यो । उनी गाँउमा डिल्ली नामले चिनीदा रहेछन । उनी एक्ला रहेछन । उनको घर भत्कीएको पनी धेरै भईसकेछ । गाँउका सबै घरमा उनलाई बस्ने अनुमती रहेछ। उनी सबेका प्यारा भएर हुन या गाँउको आत्मीय सहयोगी पन हाबी भएर हो गाँउका सबै घर मेरै हुन भन्थे । ु नजिकै छ लाप्चेत्यही बस्नु ।ु भन्दै उनी सिरुटार तिर छिमेकीको घरमा लागे । ८ बजे हामी बास बस्ने घरमा पुग्यौ ।
भोली पल्ट तिन बजे सम्म थकाईले ओछ्यान छोडेनौ । गाँउ डुल्न मन लाग्यो । एकजना दाईको घरमा गयौ । उनकी भर्खर की एक मात्र छोरी रक्त अल्पताले मरेको केही महिना भएको रहेछ । उनीहरु अझै छोरीको यादमा तड्पीएका थिए । त्यस साँझ बाबुले छोडेको र आमालाई पाल्न गाह्रो भईरहेको छिमेकी घरकी छोरी ल्याएर पाल्ने बारे कुरा गर्दै थिए । मान्छेको मायाँ मान्छे प्रति आघाद छ । छोरी हस्पीटलमा राख्दा लागेको ऋणले उनीहरु अर्काे तिर छटपटीदै थिए । ु त्यस घरकी एक्ली छोरीलाई दैबले किन टिप्नु परेको होला ु भोली पल्ट पाँचै बजे उनको घरको बाटो हुदै यो प्रश्न मन मनै गरेर लम्कीयौ । चुरे हुदै तराई पुग्ने धुनमा ।
बल्ल तल्ल त्यो घट्टमा पुग्यौ । भित्र टुकी बलीरहेको वरै बाट चाल पाएका थियौ । ु भत्र को हुनु हुन्छ ु बास दिनुस न ु आत्मै देखी घट्ट बाहीर बाट पुकार् यौ । उता बाट केही प्रतिकृया आएन । भित्र चिहायौ । एक जना लौग्ने मान्छे र आईमाई एक अर्कालाई हेरिरहेका थिए । मासु भात खाईरहेका तामाङदाइैले हामीतिर नहेरी -ु कति जना छ ु भनेर सोधे । ुदुई जना मात्रै ।ु हामीले भन्यै । उनको भान्सामा मासु पाकीरहेको थियो हामी त्यसको बिपरीत साकाहारी थियौ । अर्काे तिर थकाईले आराम गर्न मात्र पाए हुन्थ्यो । भन्ने लागीरहेको थियो । ु बरु खाना खादैनौबास मात्र भए हुन्छ ।ु हामीले फेरी भन्यौ । ुहुन्छ-हुन्छ भित्र आउ न ।ु त्यस घट्टकी दिदिले ढोका खोल्दै भनिन । उनको अनुहार हेर्दा बाउनी जस्ती थिइन । दाई भने तामाङ ।
ति दिदि पनी साहाकारी रैछिन । उनको लागी त खाना पकाउनै बाँकी रहेछ । उनले हामीलाइृ पनी खाना बसालीन । निकै आत्मीय पन सहित उनले हाम्रो बारे सोध्दै थिइन । ुके गर्ने आइमाइको जिन्दगी । एक जना सँग जाँनै पर्छ । यो अनकन्टारमा आईपुगेकी छु ।ु खाना खाईसकेर हामीलाई मान्द्रो र बार्काे तिर देखाउदै चोटामा सुत्न भनीन । ुसोध्दै जाँदा उनी हाम्रो सानीमा पो पर्दी रैछिन ।ु धेरै समय सम्म माईती गाँउका कोही नभेटेकी उनले हर्षका आँसु खसालीन । भेद खुली सकेपछी -ुयो खनकन्टारको बारे माईतमा नभन ल ।ु उनले भनीन । म ईश्वरलाई सम्झीएर-धन्यवाद भन्न थाले । संसारको कुनै पनि ठाँउमा आफन्तको कमि छैन होला । यस्तै लाग्यो । भाई थकाईले मस्त निदाए छ । म भने मान्द्रोमा मडारीदै छु । भोलि उठेर तराई पुग्नु छ ।
CHATRI’S COMMUNITY ‘BANDA’
केटी मान्छे आफैलाई चिन्दैनन
मुकुन्द थापा
कलाकार
१ आफ्नै बारे पाँच कुराहरु भन्नुस न ?
