Categories
Abroad job tips Nepal Tips tricks

डिभीकाे रिजल्ट अायाे । चेक गर्ने तरिका हेर्नुस । How can i check my DV lottery result 2021 ?

के तपाईंले सन 2019 अक्टोबर २ देखि नाेभेम्बर ५ सम्म सन 2021 का लागि  खुलेकाे अमेरिकी डिभी चिठ्ठा भर्नु भएको थियाे ?

1. Yes ! really edv 2021 lottery result is coming soon . So before that let’s learn how to check edv 2021 result. I believe this will help you to check immediately when result publish. First you need to go authenticate website.

त्याे चिठ्ठा काे रिजल्ट अाउला कि न अाउला ? अमेरिकाले डिभी कार्यक्रम बन्द  गरेकाे पाे हाे कि भनेर पनि साेच्दै हुनुहुन्छ भने अाज म तपाइलाई सुरूमै डिभीकाे रिजल्ट छिटै अाउदै छ । ढुक्क हुनुहाेस भन्न चाहन्छु । अमेरिकाले अाफ्नाे अाधिकारीक वेबसाइट मार्फत रिजल्ट अाउने मिति घाेषणा गरिसकेकाे छ ।

त्यसाे भए कहिले अाउछ त रिजल्ट त्याे म यहि टिप्समा भन्ने नै छु । त्यस भन्दा अघि रिजल्ट हेर्न केके गर्नु पर्छ त ? त्याे भन्न गइरहेकाे छु ।

— सबैभन्दा पहिले अाधिकारीक वेबसाइट मा जानुस |

— त्यसपछि वेवसाईटकाे बिच्च भागमा निलाे बक्स भित्र  रहेकाे check status लेखेकाे ठाउँमा क्लिक गर्नुस ।

2. Then go to click in Check Status.

— त्यसपछि  केही सुचनाहरू रहेकाे पेज खुल्छ । जहाँ  पनि एउटा निलाे बक्स भित्र रहेकाे  continue लेखेकाे ठाउँ छ । त्यसलाई क्लिक गर्नुस ।

— अनि तपाईले केही कुराहरू सम्झेर भर्नु पर्ने पेज खुल्छ ।सुरूमै In the space below, type the confirmation number that was given when you applied.भनेर लेखेकाे ठाउ मुनि एउटा बकस देख्नु हुन्छ । जहाँ तपाईले अाफुले डिभी भर्दा पाएकाे कन्फरमेसन नम्बर लेख्नु पर्छ ।

— त्यस्तै दुई नम्बरमा Provide the Last/Family Name that was used on the Diversity Visa Lottery Form, including punctuation.भनेकाे मुनि अाफ्नाे नाम भर्नु पर्छ ।

— तेस्रो नम्बर मा जन्मेकाे बर्ष भर्नु पर्छ । Provide the year of birth for the primary entrant लेखेकाे मुनि अाफ्नाे अङ्ग्रेजी महिना अनुसारकाे जन्म बर्ष भर्नु पर्छ ।

4. Then first enter your confirmation number . which you get before when your fill edv lottery in 2019 october 2 to 5 november. Then enter your name.Fist you need to enter your last name and family name. Then at last enter your date of birth.

— साथै चाैथाे नम्बरमा Type the characters as they appear in the picture. भनेर लेखेकाे मुनि बक्समा जेजे अक्षरहरू तपाईंले देख्नु भयाे त्यसलाई साेहि बक्सकाे मुनि जस्ताकाे तस्तै भन्नू हाेला । जहा अक्षरहरू ठूलाे अक्षर क्यापिटल मा छ भने क्यापिटलमै र सानू अक्षर स्मल लेटलमा छ भने साेहि अनुसार लेख्नु हाेला ।

अनि त्यपछी त्याे भन्दा मुनि रहेकाे submit लेखेकाे ठाउँमा क्लिक गरेपछि तपाई छनाेट भए नभएको थाहा पाउनु हुनेछ ।

5. Then type the character as they appear in the picture and click in submit . If your enter information are same with EDV lottery applied form then you will see you are select or not.

