international online shopping , international payment, playstore, online बाट game, software किन्न, domain hosting किन्न , online job बाट कमाएकाे पैसा निकाल्न हामीलाई अन्तर्राष्ट्रिय मास्टर कार्डकाे जरुरी पर्छ । जब याे कार्ड बन्छ तब अनलाइन बाट कमाउने ढाेका सधै का लागि खुल्छ ।
त्यस्तो कार्ड बनाउन मैले पनि धेरै प्रयास गरे । नेपालमा त यस्ताे कार्ड बनाउन गार्हो छ नै बिदेशमा पनि अमेरिका, अष्ट्रेलिया जस्ता उच्च स्थरका देशमा जान नसक्ने र खाँडि जस्ता देशमा गएर ठुलो पद , बिजनेस तथा धेरै तलब थाप्न नसक्ने हामी जस्ता लाई सजिलो छैन भन्ने कुरा धेरै प्रयासहरू असफल भएपछि थहा पाए । यद्यपि अाज मैले भने त्यस्तो उपयाेगी मास्टर कार्ड अडर गर्न सफल भएको छु । तपाईं पनि सफल हुनुहाेस भन्ने उदेश्यले याे टिप्स दिदैछु । तपाई नेपालमा मात्रै हैन बैदेशीक राेजगारीका लागि जुन देशमा जानू भएको छ । त्यही देशबाट यसकाे अडर गर्न सक्नु हुन्छ । साथै मैले दिएकाे टिप्स अनुसार नै अडर गर्नु भयो भने थप कुनै पनि शुल्क लाग्दैन । त्यसपछि तपाईंको ठेगाना मा २६ देखि ३४ दिन भित्र त्याे कार्ड हुलाक मार्फत अाउछ । अनि त्याे कार्ड बाट ढुक्कले अनलाइन बाट हुने कमाई तथा काराेबार संसार भरीबाट गर्न सक्नु हुन्छ ।
त्यस भन्दा अगाडि मेराे ब्लगलाई फलाे गर्न नभुल्नु हाेला । मेराे यूटुब च्यानल पनि छ । जहाँ तपाईले नियमित यस्तै टिप्सहरू हेर्न पाउनु हुन्छ । त्यसैले मेराे YouTube Channel लाई पनि subscribe गर्न नभुल्नु हाेला । ताकि यस्तै खाले जीवन उपयाेगी टिप्सहरू ल्याउन मलाई पनि हाैसला मिलाेस ।
सबै भन्दा पहिले थिम फरेस्ट नामकाे वेबसाइटमा गएर अाफ्नाे खाता खाेल्नुस । यहाँ बाट खाेल्दा कुनै पैसा लाग्छ कि ? अथवा केही कुरामा फसाउने हाे कि भनेर संका गर्नु जरुरी छैन । किनभने यहाँ खाता खाेलेर अन्तर्राष्ट्रिय कार्डकाे अडर गर्दा तपाईले उक्त कार्ड बनाउदा लाग्ने 30 डलर पहिले नै तिर्नु पर्दैन । त्याे डलर नतिरी कन अडर गर्न सकिन्छ । त्यसैले यहाँबाट खाता खाेलेर अगाडि बढनुस भनिएकाे हाे । तपाईंको नाम ठेगाना र इमेल, पासवर्ड हाले पछि तपाईकाे खाता उक्त वेवसाईटमा खुल्छ ।
थिम फरेस्ट वेवसाईटकाे थिम तथा टेप्लेट खरिद गर्ने वेबसाइट हाे । तपाईंको खाता खुलेपछि वेबसाइटकाे सबै भन्दा माथि दायाँ भागमा मान्छे अाकारकाे अाईकन देख्नु हुन्छ । त्यसमा क्लिक गर्नु भयाे भने तेस्रो नम्बरमा सेटिङकाे अप्सन देख्नु हुन्छ । उक्त सेटिङमा क्लिक गर्नुस । त्यसपछि payout मा जानू भयाे भने दायाँ पट्टी सानू सेताे box भित्र हरियाे कलरकाे box देखिन्छ । जहाँ set account भनेर लेखिएको छ । त्यसमा क्लिक गर्नुस । त्यसपछि अाउछ : select payment method । त्यहाँ तीन वटा अप्सन देखिन्छ । तपाईले दाेस्राे नम्बरकोमा क्लिक गर्नुस । दाेस्राे नम्बरमा लेखिएको छ payoneer । त्यसपछि सबैभन्दा मुनि देब्रे पटि हरियाे बक्समा रहेकाे set payout account मा क्लिक गर्नुस । त्यसपछि तपाईंको मा payoneer काे sign up account अप्सन खुल्छ ।