- १ म आफ्नै पेसामा आत्म निर्भर छु ।
- २ अरुको विश्वास बढी गर्छु ।
- ३ मानब सेवाको भाबना बढी छ ।
- ४ सानालाई मायाँ ठुलालाई आदर गर्छु ।
- ५ म सहयोगी छु ।
२ हलमानै गएर हेरेका नेपाली फिल्महरु के-के होलान ?
- १ मैदान
- २ कान्छी
- ३ दशगजा
- ४ जिबनदान
- ५ बलीदान
३ का अबगुणहरु के -के होलान ?
- १ कमलो हृदय हुन्छ ।
- २ बाहिरी कुरामा लोभिन्छन ।
- ३ अफैले आफैलाई चिन्दैनन ।
- ४ अफ्नो सँस्कृतिलाई छोडेर बाह्य सँस्कृति अपनाउछन ।
- ५ देखाओटि पन बढि हुन्छ ।
४ कसलाई आदर्श ठान्नु हुन्छ ?
- १ सत्यसाई बाबा
- २ लक्ष्मण राजबंशी
- ३ साजयसाई बाबा
- ४ लक्ष्मी प्रसाद देबकोटा
- ५ अमर िसंह थापा
५ प्रेम र जिवन बारे भन्नै पर्ने कुरा के-के होलान ?
- १ प्रेम दुई आत्माको मिलन हो ।
- २ जिबन एक संघर्ष हो ।
- ३ जिबनमा लक्ष्य हुनु पर्छ ।
- ४ प्रेम प्रकृतिक उपहार हो ।
- ५ प्रेम मानविय आबस्यकता हो ।
लक्ष्मी श्रेष्ठको सफलताको कथा
लक्ष्मी श्रेष्ठका श्रीमान ुहेण्डी क्राफ्टुका प्रशिक्षक थिए । उनी पनि सिक्न चाहन्थीन । तर भन्न सकिनन । आफैले धागाका टुक्रा खोजीन । एक सय विस टुक्रा भेटीयो ।
आफ्नै ुपाराुको एउटा सुन्दर झोला बन्यो । श्रीमनले बुन्ने गरेको भन्दा यो फरक थियो । ुमेरै ुप्यारीु छोरीलाई हुन्छ ! ुमन-मनै सोचिन । उनी घरमा नभएको बखत त्यो झोला कसैले मन पराएछ । किनेर लगेछ ।
पछि ५० पिसको पो अडर आयो !