त्यसैले रिजल्ट अाउना साथ चेक गर्न : डिभी भर्दा पाईएकाे Confirmation , जन्म मिति सम्झेर राख्नु हाेस । अथवा डिभी भर्दाकाे पेपर कता राख्नु भएको छ ? त्याे खाेजी राख्नु हाेस ।

सन 2021 का लागि भरेकाे डिभीकाे रिजल्ट June 6 2020 मा अाउदै छ । नेपाली पात्राे अनुसार २०७७ साल जेठ महिनाकाे २४ गते शनिबार रिजल्ट अाउने छ ।

6. For do this all the process please wait until June 6. because DV-2021 result will publish at noon in same date.

रिजल्ट अाउना साथ यहि ब्लगमा अाउनु भने डिभी हेर्ने अाधीकारीक वेबसाइटकाे लिङ्क समेत पाउनु हुनेछ । त्यसालाई क्लिक गरेर सिधै रिजल्ट हेर्न पाउनु हुनेछ ।

साथै यश बल्गलाई फलाे गर्न नभुल्नु हाेला । कमेन्ट तथा रेटङ पनि गर्नु हाेला । अनि यस्तै खाले उपयाेगी टिप्स भिडियो मार्फत हेर्न मेराे युटुब च्यानलमा गएर सस्कराईब गर्न नभुल्नु हाेला । तब सम्म तपाईंको सबै लक्ष, चाहना हरू पूरा हुँदै जाअाेस भन्ने कामना गर्छु । याे टिप्स हेर्नू भएकोमा धेरै धेरै धन्यवाद भन्दै अाजलाई बिदा हुन्छु । अर्काे टिप्स तथा युटुब भिडियो मा अबस्य नै भेट हुनेछ । अाजलाई नमस्ते । बाई बाई ।

#edv2021 #result #edvNepal #डिभी

new update 1 :

जेठ २४ गते रातकाे ९:४५ बजे डिभीकाे रिजल्ट अाउने अमेरिकी दुताबासले टुइटरमा जानकारी दिएकाे छ :

new update 2 : डिभी पर्याे अथवा अाबेदन सफल भयाे भन्ने व्यवहाेराकाे कुनैपनी massage नपठाउने समेत अर्काे टुइटमा बताइएकाे छ ।

नाेट : डिभी रिजल्ट सम्बन्धि अपडेटहरू क्रमश अाउनेछन । कृपया याे बल्गलाई फलाे गरेर अपटेटहरू हेरीरहनु हाेला ।

Categories
Abroad job tips Nepal

यूएईमा जाँदै हुनुहुन्छ ? अाउन सक्छन यस्ता समस्या । समाधानका लागि हेर्नुस १० टिप्स ।

# आपतकालीन अबस्थामा नेपालबाट कसरी पैसा माग्ने ?

बिदेश बाट नेपालमा  सजिलोसँग पैसा पठाउन सकिन्छ । राष्ट्र बैककाे कडाईका कारण नेपालबाट बिदेशमा पठाउन भने गार्‍हो छ । परदेशमा कठिनाई परेमा अथवा अन्य काम सफल पार्न नेपालबाट पैसा पठाउनु परेमा युएईमा नै रहेकाे साथी बाट यसकाे समाधान गर्न सकिन्छ । तपाईंले साथीबाट दिराम लिनुस । नेपालमा रहेकाे तपाईंको पैसा उसकाे परिवारलाई दिनुस  । यदि तपाईले यस्तो गर्न सक्नु भएन भने मनि ट्रान्सफर कम्पनी वाला सँग सम्पर्क गर्नुस । उसले उसको सम्पर्कमा रहेकाे व्यक्ति मार्फत युएई बाटै तपाईंलाई दिराम दिन भन्छ । तपाईंले नेपाली पैसा उसलाई दिनु पर्ने हुन्छ  । तत्कालीन अबस्थामा सिधै मनि ट्रान्सफरबाट पठाइएकाे पाइएको छैन ।