payoneer
एकाउन्ट बनाउदा सुरूमा तपाईंले व्यक्तिगत बनाउने हाे भने individual मा क्लिक गर्नुस । त्यसपछि तपाईंको नाम, इमेल , जन्म मिति स्पस्ट सँग लेख्नुस । तपाईंको राष्ट्रिय कार्ड (नागरिकता) अथवा पासपाेर्ट जे छ त्यसकाे नम्बर , जारी तथा अन्तिम मिति अनि तपाई रहेकाे ठेगाना लेख्दा कुनै भुल नगर्नुस । यदि mistake भयाे भने तपाईंको कार्ड तपाईंको ठेगानामा अाउदैन अथवा तपाईंको खाता बन्दैन । यसरी तपाईले payoneer काे मासटर कार्ड अडर गर्न सक्नु हुन्छ ।
याे क्रममा तपाईं लाई तत्काल ६ वटा इमेल अाएकाे हुनु पर्छ । पहिलाे ईमेल envato.com बाट जहाँ तपाईंकाे खाताकाे प्रकृया पूरा गर्न verify मा क्लिक गर्नु पर्छ । दाेस्राे चाहिँ payoneer काे तर्फबाट पठाएको इमेल अाउछ । त्यस ईमेलमा देखिएकाे verify मा क्लिक गरेर payoneer काे खाता काे प्रकृया पूरा गर्न सक्नु हुन्छ ।
त्यसपछि अर्काे इमेल payoneer काे तर्फबाट We are reviewing your request to get payments from Envato Pty Ltd. It’ll take up to 3 business days. भनेर इमेल अाउछ । त्यसपछि फेरि envato.com बाट ईमेल अाउछ :
Your Payoneer registration for Envato Market has been approved. You will now receive payouts to this account. भनेर ।
त्यसपछि payoneer काे तर्फ बाट We’re happy to let you know that we have approved your request to get payments from Envato Pty Ltd. All payments received from Envato Pty Ltd will automatically be loaded onto your Payoneer Prepaid Mastercard®.
भनेर इमेल अाउछ । साथै तपाईले अडर गरेकाे कार्ड तपाईंको ठेगानामा अाउछ भनेर पनि लेखिएको हुन्छ । कार्ड पठाए पछि ईमेल अाउने तथा काेराेना भाईरसकाे याे समयमा अाउन समस्या हुन सक्ने बारेमा पनि इमेलमा उल्लेख गरेकाे पाउनु हुने छ ।
थप टिप्स तथा जानकारी मेराे युटुब च्यानलमा गएर हेर्न सक्नु हुन्छ । उक्त युटुब टिप्समा दुईवटा कुरा छुटेका छन । पहिलाे चाहिँ तपाईले केही दिनमा तपाईंको परिचय खुल्ने राष्ट्रिय कार्ड अथवा पासपोर्ट काे फाेटाे पठाउनु पर्छ । त्याे उताबाट इमेल अाएपछी पठाउनु हाेला । दाेस्राे चाहिँ तपाईले tracking ID पाउनु हुन्छ । जब याे काेड पाउनु हुन्छ । तपाईंको कार्ड कहाँ अाइपुग्याे त ? अाफैले हेर्न सक्नु हुनेछ ।
#free #order #mastercard #payoneer