ुचण्डेश्वरी हेण्डी क्राफ्टु सस्थाकी सँस्थापक लक्ष्मी भालु श्रेष्ठको सफलता यहि दिन देखी सुरु हुन्छ । उनी नेपालका एक सय एक उद्यमी महिला मध्यकी एक महिला हुन । जिवनमा पहिलो पटक एक सय पचास रुपैयाँ अफ्नै मिहिनेतले कमाएकी उनी अरुलाई रोजगारी दिन सक्ने भएकी छिन । मासिक २५÷३०हजार उनी आफै पनी कमाउछिन ।
प्ााेखराबाट दुलही बनेर बनेपा छिर्दा उनी सँग कुनै सिप थिएन । विहे गर्नु अघि विद्यार्थी थिइन । कहिले दौड कहिले फुटबलमा भाग लीन्थीन । खेलमा रुची थियो । तर भविष्यमा ुयही बन्छु भन्ने थिएन । न उनी सँग लक्ष्य थियो न कुनै योजना । ुबनेपाको कुन गल्ली बाट कहाँ पुगीन्छ ु भन्ने पत्तो थिएन । बिवाह पछिको जिबन यस्तै चुनौतीहरु ब्ााट सुरु भए । पाँच पैसा गोजीमा राख्न अरुको सहयोग लिनु पथ्र्याे । ुमेरो जिबन आफैमा बन्धक थियो त्यतिबेला ।ु उनी भन्छीन । ुजिबनको पिजडामा कहिले यता -कहिले उता गरेर घर धन्दामै दिन-रात कट्थे ।
उनको श्रीमान ुहेण्डी क्राफ्टुको दुई ुआईटमु जान्दथे । श्रीमानले जानेका ति दुई ुआईटमु उनले नक्कल गर्न थालीन । आफ्ना छोरीहरुलाई हुने-ुजुत्ता झोला सुईटर आफै बनाउन पाए !ु भन्ने रहर उनीमा जाग्न थाल्यो । नभन्दै एक दिन २ छोरीहरुलाई आफ्नै हातले बनेको टोपी जुत्ता सहितको पुरै ुड्रेसु तयार पारीन । अरु भुराहरु सँग खेल्न पठाईदिइन । ुधेरै चिटीक्क देखीएका थिए उनीहरु ।
बनेपामा पनि केही पर्यटकहरु आउने गर्छन ।
उनीहरु थ्ोारै कुराहरु देखेर अचम्म मान्छन । आँखाको प्यास मेटाउन ुखिचिक्कु फोटो खिच्छन । मन्दीर पाटी पौवामा भएका बुटाहरुमा उनीहरु आफ्ना क्यामेर बढी लहस्याउछन । अनि अन्तै दौडन्छन । तर एकजाना जापानी पर्यटक यसैगरी बनेपाको गल्ली तिर चाहर्दै थिए । उनलाई बाटोमा खेलीरहेका दुई बच्चाहरुले भुल्याउछन । उनीहरुको फोटो खिच्न मन लाग्छ उनलाई । ती बच्चाहरुले लगाएको ुड्रेसु -ुदेऊ ।ु किनेर लैजान्छु ।ु पनि भन्छन । ति बच्चाहरु लक्ष्मीका दुई छोरी काजल कोमल थिए । पर्यटक ति छोरीहरुको पछीलागेर लक्ष्मीको घरमा आए । ुजापानमा मेरा पनि यस्तै सुन्दरप्यारा छोरीहरु छन ।ु ुउनीहरुलाई यो ुड्रेसु खुब सुहाँउछ ।ु भनेर पुकार्छन । लक्ष्मीलाई दिन मन लाग्छ । छोरीहरु आफ्ना राम्रा लुगा लान लागेको देखेर खुब रुन्छन । सट्टामा उनले पाएको ९ सय जिबनकै ठुलो कमाई थियो । हर्षले उनको पनि आँसु थामीएन । ु नरोऊम चाँडै यस्तै लुगा बनाई दिन्छु ।ु भन्दै छोरीहरुलाई फकाउदै आँसु चुहाउछीन । ुम पनि केही गर्न सक्छु !ु त्यही दिन उनलाई लाग्छ । ति पर्यटकले उनको भाग्य बदलेर गए ।
ति पर्यक गए पछि फरक खालको ुडिजाइनु गर्न सके म सफल हुन्छु भन्ने पक्का भएको थियो उनलाई । ुजित्नेहरु अलग काम गर्दैनन गरेको कामलाई फरक ढङग बाट गर्छन ।ु यो आदर्श उनको जिबनमा लागु हुन थाल्छ । फरक ुआईटमु निर्माणको यात्रा उनको कोठा बाट सुरु भएको थियो । पछि ुसटरु लिएर । अहिले आफ्नै मिहिनेतले बनेको घरमा चलीरहेको छ ।
यो अझै बृहत रुपमा चल्ने भएको छ ।