# भिजिट भिषामा अाउदा जब पाइन्छ कि पाइदैन ?

पहिलो कुरा चाहिँ के स्पस्ट हुनु जरुरी छ भने : भिजिट भिषा भनेकाे घुम्नकाे लागि बनाइएको भिषा हाे । तपाईले तपाईंको लक्ष अनुसारको भिषा लिनु जरुरी छ । काम गर्न नेपालबाट कामदार भिषामा नै अाउदाकाे धेरै फाइदा छन् । यदि भिजिटमा अाएर काम खाेज्ने हाे भने पर्याप्त खर्च गर्न सक्नु पर्छ । सहयोगी अाफन्त अथवा अन्य काेही यता छन भने ठिकै हाे । हैन भने तपाईंले रूदै घर फर्कनु पर्ने पनि हुन सक्छ । भिजिटमा अाएर जब खाेज्न उसलाई सजिलो छ : जाे दक्ष छ, राम्रो सीप छ, काम गरेकाे प्रयाप्त अनुभव छ । यदि ती कुराहरू छैन भने नअाउनुस । भिजिटमा अाएर जब खाेज्ने भन्दा पनि भिजिट नगर्दै काम अनलाइन, एजेन्ट, अाफन्त अथवा कन्सलटेन्सिहरू मार्फत पहिल्यै खाेज्नुस । अाफ्नु सिप र दक्षता अनुसार काम दिने कम्पनीहरूकाे लिस्ट बनाएर उनिहरूले कामदार लिने समय पत्ता लगाएर मात्रै अाउनुस ।

# भिजिट अाउदा भिसाकाे समय अबधि पूरा नहुदै नेपाल अचानक फर्कनु परेमा पुन : भिसा लगाउनु पर्छ कि पर्दैन ?

युएईमा भिजिट भिसा ३ प्रकारकाे हुन्छ । पहिलाे छ : Short-term Visit Visa: याे भिसा बाहककाे समय अबधि ३० दिनकाे हुन्छ । याे भिषाबाला ३० दिन अगाबै नेपाल गयाे र साे अबधि मा फर्कन चाह्याे भने अर्काे भिषा लगाउनु पर्छ । याे नबिकरण नहुने भिसा हाे ।
दाेस्राे : Long-term Visit Visa: याे ९० दिनकाे भिसा हाे । याे भिसा वाला पनि नेपाल ९० दिन अगाडि गएर पुनः अाउन चाहेमा अर्को भिसा लगाउनु पर्छ ।  तेस्रो छ : Multiple Entry Visit Visa: याे ६ महिने भिसा हाे  । याे भिसा बाहकले ६ महिना भित्र अाउन जान पाउछ ।


# नेपाल बिदामा गएर समयमै फर्कन पाइएन भने दुबई पुन : जान व्याण्ड हुन्छ कि हुँदैन ?

याे चाहि तपाईंको कम्पनीमा भर पर्ने कुरा हाे । तपाईंले कम्पनीको एच अार डिपार्ट सँग सम्पर्क गर्नु भयाे भने स्पस्ट रूपमा थाहा पाउनु हुनेछ । यदी त्यस कम्पनीले अाउन दिएन भने पनि ६ महिना कटेपछि अन्य कम्पनीमा अाउन सक्नु हुन्छ । युएई बाट घर गएर फर्कदा हुने ढिलाईले युएई जानै ब्याण्ड भने हुदैन ।

# अाफैले खाेजेकाे काम गरेर नेपाल जाँदा श्रम कसरी गर्ने ?

अाफ्नाे काम गरिरहेकाे कम्पनी बाट तपाईंको भिजा कपि, वर्क परमिट , कनेट्याक पेपर माग्ने । त्यसलाई नेपाल एम्बेस्सीमा पठाएर एम्बेस्सीकाे स्वीकृति पत्र लिने । त्याे सबै डकुमेन्ट स्क्यान गरेर श्रम मन्त्रालयकाे इमेल dofe_kath@dofe.gov.np मा पठाउने । त्यसपछि मेडिकल गर्ने, अाेरिन्टेसन क्लासमा जाने । अाफ्नाे बैंक एकाउन्ट छैन भने बनाउने । छ भने बैंक एकाउन्ट नम्बर साथमा राख्ने , त्यसपछि बिमा गर्ने, अनि तलको वेबसाइटमा गएर, एकाउन्ट बनाएर, फम भरेर अाफैले श्रम गर्न सकिन्छ :  https://feims.dofe.gov.np/sf/sfLogin.aspx

# कम्पनी बाट भागेर अन्यत्र काम गर्न जादा काम पाइन्छ कि पाइदैन ?

भागेर काम गर्ने बारे साेच्दै नसाेच्नुस । किनभने याे हन्डर र दुखकाे बाटाे हाे ।  अाफुले काम गरिरहेकाे कम्पनीमा समस्या छ भने सिधै रिजायन दिनुस । किनभने यहाँ तपाईले रिजायन गरेपछि सजिलो सँग अन्य उस्तै काम गर्ने कम्पनीमा जान सक्नु हुन्छ ।  कामदार भिषामा ढुक्कले काम गर्न सक्नु हुन्छ ।

# अाफुले जान चाहेकाे कम्पनी फेक हाे कि हैन भनेर कसरी थाहा पाउने ?

धेरै तरिकाले तपाईले राेजगारी गर्न जान चाहेकाे कम्पनी फेक हाे कि हैन भनेर जाच्न सकिन्छ  । पहिलो चाहिँ कम्पनीको नाम गुगलमा सर्च गरि हेर्नुस । त्यहा दिएकाे फाेन नम्बर , इमेल मार्फत चेक जाँच गरेर हेर्नुस । अर्काे उपाय चाहिँ तपाईले दुवईमा रहने नेपालीहरूकाे सामाजिक सञ्जाल , फेसबुक ग्रुपमा गएर पनि साेध्न सक्नु हुन्छ। साथै त्याे कम्पनीमा काम गर्ने मान्छे पत्ता लगाएर, त्याे कम्पनीमा काम गर्नेहरू बस्ने अकुमन्डेसनमा अाफु गएर अथवा अरूलाई पठाएर राेजगारी गर्न जानू पुर्व साेधखाेज गर्न सकिन्छ ।

#  टर्मिनेट भएको मान्छेले पुन : जब गर्न अाउन पाउछ कि पाउदैन ?

दुवईकाे श्रम कानुनकाे उलङ्गन गरेमा १ बर्ष सम्म टर्मिनेट हुन सक्छ । साथै गम्भीर अपराध गरेमा सधैका लागि अाउन नपाईने हुन सक्छ । धेरै जसाे अबस्थामा कम्पनीले अाफ्नाे कम्पनीमा मात्रै ब्याण्ड गरेकाे हुन सक्छ । व्याण्ड सम्बन्धि पूरा जानकारी युएईकाे सरकारी वेबसाइट काे तलकाे लिङ्कबाट हेर्न सकिन्छ :  https://www.government.ae/en/information-and-services/jobs/labour-ban साथै यहाकाे सरकारी कार्यलय MOHER काे हटलाईनमा 80060 सिधै फाेन गरेर पनि साेध्न सकिन्छ । यहाँ सातै दिन कुनै पनि समय फाेन गर्न सकिन्छ । साथै अनलाइन मा निम्न वेबसाइट मा सम्पर्क गर्न सकिन्छ :  https://www.mohre.gov.ae/en/contact-us.aspx

# के पार्ट टाइम जब गर्न पाइन्छ ?

कुनै पनि कम्पनीमा फुलटाईम काम गरिरहेकाे मान्छेले दाेस्राे कम्पनीमा अनुमतीका अाधारमा पार्ट टाइम जब गर्न पाउछ। त्यस्ताे अनुमती दुवइकाे अाधिकारीक निकाय MOHRE बाट लिनु पर्ने हुन्छ । त्यसकाे समय अबधि एक बर्ष सम्मकाे हुने युएईकाे अाधिकारीम वेबसाइट https://www.government.ae/en/information-and-services/jobs/working-for-two-employers-at-one-time फा उल्लेख छ ।

# यूएईमा नेपाली एम्बेस्सी कहाँ छ ? कसरी सम्पर्क गर्ने ?

युएईकाे अबुधाबीमा नेपाली एम्बेस्सी रहेकाे छ । यसकाे फाेन नम्बर +971 2 634 4767 , +971 2 634 4385 रहेकाे छ । ईमेल एड्रेस :eonabudhabi@mofa.gov.np हाे भने फेसबुकमा Facebook.com/nepalembassyuae , टुईटरमा : Twitter:NepalEmbassyUAE र वेबसाइटमा ae.nepalembassy.gov.np मा पनि सम्पर्क गर्न सकिन्छ ।

——–

How to send money from Nepa to UAE ?

#राेजगारी #युएई #dubai #job #demand #for #nepali