सुरु सुरुमा उनी कम बोल्थीन । यस्तै बोल्न नसक्ने बानीले महिलाहरु पछाडी परेको उनको तर्क छ । ु आफ्ना कुरा अरुसँग राख्नु पर्छ । ु उनी भन्छीन ु बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन महिलाहरुले बोल्ने बानी बसालौ नत्र भोकै परौला ।ु ुबेरोजगारी आफैमा समस्या होइन ।ु उनी भन्छीन । ुसमाधान आफ्नै अगाडी हुन्छ । ु उनी पनि पहिला बेरोगार थिइन । यो समस्याको समाधान उनले आफ्नै घरमा भेटाइन । सुरुमा यो सिप उनको जेठाजुले बिदेश बस्दा सिकेर उनको घरमा ल्याएका थिए । उनको सिप श्रीमानले पनि सिके । लक्ष्मीको पालोमा यो फैलीयो । सफलताको श्रेय बन्यो ।
उनले अरुलाई पनि रोजगारी दिन थाले पछि बनेपा नगर पालीकामा एउटा हल्ला चल्यो । नगरपालीका भित्र ुफरकु डिजान गर्न सक्ने महिला लक्ष्मी मात्र हुन भन्ने कुरा । यो सिप धेरै महिला हरुलाई सिकाउने हो भने उनीहरु पनि रोजगार हुने थिए । यहि लागेर होला उनलाई प्रशिक्षक बन्न बनेपा नगरपालीका को ुअफरु आयो । उनले त्यो मौकालाई चुकाइनन । २० जना महिलाहरु उनको सिप सिक्ने भए । उनी सँग भने म सिकाउन सक्छु भन्ने आत्म बिस्वास थिएन । ुकाम गर डर भाग्छ ।ु भन्छन मान्छेहरु । उनले ुजे होलाु भन्ने सोच्दै सिकाउन थालीन । ुफरक कुरा सिकाउने भन्ने कुरा आफैमा अचम्मको छ ।ु ुन अरुले गरेको हेरेर सिकाउन पाइन्छ न केही उपायनै । ु रात भरि उनी के-के सिकाउने भनेर सोच्थीन । आफै पनि बुन्थीन । दिउसो भर सिकाउन जान्थीन । त्यति बेला उनलाई निकै जाँगर चलेको थियो । उनी सिक्न आउनेहरु भन्दा चाँडै जान्थीन र अबेर सम्म सिकाउथिन ।
ुसफलता सिप सिकेर मात्र सुरु हुदैन रहेछ ।ु धेरैलाई यो सिप सिकाई सके पछि उनलाई यस्तो लाग्न थालेको छ । ुधेरैले सिके तर सफल भएनन ।ु उनीहरुमा भित्री चाहना नै छैन भने कसरी सफल हुन्छन ु पहिला सफल हुने चाह हुनु पर् यो र अबसरको सदुपयोग पनि ।
ुजिविनको सुरुवातमा उनलाई धेरै चुनौतीहरु थिए ।ु चुनौती कहिल्यै सकिदो रहेनछ ।ुउनी भन्छीन ।ु चुनौती आयो भन्दैमा म यो पेसा बाट भाग्दीन । जती समस्या आए पनि म सामना गर्दै अगाडी बढदै जानेछु ।
उनकै प्रेरणाले छोरी काजल ुफेसन डिजाईनर ु पढन थालेकी छन । धुलीखेलमा । ुममिले जुन सिप सिक्नु भयो र सफलता प्राप्त भयो त्यसलाई अझै टेवा दिन मेरो पढाईले सहयोग गर्ने छ । ुकाजोल भन्छीन । हिजोआज कलेज पढेनेहरु लाई ुआफ्नै कमाई नहुनु एक समस्या बनेको छ । लक्ष्मीले यो कुरा थाहा पाएकी छिन । ुव्यबसायलाई अब बृहद पार्दा कलेजका बैनीहरुलाई पनि रोजगारी दिने उनको चाहना छ । ु ुपैसा नचिन्दा ति बैनीहरु खर्च धेरै गर्छन । त्यसको सदुपयो गर्ने बारेमा सोच्दैनन । त्यसैले मासिकरुपमा बैकमा तलब हालीदिने सर्तमा उनीहरुलाई रोजगारी दिने छु ।
मान्छेहरु रोजगार-रोजगार भन्दै अफिस-अफिस किन चाहर्छन ुहिजोआज उनलाई यो प्रश्न उठछ । ुएउटा अफिसको रोजगारीले खाना खान पनि पुग्दैन । त्यसैले व्यबसायनै उत्तम । उनले भनीन ।
सम्झना खतीवडा
रेडियो एबििस
समाचार बाचिका
१ आफ्नै बारे पाँच कुरा भन्नुस न ?
- सफल कार्यक्र प्रश्तोता बन्न चाहन्छु ।
- महिलाको क्षेत्रमै काम गर्ने रहर छ ।
- ग्रामिण क्षेत्रका महिलाको पक्षमा केहि गर्ने छु ।
- गीत संगीत सुन्न मन पर्छ ।
- नयाँ-नयाँ ठाँउमा घुमौ घुमौ लाग्छ ।
२ हलमै गएर हेरेका चलचित्र के-के हुन ?
- दर्पण छाँया
- दोस्ती
- टक्कर दुई मुटुको
- नाइ न भन्नु ल
- साहरा
केटाहरुको अबगुणहरु के -के होलान ?
- आफुलाई बढी ठुलो ठान्छन ।
- बढी झुक्याउने स्वभावका हुन्छन ।
- रिसाइहाल्छन ।
- केटीलाई नराम्रो व्यबहार गर्नु बाहादुरी ठान्छन ।
- अरुको भावनाको कदर गर्दैनन ।
४ केटीहरुलाई केही सुझाब छ ?
- बाहीरी संसारमा आँऔ ।
- आफ्नो लागी आफै संर्घष गर्नु पर्छ ।
- अरुले कुरा काटे भन्दैमा त्यसैमा ध्यानदिनु हुदैन ।
- आफुले सिकेका कुरा अरुलाई बाँडनु पर्छ
- आफ्नो अधिकार लिन पछि नपरौ ।
५ प्रेम र सेक्स बारे केही भन्नुस न ?
- प्रेम जिबन जिउने आधार हो ।
- प्रेम कहिल्यै मर्दैन ।
- सेक्स शारिरीक सम्बन्ध हो ।
- प्रेम भावनात्मक हुन्छ ।
- प्रेम कहिल्यै मर्दैन ।
हरी कर्मचार्य
गायक
ग्लुमीगाईज
१ अफ्नै बारे केहि भन्नुस न ?
- १ कर्म गर्छुफलको आस गर्दिन ।
- २ आफ्नो निर्णयमा दृढ रहन्छु ।
- ३ सुरु गरेको काम फत्ते नगरी मनै मान्दैन ।
- ४ म आफु जस्तो छु अरुलाई त्यस्तै ठान्छु ।
- ५ म सहि कुरामा घमण्डि छु ।
२ हलमै गएर हेरेका नेपाली फिल्म के-के हुन ?
- १ साइनो
- २ कान्छी
- ३ मायाँ पि्रित
- ४ कुसुमे रुमाल
- ५ बसन्ती
३ केटी मान्छेका अबगुणहरु के-के होलान ?
- १ अरुलाई आँखा चिम्लेर बिस्वास गर्छन ।
- २ बाहिरी सौन्र्दय प्रति आकर्षीत हुन्छन ।
- ३ संकालु हुन्छन ।
- ४ ईश्र्यालु हुन्छन ।
- ५ अरुको कुरा सुन्दैनन आफु बढि बोल्छन ।
४ तपाई कसलाई आदर्श ठान्नु हुन्छ ?
- १ सरु भत्त
- २ दिप श्रेष्ठ
- ३ अरुण थापा
- ४ राजेश हमाल
- ५ नारायण गोपाल
५ प्रेम वा सेक्स बारे भन्नै पर्ने कुरा के छन ?
- १ प्रेम त्याग हो ।
- २ दुई आत्मालाई जोडने पुल प्रेम हो ।
- ३ सर्मपणमा मात्र प्रेम सम्भव छ ।
- ४ ईच्छा प्रेम होइन ।
- ५ सेक्सले प्रेमलाई आत्मीय बनाउछ ।